कोप-२७ मा पाकिस्तान सबैभन्दा बढी चर्चामा
२३ कार्तिक २०७९
•
३ मिनेट पाठ
कोप-२७ मा पाकिस्तान सबैभन्दा बढी चर्चामा
राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) मा जलवायु परिवर्तनका कारण भइरहेको हानिनोक्सानीको शोधभर्ना एक प्रमुख मुद्दा भइरहेका बेला भीषण बाढीले तहसनहस भएको पाकिस्तान सबैभन्दा बढी चर्चामा रहेको छ। विश्वका अधिकांश नेताले यस वर्ष पाकिस्तानमा आएको भीषण विपद्, यसले निम्त्याएको वितन्डा र आगामी संकेतको प्रसंग आफ्ना मन्तव्यमा समावेश गरेका छन्।




विश्वका नेताहरूको दुईदिने वल्र्ड लिडर्स समिटको पहिलो दिन सोमबार अपराह्न पाकिस्तानी प्रधानमन्त्री सेवाज सरिफ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले एउटै मञ्चमा बसेर संकटबारे ऐक्यबद्धता जनाएका छन्।

सम्मेलन स्थलमा स्थापित पाकिस्तानी पेभिलियनमा सोमबार अपराह्न यी दुई जनाको संयुक्त उपस्थित हुँदा  सञ्चारकर्मीको थामिनसक्नु भीड जम्मा भएको थियो। आफ्ना परराष्ट्रमन्त्री विलावल भुट्टोसहित आफ्नो पेभिलियनमा उपस्थित भएका प्रधानमन्त्री सरिफले सुरुमा आफ्नो भनाइ राख्दै बाढीले ३० अर्ब अमेरिकी डलरबराबरको आर्थिक नोक्सान गरेको जानकारी दिएका थिए।

महासचिव गुटरेसले उठाउँदै आएको जलवायु न्यायको प्रसंगलाई इंगित गर्दै प्रधानमन्त्री सरिफले भने, ‘मेरो उद्देश्य तपाईंको जस्तै छ। तपाईंले भन्ने गरेझैं असहायता मृत्युदण्ड बन्नुहँदैन। यो समयविरुद्धको दौडमा हामीले मिलेर काम गर्न आवश्यक छ। जुन अवस्था पाकिस्तानमा सिर्जना भएको छ, त्यो अवस्था पाकिस्तानमा मात्रै रहने छैन।’

‘धेरै ढिला हुनुअघि नै हामीले मिलेर काम गर्नुपर्छ,’ प्रधानमन्त्री सरिफले भने। उनले त्यसअघि भने, ‘विश्वमा भइरहेको तापमान वृद्धिले पाकिस्तानजस्तो देश सबैभन्दा बढी जोखिममा रहेको छ। पाकिस्तानका दक्षिणी क्षेत्रमा अझै ठुलो जमिनको भाग जलमग्न छ। कैंयन भौतिक संरचना नष्ट भएका छन्, बाढीले जनस्वास्थ्यमा प्रभाव पारेको छ र समग्र रूपमा जलवायु परिवर्तनले पाकिस्तानको सामाजिक तथा आर्थिक रूपमा नराम्ररी प्रभावित भएको छ।’ सरिफका अनुसार यो संकट समाधान गर्न पाकिस्तानले सक्दो प्रयास गरे पनि त्यो अपर्याप्त छ र हिउँदअघि नै लाखौं मानिसको बसोबासको सुनिश्चितता गर्नुपर्नेछ।

सरिफपछि आफ्नो मन्तव्य राख्ने क्रममा महासचिव गुटरेसले अन्तर्राष्ट्रिय समुदायले ठूलो स्तरमा पाकिस्तानलाई सहयोग गर्ने कर्तव्य रहेको बताए। सम्मेलनमा सहभागी जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिका पक्षधर राष्ट्रका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै गुटरेसले पाकिस्तानको विषयलाई गम्भीरतापूर्वक लिनुपर्ने औंल्याउँदै जलवायुजन्य हानि-नोक्सानीलाई सम्बोधन गर्न संस्थागत संरचना आवश्यक रहेको र यस प्रकारको संरचनाले पाकिस्तानको हित हुने बताए।

सम्मेलनमा हानिनोक्सानीको विषयलाई पहिलोपटक औपचारिक वार्ताको विषयमा समावेश गरिएको छ। विकासोन्मुख तथा अल्पविकसित राष्ट्रले धैरै पहिलादेखि नै जलवायुजन्य हानिनोक्सानीको सम्बोधन गर्न छुट्टै निकाय र वित्तीय कोष हुनुपर्ने माग गरे पनि धनी राष्ट्रले बेवास्ता गर्दै आएका छन्।

यसैगरी पाकिस्तान जस्तो मध्यम आय भएका राष्ट्रको ऋण मिनाहा गर्ने विषय जटिल रहेको प्रसंग उद्धृत गर्दै महासचिव गुटरेसले बालीमा छिट्टै हुन लागेको जी २० समूहको बैठकमा प्राकृतिक विपद्ले आक्रान्त पाकिस्तान जस्ता देशलाई वित्तीय सहयोग र ऋण मिनाहा गर्ने विषयमा निर्णय हुनुपर्ने बताए।

जलवायु परिवर्तनका कारण अत्यधिक प्रभावित मध्यम आय भएको देश पाकिस्तानले सहुलियतपूर्ण वित्तीय सहायता पाउनबाट वञ्चित हुन नहुने उनको तर्क थियो। ‘पाकिस्तानको सन्दर्भमा जलवायुजन्य हानि-नोक्सानी एउटा वास्तविकता हो। यसलाई सम्बोधन गर्न वित्तीय संरचनाको आवश्यकता छ। मलाई विश्वास छ, कोप–२७ ले यो विषयमा निर्णय लिनेछ,’ उनको भनाइ थियो।

यसैबीच सम्मेलनको दोस्रो दिन मंगलबार पाकिस्तानका प्रधानमन्त्री सरिफले जलवायुजन्य हानिनोक्सानीको विषयलाई केन्द्रीय मुद्दा बनाउन आग्रह गरेका छन्। जलवायु विपद् मानवीय कारणले सिर्जना भएको चर्चा गर्दै उनले पाकिस्तानलगायत जलवायुजन्य संकटको उच्च जोखिममा रहेका राष्ट्रहरूलाई जलवायु वित्त प्रवाह सुनिश्चित हुनुपर्ने बताए।  
अर्को समाचार
अफ्रिकी ‘कोप’: भोकमरी मुद्दाले प्राथमिकता पाएन
२७ कार्तिक २०७९
•
३ मिनेट पाठ
अफ्रिकी ‘कोप’: भोकमरी मुद्दाले प्राथमिकता पाएन
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप–२७)मा खाद्य सङ्कटको मुद्दाले अपेक्षाकृत प्राथमिकता नपाएको देखिएको छ।




अफ्रिकी मुलुक इजिप्टमा भइरहेको यस सम्मेलनलाई अफ्रिकी कोपसमेत मानिन्छ। सम्मेलनका हालसम्मका कार्यक्रम र छलफलमा उठेका विषयवस्तु हेर्दा यस महादेशका मुख्य मुद्दा जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य सङ्कट, भोकमरी र खडेरीजस्ता विषयले आशा गरेअनुसार प्राथमिकता पाउन सकेको देखिँदैन।

यी विषयले प्राविधिकरूपमा महत्व पाए पनि र सम्मेलनको उच्चस्तरीय सत्रमा राजनीतिकरूपमा कुरा उठे पनि औपचारिक एजेण्डा बन्न नसकेको सम्मेलनमा सहभागी ‘वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्’ सदस्य डा विमलराज रेग्मीले जानकारी दिए।

यी विषयमा विश्व खाद्य तथा कृषि सङ्गठनको पहलमा विभिन्न छलफल गरिएको छ। यद्यपि अफ्रिकी महादेशमा भइरहेको सम्मेलनमा पनि यी विषयलाई औपचारिक एजेण्डा बनाउन नसक्नु दुभाग्र्य भएको बताउँदै उनले आगामी सम्मेलनमा औपचारिक एजेण्डा बन्ने अपेक्षा गरे।  

जलवायुमा देखिएका परिवर्तनशीलता जस्तैः अतिवृष्टि, अनावृष्टि, खडेरी, पहिरो र बाढीका कारण नेपालमा कृषि उत्पादन, पशुपालन र मत्स्यपालनमा १० देखि ३० प्रतिशतसम्म उत्पादनमा ह्रास आएको पाइएको जनाइएको छ।

सम्मेलनमा सहभागी राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले जलवायु परिवर्तनका कारणले विश्वमा नै खाद्य प्रणालीमा परेको सङ्कटको विषयलाई सम्मेलनमा प्राथमिकताका साथ उठनुपर्ने बताए।  

‘डिसिए’का जलवायु कार्य सल्लाहकार राजन थापाले सम्मेलनको सुरुआती चरण हेर्दा खाद्य सङ्कटको विषय जबर्जस्त आउनुपर्ने अपेक्षा रहेको भए पनि अफ्रिकी मुुलुकले यसअघि उठाएर जसरी यो विषय उठाएको नदेखिएको बताए।  

सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका अध्यक्ष नागदेव यादवले जलवायु परिवर्तनले विश्वव्यापीरूपमा नै खाद्य सङ्कट बढाएको उल्लेख गर्दै यसको समाधानका लागि न्यूनीकरणमा नै जानुपर्ने बताए।  

१५ हजार युरो राशिको पुरस्कार मञ्चलाई  

मधेस प्रदेशका विभिन्न जिल्ला कार्यरत सामुदायिक विकास तथा पैरवी मञ्चले १५ हजार युरो राशिको पुरस्कार प्राप्त गरेको छ। नेदरल्याण्डमा मुख्यालय रहेको ग्लोबल सेन्टर अन एड्याप्टेसन नामक संस्थाले यो वर्षदेखि दिन थालेको स्थानीय अनुकूलन च्याम्पिययन अवार्ड ९लोकल एड्याप्टेसन च्याम्पियन अवार्ड० अन्तर्गतका विभिन्न चार विधामध्ये लोकल इनोभोनेशन क्याटागोरीमा मञ्चले उक्त पुरस्कार पाएको हो। गत आइतबारदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्ष राष्ट्रको २७औँ सम्मेलन ९कोप–२७०को एक कार्यक्रममा उक्त पुरस्कार हस्तान्तरण गरिएको हो।  

भर्चुअल माध्यमवाट पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका पूर्वमहासचिव तथा ग्लोबल सेन्टर अन एड्याप्टेसन सञ्चालक समितिका अध्यक्ष वान्की मुनले स्थानीय अनुकूलनका लागि स्थानीय सरकार र समुदायको महत्वपूर्ण योगदान हुने र विकास योजनालाई समावेशी बनाउनुपर्ने बताए।  

पुरस्कार वितरण समारोहमा बोल्दै वन तथा वातावरण मन्त्रालयका सचिव डा पेमनारायण कँडेलले जलवायु अनुकूलन राष्ट्रिय नीतिले निर्दिष्ट गरेअनुसार नेपालले जलवायु कार्यहरू गर्दै आएको बताए।  

सो संस्थाले मधेस प्रदेशका अन्य विकास साझेदार संस्था तथा स्थानीय सरकारसँग समन्वय र सहकार्य गर्दै चुरे संरक्षण, संवद्र्धन, नदी प्रणाली व्यवस्थापन, वन तथा वन्यजन्तु संरक्षण, बगरमा फलफूल खेती गरी बगैँचा र तरकारी खेती प्रवद्र्धन गर्दै आएको जनाइएको छ।

संस्थाको सक्रियता र सहजीकरणमा चुरे क्षेत्रहरूमा जलाधार संरक्षण पोखरीहरू निर्माण भई तल्लो तटीय क्षेत्रमा ग्राउण्ड वाटर रिचार्ज हुन सहयोग पुगेको र यसले वन तथा वन्यजन्तु संरक्षणमा पनि सहयोग भएको सस्थाको दाबी छ।  

यसैगरी वर्षभरि नै सिँचाइका लागि चुरेबाट बग्ने नदीहरुबाट  चुहेको पानीलाई व्यवस्थापन गरी सिँचाइ सुविधा पु¥याई एकै वर्षमा तीन बाली खेती सहजै हुने गरेको र यसले स्थानीय तहको खाद्य सुरक्षालाई समेत टेवा पुगेको अध्यक्ष यादवको कथन छ। यसबाहेक  खहरेखोल्सामा स–साना चेकड्याम निर्माण गरेर पानीको बहाव कम गर्दै इन्टेक ट्याङ्कीमा सङ्कलन गरेर स्वच्छ पिउने पानीको व्यवस्था गरिएको बताइएको छ।
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock २५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस