दाङ- क्षमताभन्दा बढी यात्रु बोकेको जीप सल्यानमा दुर्घटना भएको छ। दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। दाङको तुलसीपुरबाट सल्यानको रिम भन्ने स्थानमा यात्रु बोकेर जाँदै गरेको रा१ज ५०६ नम्बरको जीप सल्यान धनवाङ ७ स्थित चोर खोलामा खसेको हो।दुर्घटनामा परी सल्यान रिम गाविस ४ का छबिलाल खड्काको मृत्यु भएको इलाका प्रहरी कार्यालय लुहामका प्रहरी निरिक्षक मनोज कुमार श्रेष्ठले जानकारी दिए। दुर्घटनामा परी घाइते भएका खड्काको तुलसीपुरस्थित राप्ती अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका १३ जना मध्य चालक हरिबहादुर डाँगी, सहचालक टोपेन्द्र बलाल र यात्रु रिम ४ का हस्तबहादुर बुढाको अवस्था गम्भीर रहेको श्रेष्ठले जनाए। उनीहरुलाई उपचारका लागि नेपालगन्ज लगिएको छ। अन्य घाइतेको तुलसीपुरस्थित राप्ती अन्चल अस्पतालमा उपचार भैरहेको छ।
प्रहरीका अनुसार जीपमा क्षमताभन्दा बढी यात्रु थिए। लोड धान्न नसकेर जीप दुर्घटनामा परेको प्रहरीले अनुमान गरेको छ। जीप चोर खोलामा झण्डै पचास मिटर तल खसेको छ।