जिल्लामा यतिबेला दुईटा चटारोले छोपेको छ। एउटा चटारो उम्मेदवारलाई,अर्को किसानलाई। उम्मेदवार भोट माग्ने चटारोमा हुँदा किसान भने बालीनाली भित्राउँने हतारोमा छन्।
त्यसैले उम्मेदवारहरु किसानको खेतबारीसम्मै पुगेर भोट मागिरहेका छन्। गाउँ–बस्तीमा मतदाता नभेटिएपछि उनीहरु किसानको खेतीसम्म पुग्न थालेका हुन्। यतिबेला किसान बिहानदेखि साँझसम्म खेतवारीमा व्यस्त छन्।
मुख्यत किसान प्रमुख बाली धान झार्ने चटारोमा छन्। कोदो टिप्ने, आलु खेती लगाउने, खेतबारी खनजोत गर्ने कामले पनि किसानलाई बेफुर्सदिलो बनाएको छ। किसानको व्यस्तताबीच उम्मेदवारहरु र्याली नै लिएर खेतवारी धाइरहेका छन्।
जिल्लाको मेलम्ची, इन्द्रावती, महांकाल, इचोक, जलवीर फाँटमा धान काट्ने, झार्ने कामको चटारो छ। पाकेको धान असिना र काटेको धान झरीले बिगार्ने सम्भावित शंकाबीच किसान मानो रोपेर उब्जिएको मुरी जतिसक्दो छिटो घर
भिœयाउने हतारोमा छन्। उम्मेदवारलाई सकेसम्म धेरै मतदाताबीच पुगेर भोट माग्नुपर्ने बाध्यता छ।
मतादाता नभेटे भोट घट्ने त्रास उम्मेदवारलाई छँदैछ। त्यसै पनि किसानले पछि ‘हामीसँग अनुहार देखाउन आएको होइन’ भनेर भनिदिन्छन्। यो चिन्ता पनि उम्मेदवारलाई छ। आफूले नभेटे, मतदाता भेट्ने अर्को उम्मेदवारले भोट टप्काउला भन्ने डर त उम्मेदवारलाई हुने नै भयो। किसानले खेतबारी जे गरिरहेका छन्, त्यही काम गरेर उम्मेदवारहरु भोट मागिरहेका छन्।
‘किसान खेतमा भएपछि त्यहीँ जानु परेको हो । मतदाता भेटेर भोट त माग्नै पर्यो,’ चुनावी अभियानमा रहेका एमाले नेता शशिनाथ आचार्यले भने। उनले शनिबार मात्र आफ्नो पार्टीका उम्मेदवार क्षेत्र नं. २ का शेरबहादुर तामाङ र प्रदेश (क) का अमानसिं तामाङले किसानको खेतसम्म पुगेर धान झारेर सघाउँदै भोट मागेको जानकारी दिए। चुनावी अभियान अन्तर्गत घरदैलोलाई तीव्र बनाएका उम्मेदवाहरु मतदाता खेतबारी–घर जहाँ भेटिन्छन्, त्यहीँ पुगेर भोट मागिरहेका छन्।