ताप्लेजुङ-भारी वर्षासँगै बुधबार राति गएको पहिरोमा परी ताप्लेजुङका पाँच गाविसमा कम्तीमा ५५ जनाको मृत्यु भएको छ। पहिरोमा एक दर्जन मानिस बेपत्ता छन्। स्थानीयका अनुसार पहिरोमा परी लिवाङ गाविसमा मात्र २६ जनाको मृत्यु भएको छ। यस्तै, सान्थाक्रामा १२, खोक्लिङमा ९, थिङ्लाबुमा ५ र लिङ्तेपमा ३ जनाको ज्यान गएको छ। प्रहरीले भने अहिलेसम्म २१ जनाको मृत्यु पुष्टि भएको जनाएको छ।लिवाङ–१ मा १२, २ मा ८, ३ मा ४ तथा ४ र ६ नम्बर वडामा एक–एक जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। वडा नं १ का सञ्चहाङ फेम्सोहाङको घरमा एकै परिवारका ९ सहित १० जनाको मृत्यु भएको छ। सान्थाक्रा गाविसमा १२, खोक्लिङ गाविसमा ९, थिङ्लाबुको याक्पेलीमा ५ र लिङ्तेपमा ३ जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्। बढी मानवीय क्षति भएको लिवाङ गाविस सदरमुकामबाट करिब ६ घन्टाको पैदल दुरीमा छ।
७ जनालाई पहिरोले बगाएको र एकाघरका आमाछोराको भाग्ने क्रममा थुम्माखोलामाथिको फड्केबाट खस्दा मृत्यु भएको स्थानीय शिक्षक ऐश्वर्यराज थापाले जानकारी दिए। सान्थाक्रामा भेटिएको १२ वटै शव सनाखत नभएको स्थानीय तेजकुमार चोङबाङले बताए।
प्रहरीले भने २१ जनाको शव भेटिएको र ३७ जना बेपत्ता रहेको जनाएको छ। जिल्ला प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोइरालाले प्रहरी टोली सबैतिर पुगिनसकेकाले यकिन विवरण आइनसकेको बताए। लगातारको दर्के पानीका कारण ती गाविसका दर्जनौं ठाउँमा मध्यरातका बेला पहिरो जाँदा धेरै मानवीय क्षति भएको स्थानीयले जनाएका छन्। त्यस क्षेत्रमा साँझ ६ बजेदेखि पानी परेको थियो।
‘राति सुतेका बेला पहिरो गएकाले कोही भाग्न पाएनन्,' लिवाङ गाविसका हेम लिवाङले बताए, ‘माथिबाट ठूल्ठूला पहरा खसेर ठाउँ–ठाउँमा पहिरो गएको छ।' उनका अनुसार पानी परिरहेकाले अलिअलि पहिरो जाने क्रम बिहीबार अबेरसम्म पनि चलिरहेको छ।
पहिरोमा परेकाको खोजी र उद्धारमा स्थानीय आफैं जुटेका थिए। सदरमुकामबाट खटिएको प्रहरी टोली भने खोक्लिङ र लिवाङमा मात्र पुगेको छ। मौसम खराबीले पहिरोग्रस्त अन्य क्षेत्रमा पुग्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

पहिरोमा घाइते १० जनालाई नेपाली सेनाको हेलिकप्टरबाट जिल्ला अस्पताल, ताप्लेजुङ ल्याइएको छ। घाइते धेरैजसोको अवस्था गम्भीर रहेको र अधिकांशको टाउको, हातखुट्टा र विभिन्न भागमा गम्भीर चोट रहेको जिल्ला अस्पतालका चिकित्सक कुमुद भट्टराईले जानकारी दिएका छन्।
यस्तै, पहिरोले तमोर तथा मेवाखोला आसपासका बस्ती जोखिममा परेका छन्। खोलाछेउका बस्ती बगाउँदा ८ घर रहेको रामदुवाली बजार बगरमा परिणत भएको छ भने त्यहाँका बासिन्दा सम्पर्कविहीन छन्।
तमोर र मेवाखोला बीचमा रहेको दोभानबजार संकटमा परेपछि त्यहाँका करिब सय घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ। दोभान इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवीप्रसाद फागोले पानी पर्ने क्रम नरोकिएकाले खोला र नदीआसपास क्षेत्रका बासिन्दालाई थप जोखिम हुन नदिन सुरक्षित स्थानमा सर्न आग्रह गरिएको जानकारी दिए।
निरन्तर वर्षा र कुहिरोका बीच बिहीबार मध्याह्न राजधानीबाट आएको नेपाली सेनाको हेलिकप्टरले लिवाङ र लिङ्तेपका १० जनालाई जिल्ला अस्पताल ल्याएको थियो। मौसममा देखिएको परिवर्तन र झरीका कारण भनेजस्तो गरी उद्धार गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाले बताए। उनले मौसममा सुधार हुनेबित्तिकै थप उद्धार थालिने जनाए।
पहिरोले पैदल मार्गसमेत अवरुद्ध पारेकाले उद्धारका लागि हिँडेका नेपाली सेनाका दुई, सशस्त्रका दुई र नेपाल प्रहरीका चार प्रहरी टोली अबेरसम्म पनि पहिरोग्रस्त सबै क्षेत्र पुग्न सकेको छैन। परिचालित टोलीले नयाँ बाटो बनाउँदै उद्धारका लागि यथाशक्य पहल गर्ने प्रमुख जिल्ला अधिकारी निरौलाले जानकारी दिए।

चैत ९ गते फुङलिङको तोक्मे क्षेत्रमा भएको आगलागी। त्यसको महिनादिनपछि वैशाख १२, १३ र २९ गते आएको भूकम्प। भूकम्पको त्रासबीच वैशाख दोस्रो साता भएको ट्याक्सी दुर्घटना। विपद र दुर्घटनाका विभिन्न घटनाको समीक्षा तथा राहत र उद्धारबारे दिनहुँका छलफलमा एउटा सामूहिक एजेन्डा बन्थ्यो– ताप्लेजुङ यस वर्ष पहिरोको जोखिममा छ, कसरी धनजनको क्षति हुनबाट बचाउने?
जिल्ला विपद व्यवस्थापन समितिका पछिल्ला जति बैठक बसे, उति नै यो विषयले प्राथामिकता पाएको थियो। जिल्लामा पहिरोबाट कुनै बस्ती जोखिममा छ/छैन, जिल्ला विपद व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौला सरोकारवालासँग जानकारी माग्थे। पहिरोको जोखिम रहे पनि कुन बस्ती कति जोखिममा भनेर कसैसँग आँकलन गर्ने विधि थिएन। किनकि, ताप्लेजुङ सदरमुकाम फुङलिङसहित एक नगरपालिका र ४८ गाविस पूरै पहिरोको जोखिममा छ।
जिल्ला रेडक्रस सोसाइटीका सभापति गणेश अधिकारी पूर्व सतर्क रहने निर्णय भए पनि जिल्लाभर पहिरोको जोखिमका कारण यसै क्षेत्रमा पहिरो जाला भन्ने अनुमान नलगाइएको बताउँछन्। ताप्लेजुङमा हालसम्म आएका पहिरोको चक्र हेर्ने हो भने सुरुका वर्षमा पहिरो एउटै ठाउँमा दोहोरिएको र पछिल्ला वर्षमा नयाँ–नयाँ ठाउँमा गएका छन्।
हाङदेवा सबैभन्दा बढी दोहोरिएको पहिरो हो भने बाँकी भागमा एकाधबाहेक हरेक साल नयाँ पहिरोको रुपमा देखा परेका छन्। रेडक्रसका जिल्ला सभापति गणेश अधिकारीका अनुसार पहिरोग्रस्त क्षेत्रका रुपमा उत्तरी क्षेत्रका लेलेप, तापोथोक, याम्फुदिन तथा ओलाङचुङगोलासहित हाङदेवा, फुरुम्बु, लिङखिम, सावादिन, सादेवा, सुरुम्खिम, आखोंप, इखाबु र नाङखोल्याङलाई चित्रित गरिएको छ। जिल्ला विपद व्यवस्थापन समितिको तथ्यांकअनुसार ताप्लेजुङमा हरेक वर्ष नयाँ ठाउँमा नयाँ किसिमका पहिरोको जन्म हुने गरे पनि आव ०७०/७१ मा पूरै क्षेत्रका पहिरो दोहोरिएका छन्। २०५९ सालमा हाङदेवा र फुरुम्बु, लिङखिम र सावादिन २०६० सालमा पेदाङ, २०६१ सालमा लेलेप, २०६२ सालमा तापेथोक, २०६३ सालमा याम्फुदिन, २०६४ सालमा नाङखोल्याङ,२०६५ सालमा सादेवा,२०६७ सालमा सुरुम्खिम र २०६८ सालमा फेरी सादेवा र इखाबुमा पहिरो गएको अभिलेखले देखाएको छ। यस्तै, २०७० सालमा थुकिमामा पहिरो गएको थियो। जिल्ला रेडक्रस सोसाइटीका अनुसार २०५९ सालको पहिरोमा परी २९ जनाले ज्यान गुमाएका थिए।

सदरमुकामसहित सबै गाविस पहिरोको जोखिममा