इलाका प्रहरी कार्यालय फतुवा विजयपुरका असइ सर्फलाल प्रसाद यादवले गाउँमा आतंक मच्चाएका छन्। असई यादवको आतंकले गाउँले त्रसित बनेका छन्।
गत असोज ११ गते स्थानीयबासीले जथाभावी धम्की दिने तथा गाली गलौज गर्ने असई यादवको आतंक विरुद्ध जिल्ला प्रशासन कार्यालय रौतहटमा निवेदन दर्ता गराएका थिए। जिल्ला प्रशासन कार्यालय रौतहटले इलाका प्रहरी कार्यालय फतुवा विजयपुरलाई असई यादवको बारेमा सोधखोज गर्न पत्र पठाएपछि निवेदकहरुमाथि ज्यान मार्ने धम्की दिएका असई यादवले निवेदकमध्ये एक शिवबालक साहलाई निर्घात कुटपिट गरेका छन्।
असई यादवले निवेदक साहलाई लघारी लघारी कुटिरहेको भिडियो भाइरल भएको हो।घटनाको भिडियो खिच्ने र अन्य निवेदकलाई पनि असई यादवले ज्यान मार्ने धम्की दिँदै आएका छन्। कुटपिटबाट घाइते साहलाई असई यादवले गाउँबाट निकाला गरिदिने र चोरी लगायतको मुद्दामा फसाइदिने धम्की दिँदै आएका छन्।
असई यादवको आतंकले गाउँका गरिबहरु अत्यन्त पीडित बनेको र सम्बन्धित निकायले आफूहरुको मर्का नबुझेको अर्का पीडित राजकिशोर साहले जानकारी गराएका छन्।