सुनसरी, मोरङ र इलाममा भएका दुर्घटनामा परि छ जनाको मृत्यु भएको छ। शुक्रबार साँझ कोशी राजमार्ग अन्तर्गत इटहरी वडा नं. १० भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
विराटनगरतर्फ जाँदै गरेको प्र १०२०४१ प ४४११ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको को ४ प १४१० नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ। प्रहरीका अनुसार दुर्घटना हुँदा प्र १०२०४१ प १४१० नम्बरको मोटरसाइकल चालक धरान वडा नं. १५ का ४० वर्षे राजन राई र सोही मोटरसाइकलमा सवार धरान वडा नं. १५ कै ३२ वर्षे रामु राई र को ४ प ४४११ नम्बरको मोटरसाइक चालक विराटनगर टंकीका ४६ वर्षे अर्जुन भन्ने ओझराज लुइटेलको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका तीनै जनाको आर्य न्युरो अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।
यसैगरी, शुक्रबार नै भएको दुर्घटनामा इलाम नगरपालिकाको वडा नं. १० शिलपुर स्थित भित्री कच्ची सडक खण्डमा पिकअप अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको छ। नामसालिङबाट तिनघरेतर्फ जाँदै गरेको प्र १–०३००१च ००२० डबल क्याब पिकअप खराब सडकका कारण अनियन्त्रित भई सडकबाट झन्डै १०० फिट तल खसी सवारी दुर्घटना हुँदा उक्त गाडीमा सवार ईलाम माईजोगमाई वडा नं. ४ का ५१ वर्षेे पदम देवानको मृत्यु भएको हो। पिकअप अनियन्त्रित भएर खसेर दुर्घटना हुँदा सोही पिकअपमा सवार इलाम माइजोगमाईकै २९ वर्षे बिश्वास देवान र १८ वर्षे रबिन देवान पनि घाइते भएका छन्।
इलामकै सुनपा वडा नं. ९ बरबोटे स्थित फिक्कल पशुपति पक्की सडक खण्डमा पनि दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको प्र १–०१–०१३प ८०१३ नम्बरको मोटरसाइकल तीव्र्र गतिका कारण सडकको छेउमा रहेको अलकत्र फिट्ने मेसिनमा ठोक्किँदा प्रहरी सहायक हवाल्दारको मृत्यु भएको हो। दुर्घटनामा मोटरसाइकल चालक ईलाम सुनपा वडा नं. ३ घर भई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ्मा कार्यरत प्रहरी सहायक हवल्दार ३४ वर्षे दिनेश राईको मृत्यु भएको हो।
यता, मोरङ ग्रामथान गाउँपालिका वडा नं. ५ बाङ्गेचोक स्थित बिराटचोक घिनाघाट पक्की सडक खण्डमा एक जनाको मृत्यु भएको छ। दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको प्र.१–०१–०१३ प ८०१५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोरङ पथरी शनिश्चरे वडा नं. ७ को २० वर्षे सनम थापाको मृत्यु भएको हो। मोटरसाइकल अनियन्त्रित भएर सिकिस्त भएका थापालाई उपचारको लागि न्युरो अस्पलाल पु¥याउन साथ चिकित्सकले मृत घोषणा गरेको प्रदेश नं. १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जनायो।