विराटनगर–४ मा रहेको रामजानकी कोल्ड स्टोरमा बिहीबार ग्याँस लिक हुँदा निसास्सिएर एक जना कामदारको मृत्यु भएको छ।
कोल्ड स्टोरमा मिस्त्रीको काम गर्दै आएका विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो। कोल्ड स्टोरभित्र अचानक ग्याँस लिक हुँदा निसास्सिएर चौधरीको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।
कोल्ड स्टोरभित्र निसास्सिएर बेहोस अवस्थामा भेटिएका चौधरीलाई तत्काल उपचारका लागि विराट नर्सिङ होम एवं विराटनगर अस्पताल लगेको थियो। उनको उपचारकै क्रममा चिकित्सकले मृत घोषित गरेको डिएसपी श्रेष्ठले बताए।
कोल्ड स्टोरभित्र काम गर्दै गर्दा अचानक ग्याँस लिक भएर बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर ढलेका थिए। आवश्यक पर्ने ग्याँस कोल्ड स्टोरको भण्डारणस्थलबाटै ग्याँस लिक भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको र शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ।