जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहामा अनिश्चितकालीन कर्फ्यू जारी गरेको छ।
बिहीबार बिहान दुई समुदायबीच झडपले साम्प्रदायिक सुरक्षामा खलल पुग्ने वातावरण सिर्जना भएकोले शान्ति सुरक्षाको स्थितिलाई भंग हुन नदिन जिल्ला प्रशासन कार्यालय महोत्तरीले भँगाहामा दिउँसो चार बजेदेखि अनिश्चितकालीन कफर््यु जारी गरेको हो।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीद्वारा जारी कर्फ्यु आदेशमा साम्प्रदायिक सद्भाव खलल पुग्ने गरी बिहीबार भँगाहामा दुई पक्षबीच झडप भएको जनाइएको छ। शान्ति सुरक्षाको स्थिति भंग हुने अवस्था सिर्जना भएकाले कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी पहाडीले जनाएका छन्।
जिल्ला प्रशासन कार्यालयका अनुसार दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रह्मस्थान पररिया र उत्तरमा धर्मपुरभन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नगरपालिका वडा नम्बर १ बगडा चोक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टीनजिकैको पुलसम्म कर्फ्यु आदेश जारी गरिएको छ।
कर्फ्यु जारी भएका स्थानमा भेला, जुलुस, प्रदर्शन, घेराउ, ¥याली र सभा नगर्न प्रशासनको आदेशमा भनिएको छ। कर्फ्यु उल्लंघन हुने कार्य गरेमा कडा कारबाही हुने प्रशासनको आदेशमा उल्लेख छ।
कर्फ्यु आदेशसँगै भँगाहामा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। कर्फ्युको आदेश उल्लंघन नगर्न माइकमा पनि सर्वसाधारणलाई सचेत बनाइएको छ।
कर्फ्यु आदेश जारी भएपछि भँगाहाको स्थिति तनावग्रस्त नरहेको सुरक्षा निकायले जानकारी गराएको छ।
प्रमुख अतिथिको विषयमा विवाद उत्पन्न भएपछि सिन्धुलीमा जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको छ। यहाँको कमलामाई नगरपालिकाले सदरमुकामको लोकतान्त्रिक चोक अगाडी निर्माण गरेको विपी र पुष्पलालको शालिक अनावरण गर्न एमालेका महासचिव ईश्वर पोखरेल प्रमुख अतिथिमा आएपछि सत्तारुढ दल र एमालेका नेता कार्यकर्ताबीच विवाद भएको थियो।
विवाद उत्कर्षमा पुग्ने र तनाव ग्रस्त हुने अवस्था आएपछि प्रमुख जिल्ला अधिकारीले उक्त स्थान आसपासमा निषेज्ञा जारी गरेका हुन्।
बुधबार बिहान ११ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले सदरमुकामस्थित माढी बजारको खुल्लामञ्च, स्टलबजार, लोकतान्त्रिक चोकमा कुनैपनि जुलुस सभा तथा कार्यक्रम नगर्न निषेधाज्ञा जारी गरेका हुन्।
प्रत्येक वर्ष कार्तिक २४ गते मनाउँदै आएको सिन्धुलीगढी विजय उत्सव र चिल्ड्रेन पार्कमा निर्माण गरिएको उक्त शालिक अनावरण गर्नका लागि कमलामाई नगरपालिकाका नगरप्रमुख खड्गबहादुर खत्रीले आफ्नै पार्टीको महासचिव बोलाएकाले सरकारमा रहेका मन्त्री तथा सरकारी व्यक्तित्व नै प्रमुख अतिथि हुनुपर्ने भन्दै सत्तारुढ गठबन्धनका दलहरुले अवरोध गरेका हुन्। विवाद भएपछि शालिक अनावरण गर्ने कार्यक्रम स्थगित भएको छ भने सिन्धुलीगढी विजय उत्सव समेत सत्तारुढ दलले बहिष्कार गरेका थिए।
सत्तारुढ दलका नेता तथा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजन दाहालले सरकारी पैसा खर्च गरेर गरिने कार्यक्रममा कुनै दलको एउटा नेतालाई ल्याएर पार्टीकरण गर्न लागेकाले आफूहरुले अवरोध गरेको बताए। ‘हामीलाई सरकारी जो सुकै व्यक्तिले उद्घाटन वा प्रमुख आतिथ्यता ग्रहण गरुन् त्यसमा केहि फरक पर्दैन तर एकलौटी पार्टीको महासचिव ल्याएर कार्यक्रम गर्न लागेपछि हामीले त्यसलाई रोकेका छौं’, उनले भने।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शालिक अनावरण गर्ने विषयमा विवाद भएकाले कर्फ्यू आदेश जारी गर्नु परेको बताए। ‘सम्भावित झडपलाई मध्यनजर गरेर कर्फ्यू आदेश गरिएको हो, सिन्धुलीगढीको कार्यक्रम उहाँहरुले गर्नुभएको छ, अनावरण कार्य तत्कालका लागि स्थगित गरिएको छ’, उनले भने।
रुकुम पूर्व र रोल्पाका मयूर र भूमे नाच, मध्य पहाडका सराय, सोरठी र मारुनी अनि तराईमा प्रचलित सखिया, लठ्ठहवा र अवधि समुदायका फगुवा तथा झिझिया नाच लुम्बि...
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...