काठमाडौं, फागुन ३ (नागरिक)- नयाँ संविधानमा २७ भाग रहने खाका संविधानसभाद्वारा गठित उपसमितिले तयार पारेको छ। आइतबारको संवैधानिक समितिमा पेश गरेको खाकामा कार्यपालिका र व्यवस्थापिकाका तीन तह प्रस्ताव गरिएको छ।
उपसमितिले प्रस्ताव गरेको प्रस्तावमा संघीय कार्यपालिका, प्रादेशिक कार्यपालिका र स्थानीय कार्यपालिका तीन तहको व्यवस्था गरिएको छ। त्यस्तै, व्यवस्थापिकाका पनि तीन तहहरू संघीय व्यवस्थापिका, प्रादेशिक व्यवस्थापिका र स्थानीय व्यवस्थापिकाको लागि छुट्टाछुट्टै भाग राख्न भनिएको छ। त्यसबाहेक विशेष संरचनाको छुट्टै भाग राख्न पनि प्रस्ताव गरिएको छ।
प्रस्तावनाबाट सुरु भएर 'संक्षिप्त नाम र खारेजी' मा अन्तिम भाग रहने व्यवस्था नयाँ संविधानमा पनि गर्न प्रस्ताव गरिएको छ। 'भाग १' मा प्रारम्भिक राख्न प्रस्ताव गर्ने उपसमितिले त्यसपछिका भागमा नागरिकता राखिएको छ। यसअघि भाग ३ मौलिकहक मात्र रहेकोमा नयाँ प्रस्तावमा 'मौलिक अधिकार र कर्तव्य' राख्न प्रस्ताव गरिएको छ। भाग ४ मा अन्तरिम संविधानको जस्तै 'राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्व' राख्न प्रस्ताव गरिएको छ।
त्यसपछिका भागहरूमा कार्यपालिका र व्यवस्थापिका राखिएको छ। कार्यपालिकाका तीन र व्यवस्थापिकाका तीन तहपछि विशेष संरचनाको भाग राखिएको छ।
भाग १२ मा न्यायपालिका, १३ मा व्यवस्थापन विधि र १४ मा आर्थिक कार्यप्रणाली प्रस्ताव गरिएको छ। भाग १५ मा 'संघ, प्रदेश, विशेष संरचना र स्थानीय निकायबीचको अन्तरसम्बन्ध' राखिएको छ, यो पनि नयाँ व्यवस्था हो।
भाग १६ मा 'संवैधानिक अंगहरू' भनेर लेखिएको छ। कतिवटा संवैधानिक अंग रहने भन्ने बारे सहमति जुटेको छैन। भाग १७ मा अन्तरिम संविधानमा पनि रहेको सरकारको कानूनी सल्लाहकारका रूपमा महान्यायाधिवक्ता राख्न प्रस्ताव गरिए पनि त्यसपछि 'महाअभियोजनकर्ता' को नयाँ भाग थपिएको छ।
भाग १९ मा 'राष्ट्रिय सुरक्षा' भन्ने भाग राख्न प्रस्ताव गरिएको छ भने भाग २० मा 'अन्तर्राष्ट्रिय सम्बन्ध' भन्ने भाग प्रस्ताव गरिएको छ। त्यसपछि क्रमशः राजनीतिक दल, संकटकालीन अधिकार, संविधान संशोधन, संक्रमणकालीन व्यवस्था, विविध, परिभाषा र व्याख्या अनि अन्तिम भाग २७ मा 'संक्षिप्त नाम, प्रारम्भ र खारेजी' राखिएको छ। त्यसपछि अनुसूचीहरू राख्ने खाका उपसमितिले तयार पारेको हो।
सवैधानिक समितिले एक साताअघि गठन गरेको उपसमितिले एमाले सभासद् सपना प्रधान मल्ललाई संयोजक तोकेको थियो। १० सदस्यीय उपसमितिमा वर्षमान पुन, सरला रेग्मी, एकनाथ ढकाल, केशवप्रसाद मैनाली, गायत्री साह, निलम बर्मा, बुद्धरत्न मानन्धर, मालवरसिं थापा, रत्न शेरचन रहेका थिए।