बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
२७ कार्तिक २०८३
•
२ मिनेट पाठ
बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पार्क निर्माण हुँदै
तनहुँको बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण गरिने भएको छ। 




पृथ्वीराजमार्ग नजिकै निर्माण गर्न लागिएको पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ।

पार्क निर्माण सम्पन्न भएपछि बन्दीपुरको पर्यटन प्रवर्द्धनसँगै पृथ्वीराजमार्ग भएर यात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने लक्ष्य राखिएको निर्माण समितिले जनाएको छ।

पोखरा र काठमाडौंबीच आवतजावत गर्ने यात्रुलाई लक्षित गरी राजमार्ग नजिकै नयाँ पर्यटकीय गन्तव्य विकास गर्न लागिएको हो।

पार्कमा राखिने राष्ट्रिय झण्डाको उचाइ ६७ फिट, लम्बाइ ४५ फिट र चौडाइ ३० फिट हुनेछ।

विशाल झण्डासहितको पार्क निर्माण गर्ने योजनालाई स्थानीयस्तरमा पर्यटन प्रवर्द्धनसँग जोडेर अघि बढाइएको छ।

झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार पार्क निर्माणको काम श्रमदानबाट अघि बढाइएको छ। हालसम्म रु १५ लाखभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए।

पार्क निर्माणको योजना र विशाल झण्डाबारे सर्वसाधारणलाई जानकारी गराउँदै प्रचारप्रसार गर्ने उद्देश्यले झण्डा प्रदर्शन गरिएको हो।

झण्डा सार्वजनिक भएपछि निर्माणाधीन पार्कबारे स्थानीयवासी तथा बन्दीपुर भ्रमणमा आउने पर्यटकलाई जानकारी पुग्ने अपेक्षा गरिएको छ।

पार्क निर्माणका लागि स्थानीयवासीले श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियानसमेत सञ्चालन गरेका छन्।

यसैक्रममा निर्माणका लागि आर्थिक स्रोत जुटाउने उद्देश्यले बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रम आयोजना गरिएको छ।

तिहारको सांस्कृतिक परम्परालाई निर्माण अभियानसँग जोड्दै देउसीभैलोबाट सङ्कलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना रहेको स्थानीय अगुवा बासु पन्तले बताए।

उनका अनुसार स्थानीयवासीको सक्रिय सहभागितामा निर्माण कार्य भइरहेको छ। श्रमदान र आर्थिक सहयोग जुटाएर पार्कलाई पूर्णता दिने लक्ष्य राखिएको छ।

सामूहिक प्रयासबाट बन्दीपुरमा नयाँ पर्यटकीय आकर्षण थपिने विश्वास गरिएको उनले बताए।

प्राकृतिक सुन्दरता, मौलिक संस्कृति र पुराना बस्तीका कारण बन्दीपुर पर्यटकीय गन्तव्यका रूपमा परिचित छ। यहाँ आउने पर्यटकलाई लक्षित गरी थप पूर्वाधार निर्माण गर्ने क्रममा पृथ्वीराजमार्ग नजिकै विशाल राष्ट्रिय झण्डासहितको पार्क बनाउन लागिएको हो।

पृथ्वीराजमार्ग भएर दैनिक ठूलो सङ्ख्यामा यात्रु तथा पर्यटक पोखरा र काठमाडौं आवतजावत गर्छन्। राजमार्ग नजिकै आकर्षक संरचना निर्माण भएमा यात्रुलाई केही समय रोकिएर अवलोकन गर्न र तस्बिर खिच्न आकर्षित गर्न सकिने स्थानीयको अपेक्षा छ। 

पार्कले बन्दीपुरको पर्यटकीय पहिचानलाई थप विस्तार गर्ने विश्वास पन्तले व्यक्त गरे।
अर्को समाचार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
३६ मिनेट अघि
•
१ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
पाँचथर। दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण गर्दै लगेको छ।
सोही सिलसिलामा च्याङथापू  र ओयाममा भरखरै निर्माण सम्पन्न स्वास्थ्य चौकी पछिल्लो नमूनाका रूपमा रहेका छन्।  गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले वडा १ स्थित च्याङथापू स्वास्थ्य चौकी र वडा नं ३ स्थित ओयाम स्वास्थ्य चौकीको नवनिर्मित दुईतले भवनको केही दिनअघि मात्रै उद्घाटन गरेका हुन्।
रु तीन करोड ६ लाख ९० हजार ५०० को लागतमा दुवै स्थानमा नौनौकोठे भवन निर्माण भएका हुन।  निर्माणको ठेक्का लिएको कम्पनीले दुवै भौतिक पूर्वाधार तोकिएकै समयसीमाभित्र पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको याङवरक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले बताए।




यसअघि  स्वास्थ्य चौकी च्याङथापू पुरानो र साँघुरो भवनबाट सञ्चालन हुँदा एकै ठाउँबाट प्रसुति केन्द्र र बहिरङ्ग सेवामा कठिनाइ परेको  थियो।  नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए।
यस्तै २४सै घण्टा सेवा दिने स्वास्थ्यकर्मीलाई आवासको प्रबन्ध पनि हुँदा सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा स्थानीयवासीको छ। 

याङवरक–३ को ओयाम स्वास्थ्य चौकीमा दुई वर्षअघि मात्रै दुईतले १० कोठे भवन निर्माण भई सेवा प्रवाह भइरहेको थियो तर बहिरङ्ग र प्रसुति सेवा सञ्चालन गर्नुपर्ने, कर्मचारी आवास पनि अत्यावाश्यक भएपछि नयाँ भवन निर्माण थालिएको थियो।  अहिले स्वास्थ्य चौकीले प्रवाह गर्न सक्ने सबै सेवा दिन पर्याप्त संरचना निर्माण हुँदा सेवाको गुणस्तरमा वृद्धि हुने र दूरदराजका नागरिकले सामान्य उपचारका लागि सदरमुकाम फिदिम र तराईसम्म झर्नुपर्ने बाध्यता हट्ने याङवरक–३ का वडाध्यक्ष बिमल राईको अपेक्षा छ। दुवै स्वास्थ्य चौकीमा चारचार जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कार्यरत छन्।

याङवरक–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज राई स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेको लगानीले पूर्वाधार निर्माण र सेवाको गुणस्तर सुधारमा धेरै मद्दत मिलेको बताउँछन्।  “यहाँ नाजुक अवस्थामा रहेका स्वास्थ्य संस्थालाई स्थानीय तह बनेपछि द्रूत गतिमा व्यवस्थित संरचनासहित स्तरोन्नति गरिएको छ,” राईले भने, “घरघरमा गएर गर्भ परीक्षण, खोपलगायत अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाले असाध्यै मेहनत गर्नुभएको छ  तर अझै  निजी संस्थामै आकर्षित हुने कुराप्रति चासो दिएर नागरिकको विश्वास जित्नुपर्छ। ”
गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले स्थानीय तहको भूमिकाको परिकल्पनाबमोजिम याङवरक गाउँपालिकाका हरेक वडामा प्रसूति सेवासहितको स्वास्थ्य चौकी स्थापना गरिएको बताए।  “गत वर्ष मात्रै वडा नं २ को बेतेनीमा नयाँ भवन निर्माण भई स्वास्थ्य सेवा सुरुआत भएको छ।  यस वर्ष वडा नं १ र ३ का स्वास्थ्य चौकीलाई आवश्यक संरचना बनाइसकेका छौँ”, अध्यक्ष योङ्याले भने, “वडा नं ६ को परेवाडाँडा स्वास्थ्य चौकीमा पनि यसै वर्ष नयाँ भवन निर्माण भइसक्छ। ”

यसैबीच, याङवरक–४ स्थित थर्पूमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य चाँडै पूरा गरी सेवा प्रवाह सुरुआत गर्ने लक्ष्यमा गाउँपालिका रहेको छ। यस्तै, गत वर्ष वडा नं २ को सेरेजामा प्राथमिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको र वडा नं ३ को चोथ्रोकमा समेत स्वास्थ्य इकाइ निर्माण प्रक्रिया अगाडि बढाइएको छ। पालिकाले स्वास्थ्य पूर्वाधार निर्माणसँगै यन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सक्दो लगानी गरिरहेको जनाएका छन्।
याङवरक–२ का स्थानीय चन्द्रमान बेघा नयाँ भवन निर्माणपछि स्वास्थ्य सेवा झनै प्रभावकारी हुनेमा आशावादी छन्।  “अहिलेसम्म पनि ठीकै सेवा पाइएको छ,” बेघाले भने, “अब त झनै राम्रो होला भन्ने लागेको छ। ” –रासस
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो  दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
राप्तीमा धान खरिद सुरु
समाज
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राप्तीमा धान खरिद सुरु
जिल्लाको देउखुरीस्थित राप्ती गाउँपालिकामा शनिबारदेखि सरकारी समर्थन मूल्यमा धान खरिद कार्य सुरु गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस