नेपालगन्ज-नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आयोजना गरेको बन्दको क्रममा बाँकेमा बन्दकर्ताले चारवटा गाडीमा आगजनी गरेका छने। बन्दकर्ताले नेपालगन्ज बसपार्कमा पार्किङ गरेर एकै ठाउँमा राखिएका दुई वटा बसमा आगो लगाए।

बसपार्क पछाडी बन्दकर्ताले जलाएका बस।
प्रहरीका अनुसार बन्दकर्ताले बसपार्क पछाडी पार्किङ गरिएका भे १ ख ८५८ र भे १ ख ८०८ नम्बरका दुई वटा बसमा आगजनी गरेका हुन्। यस्तै भारतको रुपैडिहाबाट बिद्यार्थी लिन आएको युपी ४० टि ०७६३ नम्बरको भ्यानमा आगजनी गरेका छन्।
बिहानै नेपालगन्ज आएको उक्त भ्यानलाई माओवादी कार्यकर्ताले सुर्खेतरोड स्थित होटल स्नेह नजिकै रोकेर आगो लगाएर भागेका थिए। यसैगरी पुर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको खासकुश्मा–४ सौरी खोला नजिकै बिग्रिएर रोकिराखेको ना५ख १४५० नम्बरको ट्रकमा पनि बन्दकर्ताले आगजनी गरेका छन्। ट्रकभित्र मालिक सुतिरहेको अवस्थामा बन्दकर्ताले थाहै नदिएर आगो लगाएर भागेको प्रहरीले जनाएको छ। आगजनी गरिएका सवारी साधन पूर्ण रुपमा जलेको प्रहरीले जनाएको छ। बन्दकर्ताले कोहलपुरमा भे १ ज ६०३ नम्बरको गाडीको सिसा फुटाइदिएका छन्।

बन्दकर्ताले जनाएको भारतीय सवारी।
आक्रमणमा संलग्न २ जना बन्दकर्तालाई प्रहरीले कोहलपुरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक बसन्त पन्तले जानकारी दिए। 'स्कुल भ्यान जलाउने व्यक्तिको पहिचान भइसकेको छ,' पन्तले भने 'संलग्न व्यक्तिहरुलाई प्रहरीले व्यापक खोजिरहेको छ।' उक्त भ्यान रुपैडिहास्थित सिमान्त इन्टर कलेजको रहेको प्रहरीले जनाएको छ। स्कुल भ्यानमा आगजनी गरिएको विरोधमा भारतीयहरुले नेपाल–भारत सिमाक्षेत्रमा आएर बिहान माओवादी विरुद्ध प्रर्दशन गरेका थिए।
घटनापछि ईलाका प्रहरी कार्यालय प्रहरीले नेपाली नम्बर प्लेटका सवारी साधनलाई सिमापारी लैजान रोक लगाएको छ। 'भारतीयहरु आएर 'बदला' दिने धम्की नै दिएपछि नेपाली नम्बर प्लेटका सवारी साधन सिमापारी लैजान रोक लगाएका हौं,' एक प्रहरीले भने। पैदल यात्रीलाई भने निर्वाध आवत–जावत गर्न दिइएको जमुनाहा प्रहरीले जनाएको छ।