मोरङको जहदा गाउँपालिका–२ भाथीगछबाट लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ।भाथीगछको एक बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा १५ किलो गाँजा फेला परेको हो।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नालको नेतृत्वमा गएको टोलीले बाँस झ्याङमा लुकाएर राखेको अवस्थामा गाँजा बरामद गरेको जनाएको छ। गाँजा लुकाउने व्यक्तिको पहिचान हुन सकिरहेको छैन।
प्रहरीलाई छल्दै नेपालबाट भारततिर लैजानका लागि लुकाएर राखेको हुनसक्ने प्रहरीले अनुमान छ। गाँजा लुकाउने व्यक्तिको खोजी तीव्र पारेको र नियन्त्रणमा लिएको गाँजा इलाका प्रहरी कार्यालय रानीमा ल्याएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ।