नेपालमै पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ
३० असोज २०७९
•
३ मिनेट पाठ
नेपालमै पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ
नेपालमै पहिलो पटक राजधानीमा आइतबारदेखि टाक्सिडर्मी (मरेका जीवहरूको छाला तथा भुवा प्रयोग गरी ती जीवहरूलाई जीवित झै बनाई उनीहरूको प्राकृतिक बास स्थानको प्रतिलिपि बनाई ती बासस्थानमा प्रदर्शनीको लागि सयौं वर्षसम्म नकुहिने नबिग्रने गरी सजाउने कला) तालिम प्रारम्भ भएको छ।




नेपाल इन्जिनियरिङ कलेज (नेक) र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयको संयुक्त आयोजनामा १५ दिने पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको हो। प्राकृतिक विज्ञान संग्रहालयका निर्देशक डा गणेशबहादुर थापाले उदघाटन सत्रको अध्यक्षता गरेका थिए। त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले पेशागत टाक्सिडर्मी पानसमा बत्ती बाली तालिमको उदघाटन गरेका थिए।  

आफ्नो शिकार कौशलता प्रदर्शन गर्न राणाकालमा तथा पंचालयतकालमा नेपालका कयौं दरबारका भित्ता तथा सभाकक्षहरू टाक्सिडर्मी गरिएका जीवजन्तुहरूबाट सजाइएका हुन्थे भने अहिले टाक्सिडर्मीको मूल उद्देष्य सामान्यदेखि दुर्लभ जीवहरूको नक्साङ्कन गरी सजाउने, सामान्यतया हिंसक जीवहरूको नजिकबाट अध्ययन गर्न मिल्ने वातावरण बनाउने तथा लोप हुन लागेका जीवहरूको प्रतिमूर्ति बनाई सुरक्षितसाथ वर्तमान तथा भावी पुस्ताहरूले अवलोकन गर्न मिल्ने गरी सर्वसाधारणको लागि प्रदर्शनी गर्नु रहेको छ। विकसित देशहरूमा टाक्सिडर्मीको महत्व धेरै हुन्छ। टाक्सिडर्मी गरी सजाइएका संग्रहालयमा वार्षिक लाखौं दर्शकहरूको घुइचो लाग्छ र ती संग्रहालयमा भ्रमण गर्ने दर्शकहरूबाट उठाइएको शुल्क करोडौं डलर हुन्छ।  

दुर्भाग्यवस टाक्सिडर्मीको महत्व नबुझेको कारण तालिमप्राप्त टाक्सिडर्मीहरू नेपालबाट विस्तारै हराउँदै छ। अहिले नेपालमा तालिम प्राप्त पेशागत टाक्सिडर्मीस्टहरू दुईतीन जना मात्र बाँकी छन्। नेपालमा टाक्सिडर्मीहरूको यही कमीलाई केही हदसम्म भए पनि पुरा गर्न नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यपक डा नारायणप्रसाद कोजु जर्मनका विख्यात् टाक्सिडर्मीस्ट मार्को फिसरसँग विगत केही वर्षदेखि नियमित सम्पर्कमा रहेका थिए। 

डा कोजुको यही अथक प्रयासको फलस्वरूप मार्को फिसर नेपालमा आउने अवसर जुरेको थियो। यही अवसरलाई सदुपयोग गरी नेपाल इन्जिनियरिङ कलेज (नेक) र त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालयको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पेशागत टाक्सिडर्मी तालिम प्रारम्भ भएको हो।

तालिम कार्यक्रममा नेपाल इन्जिनियरिङ कलेज, त्रिभुवन विश्वविद्यालयको प्राकृतिक विज्ञान संग्रहालय, केन्द्रिय वातावरण विभाग, केन्द्रिय जीव विज्ञान विभाग, त्रिचन्द्र कलेज, वनविज्ञान अध्ययन संस्थान, ललितकला क्याम्पस, शिवपुरि राष्ट्रिय निकुञ्ज, चितवन राष्ट्रिय निकुञ्ज, सदर चिडियाखाना, लुम्विनी बौद्ध विश्वविद्यालय,अस्कल कलेज तथा गोल्डेनगेट इन्टरनासनल कलेज गरीनेपालका १३ वटा संस्थाका कर्मचारीहरूले भाग लिएका छन्। तालिमबाट दिक्षित व्यक्तिहरूले पेशागत रूपमा सफलता हासिल गरी नेपालमा टाक्सिडर्मी पेशाको पुनरुत्थान गर्ने आशा लिइएको छ।

उदघाटन सत्रमा त्रिवि विज्ञान तथा प्रविधि सङ्कायका डीन प्राडा विनित अर्याल, जीव विज्ञान विभागका प्रमुख प्राडा तेजबहादुर थापा तथा नेपाल इन्जिनियरिङ कलेजका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले पनि टाक्सिडर्मीको महत्वबारे प्रकाश पारेका थिए। कार्यक्रम सञ्चालन नेपाल इन्जिनियरिङ कलेजका उपप्राध्यापक डा नारायणप्रसाद कोजुले गरेका थिए।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
२ घण्टा अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
Clock २ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ८ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २ घण्टा अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस