छठ अनुष्ठान सुरु,आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
१३ कार्तिक २०७९
•
९ मिनेट पाठ
छठ अनुष्ठान सुरु,आइतबार अस्ताउँदो सूर्यलाई अर्घ्य
छठका लागि सिँंगारिएको लहान–३ स्थित रघुनाथपुर पोखरीघाटमा श्रद्धालु। तस्बिर: मिथिलेश/नागरिक
प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ। शुक्रबार व्रतालुले ‘नहाय खाय’ गरी यो पर्वको विधिवत् सुरुआत भएका बर्तालुहरूले शनिबार ‘खरना’ विधि गरेका छन्। बर्तालुहरू चोख्याइएको कोठाभित्र खिर, केरालगायत परिकार तथा फलफूल केराको पातमा फिँजाएर ईश्वरको आराधना गर्छन्। ‘खरना’ भनिने यो अनुष्ठानपछि पहिले बर्तालुले प्रसाद ग्रहण गर्छन्। त्यसपछि परिवारजन एवं छिमेकीलाई बाँड्छन्। बर्तालुले शुक्रबार बिहान घर, नदी, खोला, इनार, नहर वा पोखरीमा स्नानपछि अरूवा चामलको भात, रहरको दाल र तरकारी (बर्जितबाहेक) समाविष्ट शुद्ध शाकाहारी भोजन ग्रहण गरी पर्वको थालनी गरे। उदाउँदो एवं अस्ताउँदो सूर्यलाई बराबर सम्मानका साथ पुजिने यो लोकपर्वका लागि मधेसलगायत मुलुकभरका नदीकिनार, खोलाछेउ, पोखरीका डिल र नहरवरपर सरसफाइ गरी झिलिमिली पारिएको छ।




घरका ज्येष्ठ, स्वस्थ र सक्रिय महिला सदस्यले कठिन उपवाससहित चार दिन यो पर्व मनाउँछन्। यो पर्वमा परिवारका पुरुषको सहायक भूमिका हुन्छ। प्राचीनकालदेखि परिवारको समृद्धि, सन्तान प्राप्ति, रोग एवं कष्ट निवारणका लागि छठपूजा गर्ने चलन छ। यो पर्वका लागि ब्रतालु एवं परिवारजनले तिहार सकिएलगत्तै माछामासु खान छाड्छन्। बर्तालुले नै पुजारीको भूमिका निर्वाह गर्ने सूर्य उपासनाको यो पर्वमा घरदेखि जलाशय किनारसम्म दीपावलीजस्तै वातावरण हुन्छ। यो जल, जीवन र सम्पूर्ण ऊर्जाको स्रोत सूर्यबीचको सम्बन्ध झल्काउने असीम श्रद्धाको पर्व हो। सबै जाति, धर्म, वर्ग र लिंगका मानिसले पूजा गर्न सक्ने हुनाले यो सामाजिक सद्भावको अद्भूत धार्मिक एवं सांस्कृतिक उत्सव हो।

घरभित्रै दुईदिने विधिपछि आइतबार साँझ (सँझिया घाट) र सोमबार बिहान (भोरका घाट) जलाशय किनारमा ठेकुवा, भुसुवा, नरिवल तथा भोगटेलगायत मौसमी फलफूल एवं तरकारीसहित सूर्यलाई अर्घ दिएपछि यो पर्व समापन हुन्छ। पूजा गर्ने मुख्य उपासकले पानीमा उभिएर साँझ अस्ताइरहेको र बिहान उदा सूर्यलाई प्रसादसहित दूध एवं जलको अर्घ दिन्छन्। छठ नसकुन्जेल बर्तालुले घरमा समेत दीपावली गर्छन्। छठ मातालाई दुर्गा एवं लक्ष्मीकै रूपमा समेत सम्झिँदै दसैं एवं तिहारमा समेत मधेसवासीले छठको गीत गाउँछन्। बिहानको अन्तिम अर्घपछि छठ महिमाको कथा वाचन र त्यसपछि घाटदेखि घरसम्म प्रसाद वितरणको क्रम सुरु हुन्छ।  

लगातार चौथो दिनसम्म बर्तालुको उपवास जारी रहने हुनाले यसलाई कठिन व्रत मानिन्छ। परम्पराअनुसार घरका ज्येष्ठ र स्वस्थ महिलाले पूजाको नेतृत्व गर्छिन्। नसक्ने भएपछि वरीयता क्रममा परिवारका अन्य सक्षम सदस्यलाई पूजाको जिम्मेवारी दिइन्छ। पुस्तौंसम्म यो क्रम चलिरहन्छ। यो गरिबदेखि धनीसम्मले मनाउने बहुजातीय एवं बहुसांस्कृतिक पर्व हो। नसक्नेले मागेर पनि गर्छन्। भाकलअनुरूप सम्पन्नले पनि भिक्षा माग्ने परम्परा छ।

समानताको पर्व

सिरहा नगरपालिका–२ गोढियारीकी रुबी मलिकले वर्षौंदेखि टोलकै सार्वजनिक पोखरीमा छठको अर्घ चढाउँदै आएकी छन्। यही पोखरीमा यस टोलका अन्य जातका बर्तालु पनि छठ पूजा गर्छन्। अरू बेला मलिकसँग समाजका अन्य जातिले छुवाछूतको भेद गरे पनि छठ घाटमा सबै सँगै हुन्छन्। न कसैको पूजासामग्री कसैसँग छोइन्छ न कोही कसैसँग। मलिक भन्छिन्, ‘छठका बेला हामी छुवाछूतको पीडा भुल्छौं।’ छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठ्छन्। मलिक भन्छिन्, ‘अरू जाति पनि उही सूर्यदेवलाई पूजा गर्छन्, हामी पनि उनैलाई नै।’ छठ घाटमा सबै जातजातिको पूजासामग्री सँगै टाँसिएको हुन्छ। उनी भन्छिन्, ‘पूजासामग्री अन्य जातको सँग टाँसिदा पनि कोही केही बोल्दैनन्, छुवाछूत मान्दैनन्।’

सिरहा मिर्चैया नगरपालिका–६ मिटअर्वा गाउँकी सुमित्रा मलिक भन्छिन्, ‘छठले छुवाछूतको पीडा मात्र भुलाउँदैन, आर्थिक पीडा पनि भुलाउन मद्दत गर्छ।’ बाँसको समग्रीको माग बढ्ने भनेकै छठ पर्वमा हो।’ यस पर्वलाई पहाडी मूलका महिलाले पनि मधेसी महिलासँगै सामूहिक रूपमा मनाउँदै आएका छन्। यस पर्वले सांस्कृतिक सद्भाव कायम गर्ने पुलको काम गरेको छ।

फैलिँदै छठ

छठ पर्वले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ बलियो बनाएको सूर्यनारायण सत्यनारायण मरवैता बहुमुखी क्याम्पस सिरहाका सहप्राध्यापक उमेशकुमार झा बताउँछन्। पहाडी समुदायका महिला पनि उत्साहपूर्वक छठ व्रत तथा पूजामा सहभागी हुँदै आएका छन्। गोलबजार नगरपालिका–६ की डम्बरकुमारी श्रेष्ठले छठ पूजा गर्न थालेको ५५ वर्ष भयो। छोरा पाउन गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अँगालेकी हुन्। ७३ वर्ष पार गरिसकेकी उनलाई पछिल्लो ६ वर्षदेखि छठ पूजा गर्न बुहारी रञ्जुले सघाउँछिन्। सासूले सुरु गरेको संस्कारलाई स्वास्थ्यले साथ दिँदासम्म निरन्तरता दिने रञ्जुको अठोट छ। परिवारमा विश्वास छ, डम्बरकुमारीलाई छठीमैयाँले ठुलो उपहार दिइन्। मधेसी–पहाडी, हिन्दु–मुस्लिम, दलित–गैरदलितको घेराभन्दा माथि यो पर्वको महिमा रहेको उनको अनुभूति छ। सबै क्षेत्रका जातजाति, समुदाय एकै थलोमा अटाउनु यो पर्वको अनुपम सौन्दर्य रहेको उनी बताउँछिन्।

३६ घन्टा निर्जल र निराहार व्रत बस्दा पनि शरीरले साथ दिनुलाई यो पर्वको शक्ति मान्छिन् रञ्जु। ‘यो पर्व सामाजिक अन्तरघुलन र सद्भावको अनुपम नमुना हो। यसले सामाजिक मिलापलाई चौतर्फी फैलाउँदैछ। पहिला मिथिलावासी अझ भन्नुपर्दा मधेसी समुदायमा मात्र मनाउने यस पर्वले अहिले पहाड–तराईको सम्बन्ध जोड्दैछ,’ आमाको बिँडो थामेर नौ वर्षदेखि छठ व्रत बस्दै आएकी लहानकी अम्बिका यादव भन्छिन्, ‘छठ घाटमा मधेसी–पहाडी, दलित–गैरदलित भन्ने भेद हुँदैन, सबै बराबर हुन्छन्। सबै मिलेर सूर्यको उपासना गर्छन्।’ विभिन्न धार्मिक मान्यता एवं आस्थाअनुरूप परिवार कल्याण, रोग निदान, सन्तान प्राप्ति तथा समृद्धिको कामना गर्दै छठ मनाइन्छ।

यो पर्व देशदेशान्तर फैलिँदै जानुको एउटा विशेषता भनेको सद्भावसहितको सामूहिकता मान्छिन् सिरहाकी बर्तालु प्रेमकालीकुमारी यादव। ‘मधेसी समाजमा सबैभन्दा अपहेलित जात डोम हो। तर छठ पर्व डोमबिना सम्भवै छैन,’ उनी भन्छिन्, ‘उनीहरूले पसिना बगाएर बनाएको ढक्की, नाङलो, सुपा, डलिया, सुपली आदिमा छठीमैयाँलाई चढाउने प्रसाद राख्न बर्तालुहरू प्रयोग गर्छन्। यो व्रत गर्ने व्रतालु वा सघाउने श्रद्धालुबीच जात, धर्मका आधारमा कुनै वैमनश्य वा द्वन्द्व कहिल्यै हुने गरेको छैन।’ कुनै जातजाति हुन, तिनको दौरा छठी घाटमा मिलेर, मिलाएरै राखिएका हुन्छन्। सबै एउटा गोलमा अटाएको दृश्य हेर्दा राजनीतिले छुट्याएको पहाडी, मधेसी, जातजातिबीचको सबै भेद यहाँ टुंगिन्छन्। यो व्रतले सामाजिक सद्भाव र मानवीय एकतालाई अझ मजबुत बनाएको छ, बनाउँदैछ,’ उनले भनिन्।  

गदगद कुमाल समुदाय

सिरहाका राजाराम पण्डितलाई भ्याइनभ्याइ छ। माटोको सामग्री बनाउन उनी बिहानदेखि अबेर रातिसम्मै खटिन्छन्। छठ पर्वले राजारामजस्ता धेरै कुमालेको व्यस्तता बढाइदिएको छ। छठमा माटोको सामग्रीको प्रयोग अनिवार्य हुन्छ। छठका लागि माटोका दियो, चौमुखे दीप, पाला, माटोको हात्ती, ढकनालगायत भाँडा बनाउन राजाराम व्यस्त छन्। उनले भने, ‘हाम्रो पुख्र्यौली गुजाराको पेसा नै यही हो। प्लास्टिक र अन्य धातुका भाँडाको प्रयोग बढे पनि छठजस्ता पर्वमा माटोको सामग्रीको माग अझै उच्च रहेको उनी बताउँछन्। चौरचनदेखि नै माटोका भाँडाको माग बढ्न थाल्ने उनी बताउँछन्। दसैं, तिहार, छठलगायत पर्वमा कलश, गमला, दियो, कोहालगायत माटोका भाँडा बढी बिक्रीवितरण हुने उनले जानकारी दिए। सबैभन्दा बढी दीपावली र छठमा विभिन्न कलात्मक भाँडा बिक्री हुने गरेको उनले बताए।

यहाँका कुमाले यो समयलाई आफ्नो पर्वभरिको आम्दानी गर्ने सिजनका रूपमा समेत लिन्छन्। अहिले छठका लागि माटाको भाँडोको एक सेट लिन २०० देखि ३०० रूपैयाँ खर्चिनुपर्छ। माटोदेखि भाँडा पकाउन चाहिने गुइठाको मूल्य बढेकाले भाडाको मूल्य पनि बढेको राजाराम बताउँछन्। अहिले एक ट्याक्टर माटोको तीन हजार तिर्नुपर्छ। ‘गुइठा प्रतिगोटा १० रूपैयाँमा पाउँछ,’ उनी भन्छन, ‘हामीलाई न स्थानीय सरकारबाट न प्रदेश र संघ सरकारबाटै कुनै राहत सहयोग उपलब्ध भएको छ। माटोका भाँडा बिक्रीका लागि तिहार र छठ तथा चौरचन पर्व नै पर्खनुपर्ने भएकाले पेसा संकटमा परेको उनी बताउँछन्।  

गीतमा पनि पवित्रताको वर्णन

‘केरा जे फरेला घवद से, ओहिपर सुगा मेरडाए, मारबौं रे सुगवा धनुषसे, सुगा गिरे मुरछाए।’ यसको अर्थ हो, छठका लागि राखिएको केरा जुठो पार्न चाहने सुगा, तिमीलाई धनुष हानेर खसाउनेछु। छठ पर्वका सामग्री चोखो हुनुपर्छ भन्ने कडा मान्यता छ। त्यसैले पूजा सामग्री कसैले जुठो र फोहोर नगरोस् भनेर अत्यन्त ध्यान दिइन्छ। यसले पर्वको शुद्धतालाई प्रस्ट्याउँछ।

काँचही बाँस के टोकरिया हो

दीनानाथ, टोकरी लचकत जाय

बाट मे पुछए जे बटोहिया

टोकरी केकर जाय...

यो र छठका यस्तै अन्य गीतले यतीबेला मधेसका घरघरदेखि बजारसम्म र छठ घाटलाई रोमाञ्चित बनाएको छ। वातावरणमा अहिले एकाबिहानैदेखि अबेर रातिसम्म छठ गीत घन्किने क्रम बढेको छ। तिहारको समापनलगत्तै बज्न थालेका मनै छुने मौलिक छठको गीतसंगीतबाट माहोल स्वतः छठमय बन्न पुगेको छ।  

एकताको पर्व छठ

छठ शब्द संस्कृतको ‘षष्ठी’ शब्दबाट विकसित भएको इतिहास छ। चार दिवसीय छठ व्रतमा सबै भन्दा कष्ठ, कठिनाइ, दौडधुप, श्रमशक्ति र महत्वको हिसाबले कात्तिक शुक्लषष्ठीको दिनै हुन्छ। कात्तिक शुक्ल षष्ठी तिथिका दिन नेपाल र भारतमा धुमधामका साथ मनाइने निकै चर्चित पर्वको नाम हो छठ। यो पर्व षष्ठी पूजाको अपभ्रंशका रूपमा आएको हो। यस पर्वमा सूर्यको उपासना गरिन्छ र छठी माता (श्रीसपता) को पूजा गरिन्छ। सबै मिलेर घाट बनाउने, सजाउने, सरसफाइ गर्ने, सुरक्षा दिने, रमाउने गतिविधिले मानवीय भाइचारा, सामाजिक एकता र सामाजिक सद्भावलाई दह्रो बनाउन छठ पर्वले मद्दत गरेको छ। मधेसमा बस्ने हिन्दु धर्मावलम्बीले मनाउने यो पर्वले छिमेकमा बस्ने इस्लाम, बुद्ध धर्म मान्नेलाई पनि आफ्नो प्रभावमा राख्दै आएको छ। पहाड र राजधानी यति बेला छठमय भएको छ। बहुसांस्कृतिक, बहुभाषिक र बहुजाति प्रकृतिका समावेशी पर्व छठको सौन्दर्यका लागि मधेस, पडाड र हिमालसँग छठको प्रेम छ।

लोकतान्त्रिक पर्व

लोकतन्त्रमा सबै बराबर हुन्छ भनेजस्तै छठ पर्वले आफूलाई लोकतान्त्रिक पर्व हो भनेर सदियौंदेखि चिनाउँदै आइएको छ। सूर्य आफैंमा लोकतान्त्रिक देवता हुन्, उनी कुनै विभेद नगरी गरिव र धनी सबैलाई समान रूपले प्रकाश छर्छन्। सूर्यको प्रकाशबिना मानव, जीवजन्तु र प्रकृतिको अस्तित्व रहँदैन। रोगबाट मुक्ति, पीडाबाट निजात, सन्तान सुःख, पारिवारिक सुःख, सुस्वास्थ्य, दीर्घायुको कामना गर्दै सूर्यको उपासना गरिन्छ। षष्ठी तिथिमा सूर्यको उपासना गर्ने विधि उपक्रमलाई छठपूजा भनिन्छ।

अहिंसा र आस्थाको पर्व

छठ पर्वले संसारमा सबै जीवजन्तुको रक्षा गर्छ। दसैंमा जस्तो बलिप्रथालाई यस पर्वले निषेध गरेको छ। शाकाहारी र अहिंसा भाव र शुद्धतालाई निकै महत्व दिई छठपूजा गरिन्छ। बर्तालुहरू यस पर्वमा प्याज, लसुन, माछा मासु खाँदैनन्। यस पर्वमा सबैको जय जयकार गरिन्छ। छठपूजाले मनोकामना पुरा हुने विश्वासले जुनसुकै तह, तप्का र क्षेत्रका व्यक्ति तथा समुदायमा आस्था दिनानुदिन बढेको पाइन्छ। त्यसैले छठपर्वलाई आस्था र विश्वासको पर्वसँगै सद्भावको पर्व पनि भनिन्छ।

कृषकको पहिचानको पर्व

छठ पर्वले कृषि उत्पादनको महत्वलाई स्वीकार गरेको छ। जीवन र प्रकृति एकअर्काका पूरक हुन। प्राकृतिक सम्पदाका संरक्षण गर्नु जीवनको सम्पन्नताको साँचो हो भन्ने तथ्य यो पर्वमा सधैं प्रयोग गरिनेभन्दा फरक उत्पादन चढाउनुले पुष्टि गर्छ। गवडी धान (साठी) सुथनी, अदुवा, बोडी, उखु, नरिवल, सखर(मिठ्ठा), कागती, केराको थम्बा, गहुँ आदिको प्रयोगले किसानको श्रमको कदर गरेको छ।

नारी सशक्तीकरणको पर्व

छठ सूर्यको उपासनाको पर्व भए पनि यस पर्वले सामाजिक सद्भाव, मानवीय सद्भाव, श्रम र प्रकृतिलाई आदर र पवित्रताका धर्म यसको मूल मान्यता हो भन्न सकिन्छ। सूर्यको उपाशनामा कृपालु छठी माईको आशिषबिना अनुष्ठान पूरा हुनै सक्दैन। यो मातृशक्तिप्रतिको श्रद्धा हो। छठ मात्र यस्तो अनुष्ठान हो, जसमा छोरीको कामना गरिन्छ। छठी माईको गीतमा यसको स्पष्ट झझल्को पाइन्छ।
अर्को समाचार
देशैभरी छठको उल्लास (फोटोफिचर)
०३ मंसिर २०८०
•
१ मिनेट पाठ
देशैभरी छठको उल्लास (फोटोफिचर)
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस