४ को मृत्यु, २० घाइते-
मिथिलेस यादव, काठमाडौँ, फागुन १- उदयपुरमा जन्ती बोकेको एउटा ट्रयाक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्। उदयपुरको त्रियुगा नगरपालिकास्थित चुरियाको दोस्रो मोडमा गएराति अबेर सो दुर्घटना भएको थियो। मृत्यु हुनेमा तीन नेपाली र एक भारतीय छन्।
घटनामा मधुबनी, भारत निवासी महेश सदायको मृत्यु भएको छ। त्यसैगरी सिराहा निवासी गणेश कोइरी महतो, सप्तरी निवासी बोलाकिशोर सदाय र सिराहाका दीपक सदाय छन्।
घाइतेको उपचार गाइघाटस्थित अस्पतालमा भइरहेको छ। दुर्घटनाको कारण पत्ता लागेको छैन।