टीकापुर नगरपालिका–१ खड्गचोकमा बसले च्यापेर आज बिहान एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लम्की चुहा नगरपालिका–१ का ४० वर्षका विष्णु देवकोटा रहेका छन्। उनको टीकापुरबाट धनगढी जाँदै गरेको ना ५ ख ५८७२ नम्बरको बसमा च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ।
उनी सोही बसका मालिक हुन्। प्रहरीका अनुसार मृतक देवकोटा खड्गचोकमा यात्रु चढाउन रोक्ने क्रममा बसको ढोकाबाट खसेका थिए। उनी बसको ढोकाबाट खसेर पछाडीको चक्कामा च्यापिएको प्रहरीले जानकारी दिएको छ।
बसको चक्कामा च्यापिएर घाइते भएका देवकोटालाई स्थानीयले टीकापुर अस्पताल पुर्याएका थिए। उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोष्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।