रौतहटमा अवैध रूपमा चाँदीखोलाबाट नदीजन्य पदार्थ चोरी निकासी गरेको आरोपमा ८ वटा ट्र्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको उत्तरी भेगमा पर्ने चन्द्रपुर नगरपालिकास्थित चाँदीखोलामा अवैधानिक तरिकाले नदीजन्य पदार्थ उत्खनन गरिएको सूचनाका आधारमा ढुङ्गा, गिट्टी र बालुवा बोकेका ८ वटा ट्र्याक्टर नियन्त्रणमा लिइएको हो।
बिहीबार बिहान खोलामा पुगेको सशस्त्र प्रहरी बेस क्याम्प सन्तपुरको टोलीले चाँदीखोलाबाट ढुङ्गा, गिट्टी र बालुवा ओसारपसार गरिरहेको अवस्थामा ती सवारीसाधन नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका ट्र्याक्टरहरू आवश्यक कारबाहीका लागि चन्द्रपुर नगरपालिकाको कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बेस सन्तपुरका प्रमुख विश्व जिसीको कमान्डमा खटिएको टोलीले प्राप्त सूचनाका आधारमा उक्त कारबाही गरेको बताइएको छ।
चाँदीखोला तथा चुरे क्षेत्रमा भइरहेको अवैध उत्खननप्रति स्थानीय निकायले पर्याप्त चासो नदेखाएको आरोप लाग्दै आएको छ। जथाभावी उत्खननका कारण खोलाछेउका बस्ती तथा खेतीयोग्य जमिन प्रत्येक वर्ष बाढीको उच्च जोखिममा पर्दै आएका छन्।
चन्द्रपुर नगरपालिकाले सशस्त्र प्रहरीले बुझाएका ट्र्याक्टरमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ। स्थानीयवासीका अनुसार प्रशासनको बेवास्ताका कारण अवैध दोहन झनै बढ्दो क्रममा रहेको छ।
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौंमहानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।
चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।
त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।
प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...