भोट पाएपछि माझी बस्ती फर्केर जाँदैनन् नेताहरू
३० कार्तिक २०७९
•
३ मिनेट पाठ
भोट पाएपछि माझी बस्ती फर्केर जाँदैनन् नेताहरू
बानपा-१ खनियाबासमा रहेको माझी बस्ती। तस्विरः संगम/नागरिक।
जिल्ला सदरमुकाम बागलुङ बजारबाट पाँच किलामिटर तल झरेपछि कालिगण्डकी किनारमा माझी बस्ती छ। बागलुङ पोखरा सडक खण्ड निर्माणको क्रममा विस्थापित भएको उक्त बस्ती त्यहाँ पुनस्थापित भएको तीन वर्ष भयो। लोपोन्मुख माझी समुदायको विपन्न बस्ती भएका कारण चुनावका बेला यहाँ राजनीतिक दलका नेता कार्यकर्ता र उम्मेदवारको आश्वासन बाँड्ने मुख्य थलो हुन्छ। बागलुङ नगरपालिका-१ खनियाबासको उक्त विपन्न बस्तीमा करिब ५० मतदाता छन्। अहिले फेरी निर्वाचन संघारमै आईपुगेकाले माझी बस्ती सबै दल र उम्मेदवारको चासोको विषय बनेको छ।  




निर्वाचनको समयमा विभीन्न आश्वासन बाँड्दै आउनेहरु चुनाव सकिएपछि फर्केर नआउने गरेको उनीहरुको अनुभव छ। ‘आफूहरु जितेर जाने अनि आफ्नो घर तुलाउने हामीले त देख्न पनि नपाउने थियो,’ उनी भन्छन्,‘केही गरी देखियो भने पनि सुनो नसुनो गर्ने, देखो नदेखो गर्ने चलन छ।’ चुनावका बेला मात्रै नेताहरु विभीन्न प्रलोभन लिएर आउने गरेको उनी बताउँछिन्। ‘चुनाव आको बेलामा यसो गर्चम उसो गर्चम भन्दै आउनुहुन्छ के रे चुनाव सकिएपछि कोही फर्किएर आउने होईन,’ उनले भनिन्।

१८ घर माझीहरुको आफ्नो सम्पत्तीको नाममा नगरपालिकाले बनाईदिएको साँघुरो घर छ। दैनिक जीवन चलाउन हर दिन ज्याला मजदुरी गर्नैपर्छ। कालिगण्डकी नदीबाट बालुवा निकाले गुजारा टार्दै आएका उनीहरुलाई अहिले बालुवा निकाल्न पनि रोकिएपछि समस्या परेको छ। ‘हाम्रो समस्या त धेरै छन् अहिले त हातमखु जोड्दै गाह्रो भएको छ,’ उनले भनिन्,‘हामी बाँच्ने त्यही कालिगण्डकीको बगरमा गिटी बालुवा निकालेर हो। अहिले त्यही पनि निकाल्न दिएका छैनन्। हामी ऋण काढेर खाएर बाँचेका छौं।  कहिलेसम्म यस्तो हुने हो?’  

पहिले पहिले माझीले कालिगण्डीमा माछा मारेर जीवन चलाउथे। मिर्मी थुनिएपछि अहिले कालिगण्डकीमा माछा पाउन छोडेको ७० वर्षीय देउकली माझीको भनाई छ। ‘पहिले पहिले त माछा मारेर बेच्थेम त्यहीबाट घरखर्च चल्थ्यो, हाम्रा बुढाले ढडिया थापेर हेर्न पठाउँथे हामीले निकाले बेच्थ्यौं,’ उनी भन्छिन्,‘अहिले कालिगण्डकीमा माछा भेटिनै छाड्यो। मिर्मी थुनेपछि माछा हुन छाडे।’ माछा मार्नेसंगै सुन चाल्ने माझी समुदायको मुख्य काम थियो। बगरमा डोजर लगाएर गिटी बालुवा निकालेपछि त्यो कामबाट पनि माझी समुदायले हात हुनुपर्‍यो।  

‘अहिले डोजर लगाएर बगर सबै गहिरा भयो, सुन पाउने ठाउँ नै छैन,’ देउकली माझीले भनिन्,‘सुन फाल्ने पनि निश्चीत ठाउँ हुन्छ जहाँ पायो त्यहाँ हुँदैन। हिउँदमा हामी म्याग्दी बेनीसम्म सुन खोज्दै पुग्थ्यौं। घरै छाडेर जाने चलन थियो।’ अवैध कालिगण्डकी दोहन विरुद्ध सर्वोच्चमा मुद्दा परेपछि अदालतले अन्तिम फैसला नहुँदासम्म कालिगण्डकीबाट गिटी बालुवा निकाल्न रोक लगाएको छ। त्यही आधारमा स्थानीय प्रशासनले माझीलाई पनि गिटी बालुवा निकाल्न दिएको छैन। अदालतले रोक लगाए पनि रातको समय कालिगण्डकीको अवैध दोहन रोकिएको छैन।  

माझीलाई मात्रै रोकिएको छ। ‘डोजर रातमा आउँछ र काम गर्छ, हामी हातले काम गर्ने हो दिनमा हामीलाई दिदैनन्,’ उनले गुनासो गरिनन्। चुनावको माचो सुरु भएपछि अहिले दलका कार्यकर्ताहरु माझी बस्ती धाउनका थालेका छन्।  भोट दिने विषयमा भने देउकली अन्यौलमै छिन्। ‘मतदान त दिनैपर्‍यो, बाटो बनाईदिन्छम भनेका छन्, बनाईदिए त दिन त पर्‍यो के रे,’ देउकली हाँस्दै भन्छिन्। उम्मेदवार र दलका कार्यकर्ता चुनाव लक्षित गरेर मात्रै माझी बस्तीमा आउने जाने गरेको कृष्ण माझीले बताए।  

‘हामी बाँगेचौर हुँदा पनि धेरै आउँथे, के छ तिमीहरुको समस्या सब हामी गदिन्छौं भन्थे,’कृष्ण विगतको अनुभव सुनाउँछन्,‘चुनाव सकिएपछि उहाँहरु फर्किर आएको थाहा छैन। चुनाव केन्द्रित भएर मात्रै आउनुहुन्छ।’ माझी बस्तीको सबैभन्दा ठूलो समस्या रोजगारी भएको माझीको भनाई छ। ‘यहाँको हामीलाई सबैभन्दा ठूलो समस्या भनेको रोजगारीको हो, बगरमा गिटी बालुवा निकाल्न पनि दिइएको छैन, बिहान छाक टारे बेल्का के हुन्छ भन्ने विपन्न परिवार छ हाम्रो,’उनले भने,‘रोजगारीमूलक काम लगाईदिए हुन्थ्यो।’ केही संघ संस्थाले स्वरोजगारका लागि सहयोग गरे पनि सीप नसिकाउँदा दिएका सामग्रीहरु पनि त्यसै थन्किएका छन्।  

‘लायन्स क्लबले केही समय अगाडि सिलाई मेसिनहरु दिएको त थियो, तर सीप भने हामीलाई सिकाईएन सीप नभएर ती सबै थन्केर बसेका छन्,’माझीले भने,‘सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन सहयोग चाहिएको छ।’ निर्वाचनको बेलामा आउँदा र त्यसपछिको समय भेट हुँदा नेता कार्यकर्ताको बोली फरक हुने गरेको उनको अनुभव छ। ‘चुनावमा आउँदा सबै गर्दिन्छम भन्चन,’उनले भने,‘चुनाव सकिएपछि सबै सकिन्छ।’ 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस