सर्वसाधारणको हातमा डिपोजिट भौचर : तर खाता रित्तै
३० असोज २०७९
•
५ मिनेट पाठ
सर्वसाधारणको हातमा डिपोजिट भौचर : तर खाता रित्तै
रुपन्देहीको मर्चवार र लुम्बिनी क्षेत्रमा माछापुच्र्छे बैंकको शाखा रहित सेवा केन्द्र मार्फत सर्वसाधारणको करोडौं रकम हिनामिना गरीएको छ। जिल्लाको दक्षिणी क्षेत्र मर्चवार र लुम्बिनीमा पाँच बर्ष अघि माछापुच्र्छे बैंकले शाखा रहित सेवा केन्द्र संचालन गरेको थियो।




सोही सेवा केन्द्रमा मर्चवार र लुम्बिनीबासीले जम्मा गरेको करोडौं रकम हिनामिना गरीएको हो। दुख्खजिलो गरेर जोडेको पैसा बैंकले नै हिनामिना गरीदिएपछि मर्चवार र लुम्बिनीका सयौं किसान परिवारलाइ अहिले दिनको भोक न रातको निन्द्रा भएको छ।

सम्मरीमाइ गाँउपालिका ४ की सुर्यमती लोध एक महिना देखि निदाउन सकेकी छैनन्। खाडीको चर्को धुपमा श्रीमानले पसीना बगाएर पठाएको ४ लाख रुपैया उनले माछापुच्र्छे बैंकको मर्चवार स्थित शाखा रहित सेवा केन्द्र मार्फत जम्मा गरेकी थिइन। डिपोजिट भौचर अहिले पनि उनीसंग सुरक्षित छ। तर बैंकले भने उनको खातामा पैसा नै नभएको बताइरहेको छ।  

सेवाकेन्द्र मार्फत जम्मा गरीएको पैसा बैंकले गायव पारेको भन्ने खबर एक महिना अघि नै गाँउमा फैलीएको थियो। त्यस लगत्तै उनी बैंकको लुम्बिनी शाखामा पुगीन। करिब ४ लाख रुपैँयाको डिपोजिट भौचर कर्मचारीलाइ देखाइन। तर बैंकका कर्मचारीले खातामा जम्मा ६ हजार रहेको जवाफ दिए। पैसा जम्मा गरेको भौचर देखाउँदा समेत बैंकका कर्मचारीहरुले बहिनीलाइ थर्काएर पठाएको सुर्यमतीका दाइ सन्तराम लोधले बताए। ‘बैंकको लुम्बिनी र भैरहवा शाखामा धेरै चोटी धायौं तर दुइटै शाखाका कर्मचारी र म्यानेजरले जोसंग जम्मा गरेको उसैसंग माग हामीलाइ दुख्ख दिन नआउ भनेर उल्टै गाली गरे’ पिडीत सुर्यमतीका दाइ सन्तरामले भने।

सम्मरीमाइ ५ रोहिनीहवाका ५० बर्षे चिघ्घु लोध पनि डिपोजिट भौचर बोकेर माछापुच्र्छे बैंकका शाखा चाहार्न थालेको महिना दिन बित्यो। छोराले खाडीमा मजदुरी गरेर पठाएको ३ लाख ५० हजार रुपैँया उनले घर नजिकैको सोही सेवा केन्द्रमा जम्मा गरेका थिए। आधा पेट खाएर छोराको कमाइ बचत गरीदिएका लोधले त्यही पैसाबाट घरको छत हाल्ने र नाती नातीनालाइ राम्रो शिक्षा दिने सपना देखेका थिए। ‘हामी जस्ता गरिवकालागि साढे ३ लाख धेरै ठुलो रकम हो। नातीहरुलाइ पढाउँला र चुहिने छत टालौंला भनेर जोगाएको पैसा बैंकले खाइदियो, हामी त बर्बाद भयौं’ लोधले पिडा व्यक्त गरे।  

माछापुच्र्छे बैंकले ग्रामिण क्षेत्रमा बैंकिङ सेवा पुर्याउने भन्दै पाँच बर्ष अघि मर्चवारको सम्मरीमाइ गाँउपालिका स्थित रोइनीहवा र  लुम्बिनी सांस्कृतिक नगरपालिकाको मुजहानामा शाखा रहित बैकिङ सेवा संचालन गरेको थियो। बैंकले सेवा केन्द्रकालागि स्थानीय एजेन्ट  निरञ्जन पाठकसंग सम्झौता गरी सेवा सुरु गरेको हो। बैंकका कर्मचारीको रोहबरमा केन्द्रको व्यवस्थापकमा अर्का स्थानीय सिकन्दर ठाकुरलाइ नियूक्त गरीएको थियो। तीनै ठाकुरले सेवाग्राहीबाट पैसा बुझेर डिपोजिट भौचर दिने गरेको पिडीतले बताएका छन्।  

गाँउकै बिचमा खुलेको सेवा केन्द्रमा कर्मचारी पनि गाँउले नै भएपछि स्थानीयले पनि खेती किसानी, मेलामजदुरी र पेशा व्यवसायबाट जम्मा गरेको सानो सानो रकम समेत बैंकमा जम्मा गरेका थिए। आफन्तले विदेशबाट पठाएको रेमिट्यान्स समेत सेवा केन्द्रमा जम्मा गरेको सम्मरीमाइ गाँउपालिका ५ का वडाध्यक्ष श्रवण कुमार यादवले बताए। ‘सर्वसाधारण जनताले भौचर भरेर जम्मा गरेको रकम बैंकमा छैन भनेर सुख्ख पाइन्छ ? व्याज सहित फिर्ता हुनुपर्छ र दोषीलाइ कारबाही गरीनु पर्छ’ वडाध्यक्ष यादवले भने।  

सेवा केन्द्रका एजेन्ट, व्यवस्थापक र बैंक सबैको मिलेमतोमा जनताको करोडौं रकम गायव पारीएको स्थानीयको दावी छ। रकम हिनामिना बारे बैंक प्रशासनलाइ गत जेठमै जानकारी गराए पनि बैंकले कुनै चासो नदिएको आरोप पनि पिडीतले लगाएका छन्। पिडीत दयाराम अहिरले गत जेठमै बैंकको लुम्बिनी र भैरहवा शाखाका अलावा लुम्बिनी प्रदेश कार्यालयमा गुनासो लिएर जाँदा कुनै सुनुवाइ नभएको बताए। ‘धान,गहुँ र गाइ बेचेर बैंकमा जम्मा गरेको १३ लाखको २१ वटा भौचर बोकेर बैंकको प्रदेश कार्यालयमा पुग्दा प्रमुखले एक साता भित्र पैसा पाउनु हुन्छ, बाहिर हल्ला नगरीदिनुस भन्नु भयो। तर त्यसपछि पनि बैंकले कुनै मतलव गरेन’ अहिरले भने। यसअघि लुम्बिनी र भैरहवाा शाखाले रकम गायबका सम्बन्धमा निवेदन समेत लिन नमानेको गुनासो पिडीतको छ। लुम्बिनी र मर्चवारका सयौं किसानको झण्डै ३ करोड रकम हिनामिना गरीएको स्थानीयको दावी छ।

तर बैंक प्रशासनले भने अहिले पनि कहि कतैबाट लिखित उजुरी नपरेकाले कति सेवाग्राही ठगीए र कति रकम हिनामिना भयो भन्ने बारे जानकार नभएको गैरजिम्मेबार जवाफ दिएको छ। माछापुच्र्छे बैंकका प्रवक्ता सुनिल खतिवडाले केही स्थानीयले मौखिक गुनासो लिएर आएपनि लिखित उजुरी नपरेकाले कस्को कति रकम हिनामिना भयो भन्ने एकिन नभएको नागरिकलाइ बताए। सर्वसाधारणको गुनासो आएपछि करिब डेढ महिना अघि नै एजेन्ट र कर्मचारी बिरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्दहीमा उजुरी दिएको भन्दै थप अनुशन्धान प्रहरीले गर्ने बताए।

तर जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता स्यामु अर्यालले भने बैंकले रकम हिनामिनाका सम्बन्धमा प्रहरी समक्ष उजुरी नभइ जानकारी पत्र पठाएको बताए। ‘असार ६ गते  बैंकको तर्फबाट सेवा केन्द्रका पाठक र ठाकुरले दुइ जना महिलाको रकम हिनामिना गरेको भन्ने जानकारी पत्र प्राप्त भएको हो, उजुरी आएको छैन, उजुरी पर्यो भने प्रहरीले तत्काल अनुसन्धान थाल्ने छ’ डिएसपी अर्यालले भने।  

स्थानीय एजेन्ट र व्यवस्थापकले बैंक भौचरको दुरुपयोग गरेको र अनलाइन सिस्टम मार्फत रकम जम्मा गर्नु पर्नेमा त्यसो नगरी रकम हिनामिना गरेकाले उनीहरु बिरुद्ध कानुनी उपचार सुरु गरीएको खतिवडाको भनाइ छ। बैंकले सेवा केन्द्रका एजेन्ट र व्यवस्थापकले पिडीत पक्षको रकम हिनामिना गरेको स्वीकार गरेकाले उनीहरु नै जिम्मेवार हुने भन्दै विज्ञप्ती पनि जारी गरेको छ।  

तर नेपाल नेपाल राष्ट्र बैंकका एक जना अधिकारीले भने नक्कली भौचर प्रयोग भएको अवस्थामा बैंक दोषी नदेखिने तर बैंकको आधिकारिक भौचर प्रयोग भएको अवस्थामा बैंक नै जवाफ देखि हुने बताए।

स्थानीय एजेन्ट पाठकले भने २०७५ सालमा गरीएको सम्झौता कोभिड कालमा सकिएको र त्यसपछि कुनै सम्झौता नभएकाले रकम हिनामिनामा आफनो संलग्नता नरहेको दावी गरे। सम्झौता अवधीको हिसाव किताव दुरुस्त रहेको दावी गर्दै पाठकले त्यसयता व्यवस्थापक ठाकुरले नै स्थानीयसंग लेनदेन गरेको दावी गरेका छन्।
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
३४ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
राजनीति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
देउवा कांग्रेसको गण्डकी टिमको टुंगो
सभापति र सदस्य बाहेकका पदाधिकारीसमेत गरेर शुक्रवार निर्विरोध घोषणा गरिएको सभापति मेखलाल श्रेष्ठले जानकारी दिए। सभापति श्रेष्ठका अनुसार उपसभापतिमा आशीक...
Whatsapp
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
यो पनि पढौँ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस