विराटनगर– छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजनाको ज्यान गएको छ । ताप्लेजुङ, सप्तरी, सुनसरी र सिरहामा भएको ती फरक–फरक दुर्घटनामा कम्तीमा २० जना घाइते छन्।
पूर्व क्षेत्र प्रहरी कार्यालय विराटनगरका अनुसार ताप्लेजुङको तिरिङगे गाविस–७ मा सडकको ट्रयाक खोल्ने क्रममा पहाडबाट खसेको पहिरोले स्काईभेटरसमेत बगाउ"दा सह–चालकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन् ।
सुकेटार–तेल्लोक जोड्ने मोटरबाटो खन्ने क्रममा माथिबाट झरेको पहिरोले स्काईभेटर बगाउ"दा गम्भीर घाइते सहचालक ताप्लेजुङ तेल्लोक बस्ने सुमन पराजुलीको उपचारको क्रममा ताप्लेजुङ जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्काईभेटरका चालक धादिङ जिल्लाका टेक बहादुर गुरुङ गम्भीर घाइते भएका छन् ।पहिरोले सडकको ट्रयाक खोलीरहेको स्काईभेटरसहित चालक र सहचालकलाई माथिबाट खसेको पहिरोले एकसय मिटर परसम्म बगाएको थियो ।
यस्तै, सिरहाको बडहरामाल गाविस र सुनसरीको भरौलमा आफ्नै ट्याक्टरले किचेर दुईजना सहचालकको मृत्यु भएको छ । सिरहाको बडहरामाल–४ खैर टोलस्थित एक खेतमा ट्याक्टबाट माटो झार्नेक्रममा डालाले किचेर सहचालक बडहरामाल–४ बस्ने २० वर्षीय सुवास सदाको मृत्यु भएको हो । स१ त २२०० नम्बरको ट्याक्टरबाट माटो झार्नका लागि डाला पल्टाउ"दा डालाले उनलाई थिचेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो ।
सुनसरीको भरौल–५ मा अन टेष्ट ट्याक्टरबाट खसेर सोही ट्याक्टरका सहचालक सुनसरी भादगा"उसिनुवारी नगरपालिका १० बस्ने वर्È २१ को सुघम उरावको मृत्यु भएको छ । स्थानीय सर्दु खोलाबाट ढुङा लिएर आउदै गर्दा उनी ट्याकटरबाट अचानक खसेपछि उनलाई पछाडिको चक्काले किचेको थियो ।यता, पूर्वपश्चिम राजमार्ग अन्र्तगत सप्तरीको बकुधुवामा शनिबार बिहान पोखराबाट काकडभिट्टा आउदै गरेको रात्री बस दुर्घटना हु"दा बसमा सवार १८ जना यात्री घाइते भएका छन् ।
मे१ ख १५५३ नम्बरको रात्री बस नियन्त्रण बाहिर जा"दा बकधुवा–९ स्थित सडक किनारमा रहेको आ"पको रुखमा ठोक्किएको थियो । दुर्घटनामा १८ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये चालकसमेत चारजना गम्भीर छन् । उनीहरूलाई उपचारका लागि बिराटनगर ल्याइएको छ । अन्य १४ जना सामान्य रहेकोले स्थानिय धर्मेश्वर अस्पताल ठेलिया लगिएको छ ।