तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात
१४ कार्तिक २०७९
•
२ मिनेट पाठ
तीन महिनामा ३ अर्बभन्दा धेरैको फलफूल आयात
नेपालको उत्तरी हिमाली क्षेत्रका विभिन्न स्थानमा स्याउ फल्छन्। हावापानी पनि रसिलो स्याउ फल्ने खालकै छ। मनाङ, मुस्ताङ, जुम्ला, मुगुलगायतका जिल्लाका किसानले उत्पादन गरेको स्याउले बजार पाउन सकेको छैन।  




बजार पुगेको भए पनि सस्तोमा बिक्री गर्न बाध्य छन् उत्पादक। देशभित्रै फलाउन सकिने र राम्रो बजार पाउने रसिलो, स्वादिलो स्याउ फलाउने जनशक्ति रोजगारीको खोजीमा विदेशिएको छ।  

सरकारी निकायले पनि यसमा विशेष ध्यान दिन नसक्दा स्याउमा मुलुक आत्मनिर्भर बन्न सकेको छैन। देशभित्रै अर्बौं मूल्य बराबरको स्याउ फलाउने र विदेशसमेत बिक्री गर्न सकिने अपार सम्भावना रहेको भए पनि तारतम्य भने मिल्न सकेको छैन।  

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार नेपालीले स्याउ आयातका लागि मात्रै रु दुई अर्बभन्दा बढी खर्च गरेका छन्।  विभागका अनुसार चालू आवको असोज मसान्तसम्म रु दुई अर्ब २४ करोड ९६ लाख ३९ हजार मूल्य बराबरको तीन करोड चार लाख ४७ हजार केजी स्याउ आयात भएको छ। त्यसबाट सरकारले रु २८ करोड पाँच लाख ८५ हजार बराबरको राजस्वसमेत सङ्कलन गरेको छ।  

उत्तरी नाका बन्द हुँदा त्यस अवधिमा भारतबाट सबैभन्दा धेरै स्याउ भित्रिएको विवरणमा उल्लेख छ। भारतबाट मात्र रु एक अर्ब ४९ करोड २४ लाख ४९ हजार मूल्य बराबरको स्याउ आयात भएको छ। त्यस्तै चीनबाट रु ७५ करोड ७१ लाख ८९ हजार मूल्यमा ७८ लाख ६८ हजार सात सय ९८ केजी स्याउ आयात भएको छ।  

विभागको विवरणानुसार नेपालमै उत्पादन गर्न सकिने कृषिउपज, फलफूलसमेत अत्यधिक आयात भइरहेका छन्। चालू आर्थिक वर्षको पहिलो तीन महिनामा देशमा रु तीन अर्बभन्दा बढी रकमका ताजा तथा सुकेका फलफूल आयात भएको विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।  

यस्तै चालू आवको असोज मसान्तसम्म रु २९ करोड ७६ लाख ५६ हजारका २८ लाख ७१ हजार एक सय ७६ केजी ताजा अनार आयात भएको देखिन्छ। त्यसबाट सरकारले रु तीन करोड ७२ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ।  

केरा आयातमा १६ करोड बाहिरियो

नेपालीले तीन महिनाको अवधिमा रु १६ करोड २३ लाख ५९ हजार बराबरको केरा आयात गरेको छ। चालू आवको असोज मसान्तसम्म भारतबाट मात्रै कूल एक करोड १३ लाख सात हजार चार सय ४६ केजी केरा आयात भएको देखिन्छ। त्यसबाट सरकारले रु सात करोड दुई लाख २३ हजार राजस्व सङ्कलन गरेको छ।  

विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ। तीन महिनाको अवधिमा मात्रै रु १४ करोड ८७ लाख ९२ हजार बराबरको २२ लाख १९ हजार चार सय ५७ केजी सुन्तला आयात भएको छ। त्यस्तै असोज मसान्तसम्म रु ११ करोड आठ लाख १४ हजार मूल्य बराबरको खरबुुजा, रु १० करोड ८० लाख १५ हजार बराबरको मेवा आयात भएको तथ्याङ्कमा छ।  

पछिल्लो तीन महिनामा रु दुई करोड ९१ लाख ७१ हजारको किबी, रु एक करोड ४९ लाख आठ हजार मूल्य बराबरको एभोगाडो आयात भएको देखिन्छ। यस अवधिमा अम्बा, आँपलगायतको आयातमा रु १८ करोड ७४ लाख बाहिर गएको छ। त्यस्तै नास्पाती भुइँकटहरलगायत फलफूल आयातमा करोडौँ रकम बाहिरिएको विवरणमा उल्लेख छ। रासस
अर्को समाचार
एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल
१३ असार २०७९
•
४ मिनेट पाठ
एघार महिनामा नेपालीले खाए १६ अर्बको फलफूल
देशको परिचय कृषि प्रधान। खेतीपाती गर्ने जमिन बाँझो। खेती गर्ने युवाजति खाडीमा। तिनै युवाले पठाएको विप्रेषणको पैसा खर्च गरेर विदेशबाट खाद्यान्नको आयात गर्नु परिरहेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ।  




भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आवका ११ महिनामा  १६ अर्ब रुपैयाँ बढीको कृषि तथा फलफूल आयात भएको पाइएको छ। मुलुकका दुई तिहाइभन्दा बढी जनता कृषिमा आश्रित रहेका र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)मा कृषि क्षेत्रको योगदान एक तिहाइभन्दा बढी रहेको अवस्थामा समेत फलफूको आयातमा अर्बौं रकम बाहिरिरहेको छ।  

चालु आवको पहिलो ११ महिनामा फलफूलको आयातका कारण  १६ अर्ब २१ करोडभन्दा धेरै रकम विदेशिएको भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। मुलुकको आर्थिक क्षेत्रमा कृषिको योगदान उल्लेख्य रहे पनि अझै कूल कृषियोग्य जमिनमध्ये धेरै बाँझो छ। यस्ता कृषियोग्य भूभागको थोरै मात्राको सही र व्यवस्थित उपयोग गर्नसके कृषिजन्य उपभोग्य वस्तुमा आत्मनिर्भर हुने अवस्था ल्याउन सकिन्छ। यस्ता उपभोग्य वस्तु आयात गरी अर्बाँैरकम विदेशिनबाट जोगिन सक्ने देखिएको छ।  

भन्सार विभागले चालु आवको जेठ मसान्तसम्मको आयात तथा निर्यातको अवस्थाबारेमा सार्वजनिक गरेको विवरणानुसार मुलुकले फलफूलका साथै दैनिक उपभोग्य वस्तुको आयातबाट अर्बौं रकम बाहिर पठाएको देखिन्छ भने नेपालमै उत्पादन गर्न सकिने कृषिउपजसमेत अत्यधिक आयात भइरहेको देखिन्छ।  

चालू आवको समीक्षा अवधिमा मुलुकमा र १६ अर्ब २१ करोडभन्दा बढी रकम ताजा तथा सुकेका फलफूल आयातमा बाहिरिएकोे विभागले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।  

छ अर्ब ६५ करोडको स्याउ आयात  

विभागका अनुसार चालू आवको जेठ मसान्तसम्म  छ अर्ब ६५ करोड ११ लाख ९९ हजार रुपैयाँ मूल्य बराबरको आठ करोड १५ लाख ३८ हजार ४२६ किलो स्याउ आयात भएको छ। त्यसबाट सरकारले  ६३ करोड ५८ लाख ७८ हजार रुपैयाँ बराबरको राजस्वसमेत सङ्कलन गरेको छ।  

स्याउ चीनबाट सबैभन्दा धेरै भित्रिएको तथ्याङ्कमा उल्लेख छ। चीनबाट मात्र  पाँच अर्ब ४८ करोड ८० लाख १७ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको छ। त्यस्तै भारतबाट एक अर्ब १५ करोड ५९ लाख ८३ हजार रुपैयाँ, अमेरिकाबाट  ४४ लाख १३ हजार रुपैयाँ, टर्कीबाट  २६ लाख २५ हजार रुपैयाँ र गिनी बिसाउबाट  एक लाख ६१ हजार रुपैयाँ बराबरको स्याउ आयात भएको विवरणमा उल्लेख छ।  

दुई अर्ब बढीको अङ्गुर आयात

चालु आवको जेठ मसान्तसम्म  दुई अर्ब १९ करोड ५३ लाख ३५ हजार रुपैयाँको तीन करोड २१ लाख ३१ हजार ७९२ किलो अङ्गुर आयात भएको देखिन्छ। त्यसबाट सरकारले  ११ करोड ११ लाख ७४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाइएको छ।  

एक अर्ब ५७ करोडको केरा आयात  

नेपालीले ११ महिनाको अवधिमा एक अर्ब ५७ करोड ४७ लाख ५३ हजार रुपैयाँ बराबरको केरा आयात गरेको छ। चालु आवको जेठ मसान्तसम्म कूल छ करोड २१ लाख ६३ हजार ९८८ किलो केरा आयात भएको छ। त्यसबाट सरकारले  १९ करोड १२ लाख तीन हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।  

विभागको विवरणानुसार सुन्तलाको आयात पनि उस्तै छ। एघार महिनाको अवधिमा मात्रै  एक अर्ब २४ करोड ८६ लाख २१ हजार रुपैयाँ बराबरको दुई करोड २८ लाख चार हजार १७३ किलो सुन्तला आयात भएको छ।  

त्यस्तै जेठ मसान्तसम्म एक करोड चार लाख ८४ हजार १०१ किलो अनार आयात भएको छ। त्यसका लागि  एक अर्ब नौ करोड तीन लाख ९८ हजार रकम बाहिरिएको छ। यस्तै खरबुजा एक करोड ९७ लाख ३९ हजार २७७ किलो आयात भएको छ। खरबुजाको आयात मूल्य  ५१ करोड ३१ लाख ९१ हजार रुपैयाँ बराबर छ।  

नेपालको हावापानी सुहाउँदो फलका रुपमा रहेको मेवाको आयातसमेत उच्च देखिन्छ। विभागका अनुसार चालु आवको ११ महिनामा ६६ लाख ४४ हजार १६१ किलो मेवा आयात भएको देखिन्छ। मेवाको आयात मूल्य  २३ करोड ४० लाख दुई हजार रुपैयाँ बराबर छ।  

यस अवधिमा २१ लाख ९४ हजार १९९ किलो नास्पाती १५ करोड आठ लाख ३९ हजार रुपैयाँ बराबरको आयात भएको छ भने २६ लाख ८५ हजार ६९१ किलो भुँइकटहर (ताजा र सुकेका)  १२ करोड चार लाख ६२ हजार रुपैयाँको आयात भएको छ। अम्बा र आँप ७१ करोड ७५ लाख ९४ हजार रुपैयाँ बराबरको आयात भएको देखिन्छ।  

दुई लाख ४५ हजार ८६९ किलो एभोगाडो  छ करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको छ भने व्यावसायिकरुपमा मुलुकमै खेती गरिने किबी  छ करोड २२ लाख ६९ हजार रुपैयाँ बराबर मूल्यमा तीन लाख ३५ हजार ५४७ किलो आयात भएको छ। चालु आवको समीक्षा अवधिमा नौ लाख ९१ हजार २२८ किलो लिची तीन करोड ८७ लाख ६६ हजार मूल्यमा आयात भएको छ। उल्लेखितबाहेक अन्य ताजा तथा सुकेका फलफूल करोडौँ मूल्यमा आयात भएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस