नुवाकोट- जिल्लाको गोर्स्याङ र सामरीमा गएराति अविरल वर्षासँगै खसेको पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। गोर्स्याङ २ काभ्रे र सामरी ७ झार्लाङमा घर माथिबाट बगेको पहिरोमा पुरिएर गोस्याङमा ४ र सामरीमा २ घर पुरिएको प्रहरीले जनायो।पहिरोमा पुरिएर गोर्स्याङ २ काभ्रे सिरानचोकमा ३५ वर्षका सुकुमाया तामाङ, ११ वर्षका केशव तामाङ, ३६ वर्षका सोमबहादुर तामाङ र ३६ वर्षका फुर्कु तामाङ रहेको र ९ वर्षका पुर्णबहादुर तामाङ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक सिद्धिबिक्रम शाहले बताए। उनका अनुसार पहिरोमा पुरिएर घाइते छन्। घाइते हुनेहरुमा अस्मिता तामाङ, अञ्जुमाया तामाङ, सुन्दरी तामाङ, सुमन तामाङ, अशोक तामाङ र अनिश तामाङ रहेका छन्।
उनीहरुलाई हेलिकोप्टरमार्फत् उद्धार गरेर राजधानी पठाउन लागिएको प्रहरी नायब उपरीक्षक शाहले बताए। जिल्ला सदरमुकाम विदुरबाट २१ किलोमिटर टाढा रहेको उक्त गाउँमा पहिरोमा चार जना स्थानीयको घर पुरिएको प्रहरीले जनायो। त्यस्तै सामरी ७ मा गएराती गएको पहिरोमा पुरिएर ८० वर्षका टेककुमारी थापा मगरको मृत्यु भएको र स्थानीय सोमबहादुर तामाङ र लालबहादुर तामाङको घर पुरिएको प्रहरीले जनायो।