धादिङ— पृथ्वी राजमार्ग अन्तर्गत धादिङको जोगिमारा-२ स्थित हुग्दी खोलाको पुलमा ट्रक पल्टिँदा ४ जनाको मृत्यु भएको छ, २ जना गम्भीर घाइते छन्। ग १ ख ३९८६ नम्बरको ट्रक काठमाडौंबाट वीगञ्ज जाँदै गर्दा दुर्घटना भएको हो।
मृतकमध्ये ३ जनाको सनाखत भएको छ। पर्सा जिल्ला चोर्नी-९ ठेगान भएका फुल महम्मद, अनवर महम्मद अनिल महम्मदको सनाखत भएको प्रहरीले जनाएको छ। उनीहरु ट्रकमा यात्रा गरिरहेका थिए। अर्को एक जनाको शव च्यापिरहेको अवस्थामा छ। प्रहरीले शवलाई निकाल्न प्रयास गरिरहेको जोगिमारा प्रहरी चौकीका प्रहरी नायव निरीक्षक बालकृष्ण भट्टराईले नागरिकन्युजलाई बताए।
दुर्घटनामा घाइते हुनेहरुमा ट्रकका चालक र सहचालक छन्। गम्भीर घाइते उनीहरुलाई उपचारका लागि काठमाडौं लगिएको छ।