आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो
३१ असोज २०७९
•
३ मिनेट पाठ
आफ्नै भवनबाट सेवा दिन नपाएको महानिरीक्षक सिंहको गुनासो
नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले सबै प्रहरी इकाईले आफ्नै भवनबाट सेवा दिन नपाइरहेको भन्दै आवश्यक व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका छन्।सोमबार ६७ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा बोल्दै उनले यस्तो गुनासो गरेका हुन्। 




महानिरीक्षक सिंहले केही प्रहरी कार्यालय, ब्यारेकहरु अझैपनि अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएको भन्दै आम नागरिकबाट प्रहरी कार्यालयका लागि प्रदान गरिएको जग्गा उपलब्ध गराइ प्रहरी कार्यालयलाई आफ्नै भवनमा राख्न आग्रह गरे। उनले नेपाल प्रहरीले ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएको उल्लेख गर्र्दै नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था रहेको बताए। उनले नेपाल प्रहरी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएको बताए। उनले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको पनि बताए।

उनले संगठित अपराध (कर्तव्यज्यान) लगायत संगठित अपराधमा उल्लेख्य कमी आएको बताए। महानिरीक्षक सिंहले आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको उल्लेख गर्दै आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेको बताए। उनले गत वर्ष नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई पक्राउ गरेको र यसवर्ष पनि हालसम्म कतार र मकाओबाट ७ जनालाई पक्राउ गरी कानूनी कारबाही चलाएको बताए। 

महानिरीक्षक सिंहले गत वर्ष ११ हजार ५ सय किलो गाँजा र चरेस, ६९ किलो हिरोइन र ५० किलो अफिम बरामद गरी २२१ जना विदेशीसहित ५ हजार ७७९ जनालाई कानूनी दायरामा ल्याएको बताए। उनले यो एक वर्षको अवधिमा हालसम्मकै सबैभन्दा ठूलो परिणममाबरामद भएको हिरोइन रहेको उल्लेख गरे। उनले आर्थिक वर्ष २०७७/०७८ को तुलनामा गत वर्षको राजश्व संकलनमा पनि ४३ प्रतिशतले वृद्धि भएको बताए। उनले गत वर्ष नेपाल प्रहरीले ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढी राजश्व संकलन गरेको उल्लेख गरे।

उनले भने, ‘गत वर्ष आम नागरिकबाट १९१ रोपनीभन्दा बढी जग्गा प्राप्त गरेका छौँ। सबै प्रहरी इकाईले आफ्नै भवन प्रयोग गरी बसेर सेवा दिन पाइरहेका छैनन्,अहिले पनि धेरै प्रहरी कार्यालय, ब्यारेक भाडा वा अन्य निकायका व्यक्तिको घरमा आश्रय लिँदै आएकाले आम नागरिकले दिनुभएको जग्गाको समुचित प्रयोग गरी निजी कार्यालय र कार्यालय स्थापनाका लागि गृह मन्त्रालयबाट आवश्यक पहल हुने अपेक्षा गरेको छु। कुल ३२ सय बढी प्रहरी इकाईहरुमार्फत सेवा प्रवाह गर्दै आएका नेपाल प्रहरी देशकै सबैभन्दा बढी नागरिकसमक्ष पहुँच भएको संस्था हो। हामी सामाजिक सञ्जालमार्फत करिव २६ लाख भन्दा बढीसँग भर्चुअल्ली जोडिएका छौँ। 

आर्थिक वर्ष २०७७÷०७८ को तुलनामा गत वर्ष कुल अपराध दर्ता संख्यामा १७ प्रतिशतले वृद्धि भएको छ। यद्यपी संगठित अपराधका घटनामा उल्लेख्य कमी आएको छ। आर्थिक अपराधका घटनामा केही बढोत्तरी भएको छ। आर्थिक अपराध र अपराधीप्रति संगठनले लिएको कठोर नीतिप्रति प्रहरीको भरोसाले अपराध सहेर बसेका पीडितहरु पनि प्रहरी कार्यालयमा आएर निवेदन दर्ता गर्ने शाहसका लागि सक्षम भएको विश्लेषण गरेका छौँ। विभिन्न अपराधमा संलग्न नेपालमा अपराध गरी विश्वका विभिन्न स्थानमा लुकेर बसेका १७ जनालाई कानूनी दायरामा ल्याइ अपराधीलाई संसारका कुनै स्थान सुरक्षित छैन भन्ने सन्देश दिन नेपाल प्रहरी सक्षम भएको छ। यस वर्ष पनि हालसम्म ७ जनालाई कतार र मकाओबाट कानूनी दायरामा ल्याएको छ।’

महानिरीक्षक सिंहले निर्वाचन सुरक्षाको दीर्घ अनुभवको सदुपयोग गरी प्रभावकारी प्रहरी तथा म्यादी प्रहरी परिचालन, उत्कृष्ट अन्तरनिकाय समन्वयका साथै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गरी लोकतन्त्रलाई संरक्षण गर्नेमा प्रहरी प्रशासन प्रतिवद्ध रहेको बताए।
अर्को समाचार
प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ
२० वैशाख २०७९
•
४ मिनेट पाठ
प्रहरीमा ३० वर्षदेखि वरीयता लडाइँ
नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई सोमबार दज्र्यानी चिह्न लगाइदिँदै गृहसचिव टेकनारायण पाण्डे। तस्बिरः नागरिक
नेपाल प्रहरीमा विगत ३० वर्षदेखि वरीयतामा विवाद हुँदै आएको छ। नेपाल प्रहरीमा ०४६ सालपछि आइजी नियुक्तिमा राजनीतिक तहबाट हस्तक्षेप हुँदा वरीयता विवाद भएको हो। हालका प्रधानमन्त्री शेरबहादुर देउवा गृहमन्त्री हुँदादेखि नै प्रहरीको वरीयतामा विवाद आउन सुरु भएको इतिहास छ। २०४९ सालदेखि थालिएको यस्तो विवाद अहिले २०७९ सालसम्म पनि जारी छ।




फरकफरक राजनीतिक दलले प्रहरी संगठनभित्र फरकफरक प्रहरी अधिकारीलाई अगाडि बढाउँदा यो समस्या आएको हो। साथै प्रहरी अधिकारीहरू नै राजनीतिक दलको कार्यकर्ताजस्तो हुँदा पनि समस्या थप कचल्टिन पुगेको छ। प्रहरीमा वरीयता र सेवा अवधिको विषयलाई लिएर सधैं ब्याचीबीच अस्वस्थ प्रतिस्पर्धा हुने गरेको छ। अहिले नेपाल प्रहरीमा आइजी नियुक्ति हुँदा पनि ब्याचीबीचकै अस्वस्थ प्रतिस्पर्धाले वरीयता विवादमात्र निम्त्याएको छैन, सुरक्षा फौजमा कसलाई वरिष्ठ मान्ने, कसलाई कनिष्ठ मान्ने भन्ने समस्या पनि जन्माएको छ।

सर्वोच्च अदालतको फैसला र विभिन्न नजिरलाई समेत बेवास्ता गर्दै सरकारले बढुवासम्बन्धी निर्णय गर्ने गरेको छ। २०५१ सालमा रत्नशमशेर जबरालाई हटाएर मोतीलाल बोहोरालाई आइजी बनाउँदा जेष्ठताको मर्यादाक्रम मिचिएको थियो। बोहोरालाई आइजी बनाउँदा ३० वर्षे सेवा अवधि लगाइएको थियो। तर उनलाई थमौती गर्न पुनः ३२ वर्षे सेवा अवधि बनाइयो।

प्रहरीमा संगठनलाई अस्थिर बनाउने काम हालका प्रधानमन्त्री देउवाले नै गरेका हुन्। विगतमा उनी प्रधानमन्त्रीबाट हटेर लोकेन्द्रबहादुर चन्दको सरकार बनेपछि त्यति बेलाका उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अच्युतकृष्ण खरेललाई आइजी भएको ३५ दिनमै हटाएर ध्रुवबहादुर प्रधानलाई प्रहरी प्रमुख बनाए। प्रधान नेतृत्वको प्रहरी संगठनले २०५४ सालको स्थानीय निर्वाचन गराएको थियो। त्यस्तै २०६३ सालमा आइजीको रोलक्रममा रहेका तत्कालीन एआइजी राजेन्द्रबहादुर सिंहलाई घर पठाएर ओमविक्रम राणालाई आइजी बनाएपछि नेपाल प्रहरीको इतिहासमा सबैभन्दा ठूलो भ्रष्टाचार काण्ड भएको थियो। राणाको कार्यकालमा २८ करोड रूपैयाँबराबरको भ्रष्टचार मुद्दा लागेको थियो। राणापछि पनि रोलक्रम मिचिएको थियो।

अवकाशको मुखमा रहेका हेमबहादुर गुरुङलाई आइजी बनाउन त्यसबेला हठात ३० वर्षे सेवाअवधिको प्रावधान हटाएर पाँच महिनाका लागि आइजी बनाइएको थियो। त्यसपछि पनि आइजीको दाबी गरिरहेका र पहिलो नम्बरमा रहेका रवीन्द्रप्रताप शाहलाई पछि पारेर रमेश चन्द ठकुरीलाई आइजी नियुक्त गरिएको थियो। चन्द सुडान काण्डमा निलम्बनमा परेपछि शाह आइजी भएका थिए। शाहपछि कुवेर सिंह रानालाई भने रोलक्रमअनुसार आइजी बनाइएको थियो। त्यस्तै उपेन्द्रकान्त अर्याललाई आइजी बनाउँदा पनि रोलक्रम मिचिएको थिएन।

नेपाल प्रहरीको २५औं आइजी नियुक्तिको विवादले देशको राजनीति नै दुई भागमा विभाजित भएको थियो। सरकारले जयबहादुर चन्दलाई आइजी नियुक्त गर्ने निर्णय गरेको चार घण्टामै सर्वाेच्चले त्यसलाई उल्टाएर नवराज सिलवाललाई आइजी बनाउन निर्देशन दिएको थियो। जसका कारण विवाद बढ्दै जाँदा करिब दुई महिनासम्म प्राविधिकतर्फका एआइजी दिनेशचन्द्र पोखरेलले प्रहरीको नेतृत्व सम्हाल्नुपरेको थियो।

त्यति बेला सिलवाल र चन्दबीचको प्रतिस्पर्धाले आइजी नियुक्ति पेचिलोमात्रै बनेन, सर्वोच्च अदालतकी प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग प्रस्ताव दर्ता भयो। पछि सिलवालले राजीनामा दिए भने सरकारले प्रकाश अर्याललाई आइजी नियुक्त गर्नुपरेको थियो। त्यसपछि सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीबीचको प्रतिस्पर्धाले पनि नेपाल प्रहरीलाई विभाजित बनायो। खरेलले डिआइजीबाटै राजीनामा दिए। त्यसपछि ठाकुरप्रसाद ज्ञवाली र शैलेश थापाको नियुक्तिमा कसैले पनि प्रश्न उठाएका थिएनन्।

विवाद सधैं अदालतमा

विगतमा तत्कालीन डिआइजी दिनकरशशमशेर जबरा, यादव अधिकारी र नवराज सिलवालका मुद्दामा अदालतबाट बढुवामा जेष्ठता/वरिष्ठता र कार्यसम्पादन मूल्यांकन महत्वपूर्ण आधार हो भन्ने न्यायिक व्याख्या भइसकेको छ। २०७३ सालमा वरीयतामा तेस्रो नम्बरका जयबहादुर चन्दलाई आइजीमा बढुवा गर्दा सरकार ठूलै विवादमा फसेको थियो।

एआइजी विश्वराज पोखरेललाई तत्कालीन नेपाली कांग्रेस र माओवादीको गठबन्धन सरकारले २०७४ सालमा एसएसपीमा एक नम्बरमा बढुवा गरेको थियो। हाल भएको आइजी नियुक्तिको विवाद पनि अदालतसम्म पुगेको छ। यसले प्रहरी संगठन र सरकारप्रतिको आमनागरिकको धारणामा गम्भीर असर पारेको छ। अच्युतकृष्ण खरेल र नवराज सिलवालको मुद्दामा सरकारले गरेका नियुक्ति गैरकानुनी ठहर भएका थिए। यस्तो अवस्थामा सोमबार एआइजी विश्वराज पोखरेलले पनि रिट थपेका छन्।

एआइजी पोखरेलले रिटमा बढुवाको निर्णय यथास्थितिमा राख्न र अदालतबाट न्याय निरूपण नभएसम्म आफूलाई कायममुकायम महानिरीक्षकका रूपमा काम गर्न दिनुपर्ने माग गर्दै रिट दायर गरेका हुन्। एआइजी पोखरेलका तर्फबाट रिट लिएर सर्वोच्च पुगेकी अधिवक्ता सुनीता राउतले रिट दर्ता गराएकी थिइन्। 

रिटमा पोखरेलले जेष्ठता, कार्यसम्पादन मूल्यांकन, शैक्षिक योग्यता, तालिम, पुरस्कार, कमान्डलगायत सबै आधारमा आफू अगाडि रहेको दाबी गरेका छन्। पोखरेलले प्रहरी नियमावली २०७१ को नियम ४१ र ३० अनुसार आफूलाई महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गरेका छन्। आइजीमा धिरजप्रताप सिंह नियुक्त भएपछि हाल उनी बिदामा बसेका छन्।
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock २० मिनेट अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस