रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र
०२ कार्तिक २०७९
•
३ मिनेट पाठ
रामपुर नगरपालिकामा छैन नागरिक वडापत्र
रामपुर नगरपालिकाको कार्यालय
सेवा प्रदायक निकायले प्रदान गर्ने सेवाका सम्बन्धमा सेवाग्राहीलाई दिने सूचना नागरिक वडापत्र हो। पारदर्शिता प्रवद्र्धन र सुशासन कायम राख्नका लागि नागरिक वडापत्र महत्वपूर्ण औजार मानिन्छ तर पाल्पाको रामपुर नगरपालिका कार्यालयमा भने नागरिक वडापत्र देखिँदैन।  




सेवा प्रदायक निकायले आफ्नो कार्यालयबाट प्रदान गर्ने सेवाको बारेमा जानकारी गराउने विवरण वा सूचना पार्टीका रुपमा लिइने नागरिक वडापत्र हरेक कार्यालयमा राख्नुपर्ने भए पनि यहाँको नगरपालिका कार्यालयमा कतै राखिएको पाइँदैन। नागरिकले कार्यालयमा गएर के के सेवा लिने भन्ने जानकारीका लागि कार्यालय बाहिर राखिने जानकारीमूलक सूचना भए पनि रामपुर नगरपालिकाको कार्यालय परिसरमा कतै पनि नदेखिएको स्थानीयवासी भोजराज भट्टराई बताए।

‘वडापत्र नहुँदा नगरपालिका कार्यालयमा सेवा लिन आउने नगारिक सूचना पाउनबाट वञ्चित हुन परेको छ’, उनले भने, ‘जाने बुझेका नागरिकले त कर्मचारीसँग सोधपुछ गरेर सूचना लिन्छन्अर्थात् बेवसाइटमार्फत सूचना हेर्लान् तर सामान्य नागरिक अन्धोजस्तै हुनुपरेको छ, वडापत्र अनिवार्य रुपमा राखिनुपर्ने भए पनि यहाँको नगरपालिकाले यसको व्यवस्था गरेको छैन।’  

नागरिक वडापत्रसम्बन्धी सुशासन ९व्यवस्थापन र सञ्चालन ऐन २०६४० ऐनमा भएको व्यवस्थाअनुसार नेपालमा प्रत्येक सेवा प्रदायक कार्यालयले कार्यालय परिसरमा सबैले देख्न सकिने ठाउँमा नागरिक वडापत्र राख्नुपर्दछ। नागरिक वडापत्र जोकोहीले स्पष्ट देखिने गरी कार्यालयमा राखिनुपर्ने भए पनि रामपुर नगरपालिकाले सो व्यवस्थाको पालना नगरेको सीताराम माविका शिक्षक मनिराज अधिकारीले बताए।

सूचना पाउने नागरिकको नैसर्गिक अधिकार हो। नागरिकले सूचना छिटो पाउनुपर्दछ र कार्यालयमा प्रष्टसँग देखिने गरी राख्नुपर्छ। नगरपालिकाले सबै नागरिकले देखिने गरी राखेको खण्डमा नागरिक सूचना पाउनबाट वञ्चित हुनु नपर्ने बताउँछन्, कालिका माविका शिक्षक ज्ञानबहादुर दर्जी।

कार्यालयले सेवा दिने विषयलाई स्पष्टसँग सेवाग्राहीलाई अग्रिम जानकारी गराउने सूचना पार्टीलाई पार्टी नागरिक वडापत्र भनिन्छ। यो सेवाग्राहीको प्रतिबद्धतापत्र पनि हो। रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले डिजिटल बनाउने प्रक्रियामा रहेको र अब छिट्टै नै डिस्प्लेसहितको नागरिक वडापत्र बन्ने बताए।

‘म पनि यस कार्यालयमा हालसालै मात्रै सरुवा भएर आएको हो, पूरानो भवनमा ९हाल रामपुर ५ को वडा कार्यालय रहेको० नागरिक वडापत्र थियो भन्ने जानकारी पाएको छु, प्रक्रियामा रहेकाले हामी जतिसक्दो चाँडो राख्ने तयारीमा छौँ’, उनले भने।  

नयाँ प्रशासकीय भवन सञ्चालन भएको सात महिना भइसक्दा पनि नागरिक वडापत्र नराखिनु नगरपालिकाको ढिलासुस्ती भएको नागरिकले बताएका छन्। नागरिक वडापत्र भनेको सेवा प्रदायक सार्वजनिक निकायले आफूले प्रवाह गर्ने सेवा र सेवा प्राप्ति प्रक्रियाको सम्बन्धमा नागरिकप्रति गरेको लिखित प्रतिबद्धता हो।  

सम्बन्धित कार्यालयले दिने सेवा र त्यसको प्रकृति, सेवाग्राहीले सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने कार्यविधि, सेवा प्रदान गर्न लाग्ने समयावधि, सेवा प्रदान गर्ने पदाधिकारी र निजको कार्यकक्षको विवरण, सेवा प्राप्त गर्न कुनै दस्तुर तथा अन्य रकमसमेत लाग्ने भए सोको विवरण, सेवा प्राप्त गर्न सेवाग्राहीले पेस गर्नुपर्ने कागजात, सेवाग्राहीले सेवा सम्बन्धमा गरेका गुनासो सुन्ने अधिकारीको पद र नाम, सेवा प्रदायक निकायको तालुक कार्यालय र टेलिफोन नं, सेवा प्रवाहको प्राथमिकता, क्षतिपूर्ति प्राप्त हुने र नहुने सेवाजस्ता जानकारीमूलक सूचना नागरिक वडापत्रमा पाइन्छ।

प्रशासनलाई जनउत्तरदायी तथा नागरिकमैत्री बनाउने, कानूनको शासनलाई प्रत्याभूति गर्ने, सार्वजनिक निकायमा पारदर्शिताको प्रवद्र्धन गर्ने, सरकारी काम कारबाहीमा अनियमितता, ढिलासुस्ती र भ्रष्टाचार हटाउने, सेवा वितरण प्रणालीमा सुधारको लागि पृष्ठपोषण प्राप्त गर्ने, दण्ड पुरस्कार प्रणालीको विकास गर्ने तथा समग्रमा भन्दा मुलुकमा सुशासन कायम गर्ने उद्देश्यले नागरिक वडापत्र राख्ने परम्पराको विकास भएको पाइन्छ।
अर्को समाचार
शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’
१८ कार्तिक २०७९
•
५ मिनेट पाठ
शैक्षिक क्षेत्रमा नौलो आयामको सुरुआत गर्दै पाल्पाको ‘गङ्गा मावि’
गङ्गा माध्यमिक विद्यालयको हाताभित्र प्रवेश गरेपछि सबैको नजर बाल उद्यानमै तानिएको हुन्छ।  भनिन्छ, बालबालिकालाई सानैदेखि नै राम्रो वातावरण दिन सकियो भने उनीहरूको भविष्य सुन्दर र उज्ज्वल बन्छ।  यहीँ भनाइको सुरुआत गङ्गा माविबाट भएको छ।  




बालबालिकाको खेल संस्कार विकास गर्न र उनीहरूलाई समयानुकूलको शिक्षा प्रदान गर्न पाल्पाकै नमूना विद्यालयका रूपमा रहेको रामपुर नगरपालिका–८ स्थित गङ्गा माविमा सो अभ्यासको थालनी भएको छ।  यहाँको शैक्षिक वातावरणले विद्यालयभित्र पुग्ने जो–कसैलाई पनि लोभ्याउँछ।  बालबालिका खेल्दै, पढ्दै गरेको दृश्यले उनीहरूको सुन्दर भविष्यको रेखा कोरिएको छ।  

गाउँका शैक्षिक संस्थामा यस्तो व्यवस्था खासै पाइँदैन।  त्यसमा पनि सामुदायिक विद्यालयमा निर्माण भएको बाल उद्यानले शैक्षिक क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गरेको छ।  यहाँको विद्यालयमा बालविकासलाई प्राथमिकता दिँदै उनीहरूको खेल्ने र मनोरञ्जन गर्ने अधिकारलाई प्रत्याभूत गराउँदै बाल उद्यान अर्थात् बालसंसार निर्माण गरेपछि शैक्षिक क्षेत्रमा यसले नौलो आयाम थपेको छ।  

स्थानीयवासी तथा नेपाल सरकारका पूर्व राष्ट्रसेवक कर्मचारी कृष्णप्रसाद पौड्याल र गोविन्दप्रसाद पौड्यालद्वारा स्व पिता जयलाल एवं माता कौशल्यदेवीको सम्झनामा बाल उद्यान तयार पारिएको हो।  करिब २० लाख रुपैयाँ को लगानी परेको बाल उद्यानमा पौड्याल परिवारको १३ लाख रुपैयाँ बराबरको सहयोग छ।  बाँकी रकम आवश्यक खेलजन्य सामग्रीमा विद्यालयले खर्चेको छ।  बाल उद्यानको संरचना सबै पौड्यालकै लगानीमा बनेको हो।  

यहाँ निर्माण गरिएको बाल उद्यानको गत असोज २३ गते जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)ले उद्घाटन गरेका हुन्। उद्यान विद्यालयलाई हस्तान्तरण गरिएको छ।  सो उद्यानमा आठ पिङ, चिफ्लेटी, बिगप्ले स्टेशनलगायत विभिन्न खेलका सामग्री छन्।  तल्ला कक्षाका बालबालिकालाई लक्षित गरेर उद्यान तयार पारिएको हो।  एकैपटकमा ५० देखि ६० जनासम्म साना बालबालिका अट्ने क्षमता छ।  यस उद्यानले खेल संस्कारको विकास भएको छ।  

समाज परिवर्तन गर्नका लागि बालबालिकाबाट सुरु गर्नुपर्छ भनेर समाजमा सकारात्मक सन्देश दिन र उनीहरूको सर्वाङ्गीण विकासका लागि बाल उद्यानमा लगानी गरेको पूर्व राष्ट्रसेवक कर्मचारी पौड्याल बताउँछन्।  ‘बालबालिकालाई असल नागरिक बनाउने कुरा गर्छौँ तर हामीले राम्रो वातावरण दिन सक्दैनौँ, उनीहरूको शारीरिक, बौद्धिक र सकारात्मक भावनाको विकास जबसम्म हुँदैन तबसम्म असल नागरिक बनाउन धेरै कठिन हुने भएकाले बालबालिकामा लगानी गर्न कन्जुस्याइँ गर्नु हुँदैन’, उनले भने।  

विद्यालयबाट होस् या घरपरिवार, समाजबाट बालबालिकालाई महत्व दिएर काम गरियो भने विकासको सुरुआत त्यहीँबाट हुने उनको भनाइ छ।  सानैदेखि नै बालबालिकालाई राम्रो वातावरण दिन सकियो भने भविष्यमा ठूलो मान्छे बनेर उनीहरूबाट हामीले धेरै फाइदा लिन सक्ने भएकाले लगानी गर्न पछि नहट्न सम्बन्धित निकाय, व्यक्तिसँग उनको आग्रह छ।  

महिला तथा बालबालिका विभागको महानिरीक्षक पदमा रहँदा नै बालबालिकामा लगानी गर्नुपर्छ भन्ने अवधारणाको सुरुआत गरेको र सो अवधारणालाई अहिले सेवा निवृत्त भएपछि सामाजिक, शैक्षिक क्षेत्रमा अगाडि बढाएको उनी बताउँछन्।  ‘महिला उत्पीडनमा छन्, बालबालिका वितृष्णामा पर्छन्, यो सानैदेखि राम्रो शिक्षा दिन नसकेर भएको हो’, उनले भने, ‘हाम्रो समाजमा पछिल्लो समय महिला हिंसा, बालहिंसाका घटना बढिरहेका छन्, बालबालिकामा राम्रो वातावरण दिन नसक्दा समाजमा यस्ता क्रियाकलाप हुने गरेका छन्, त्यसकारण सानैदेखि उनीहरूलाई संस्कारसहितको वातावरण हामीले सिर्जना गरिदिनुपर्छ। ’

राम्रो वातावरण दिनका लागि महिला तथा बालबालिका विभागमा कार्यरत रहँदादेखि नै देशभर केही गर्नुपर्छ भनेर अभियान चलाएको पौडेल बताउँछन्।  गङ्गा माविबाट सुरुआत गरेको अभियानलाई अब अतिक्रमणमा परेका सार्वजनिक जग्गामा बाल उद्यान तयार पार्नुपर्ने उनको भनाइ छ।  बाल विकासका लागि उनी आफैँ सार्वजनिक जग्गा संरक्षण र बालहित संसार अभियानको संयोजक भएर लागेका छन्।  

सार्वजनिक जग्गाको सम्पत्ति संरक्षणका लागि बाल खेल संसार अभियान सुरुआत गरियो भने त्यसले जग्गाको संरक्षण र बालबालिका खेल्ने उद्यानको विकास हुनेछ।  अतिक्रमण गरेका सार्वजनिक जग्गा पनि मुक्त गराउन रामपुरमा यस अभियानको थालनी गर्न समिति बनाइएको छ।  व्यक्तिको लगानी हुँदा सामाजिक अपनत्व कम हुने भएकाले यस अभियानलाई स्थानीय सरकारले सहयोग ग¥यो भने नगरपालिका तथा समाजको अपनत्व धेरै बढ्ने उनी बताउँछन्।  

सरकारी सेवामा करिब २८ वर्ष सेवारत उनी सात वर्षअघि महिला तथा बालबालिका विभागको महानिरीक्षक पदबाट निवृत्त भएपश्चात् सामाजिक अभियानमा लागेका छन्।  आफूले सरकारी सेवामा रहँदा नै सुरु गरेको यो अभियानलाई देशव्यापीरूपमा अगाडि बढाउने उनको सोच छ।  

अहिलेको समयमा एकोहोरो कक्षाकोठाभित्रै पढाएर परिवर्तन गर्न गाह्रो स्थितिमा यस उद्यानले बालविकासको छिटो परिवर्तन हुने, पढाइमा विद्यार्थी आकर्षित बन्दै गएको बताउँछन्, गङ्गा माविका प्रधानाध्यापक देवराज देवकोटा।  

‘बाल उद्यानले विद्यालयमा असाध्यै रौनकता ल्याएको छ, विद्यार्थीबाट उद्यान सञ्चालनवापतको विद्यालयले शुल्क लिएको छैन, खेल संस्कारको विकास भएको छ, बालबालिकाको रेखदेखका लागि चार शिक्षक खटाएका  छौँ’, प्रअ देवकोटाले भने।

असल नागरिक तयार पार्नलाई बालबालिकालाई खेलतर्फ आकर्षित गर्न अतिआवश्यक छ।  सो बाल उद्यानमा अहिले बालबालिका रमाउँदै पढ्ने, खेल्ने गर्दा विद्यालयको शैक्षिक माहोल नै बदलिएको शिक्षक कृष्णप्रसाद घिमिरेले बताए।  बाल उद्यानले विद्यालय आउन अप्ठ्यारो मान्ने, पढाइमा चासो नदिने बालबालिकाको पठनपाठनप्रति रुची बढाएको छ।रासस
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock २ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस