रासायिकन मलको हाहाकार भएका समय अनुदानको मल प्लाईउड उद्योगमा बेच्ने गरिएको गुनासो आएपछि कपिलवस्तु प्रशासन कार्यालयले अनुमगन गरेको छ । धान रोप्ने समयमा बर्सेनि मलको अभाव झेल्दै आएका किसानका लागि अनुदानमा आएको मलसमेत प्लाई उद्योगले खपत गर्ने गरेको पाइएपछि प्रशासनले अनुगमन गरेको हो । एउटा उद्योगले दैनिक ३० देखि ५० बोरा युरियाको खतप गर्ने गरेको स्थानीय बताउँछन् ।
सहायक प्रमुख जिल्ला अधिकारी पदम लामिछानेको नेतृत्वमा गएको अनुगमन टोलीले शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकामा रहेको ५ प्लाई उद्योगमा अनुमगमन गरेको हो । प्रशासन टोलीले गणपति, गणेश, ईन्डो नेपाल, कृष्ण, अटल प्लाई उद्योगमा स्थलगत अनुमगन गरेका हुन । मलको हाहाकार भएको बेला अनुदानको मल प्लाई उद्योगमा बेच्ने गरिएको भन्ने जन गुनासो आएपछि आफुहरुले ५ प्लाई उद्योगमा स्थलगत अनुगमन र निरीक्षण गरेको लामिछानेले बताए ।
एक साताअघि नै स्थानीय संचारकर्मीले प्लाईउड उद्योगमा अनुदानको मल राखिएको भिडियो सार्वजनिक गरेका थिए । सो भिडियोले गर्दा प्लाईउड उद्योगीहरु सजग बनेको स्थानीयले बताए । अनुगनमा रासानिक मल प्रयोग भएको नभेटिएको लामिछानेले बताए । यधपि प्रशासनले उद्योगीहरुलाई रासायनिक मल प्रयोग नगर्ने लिखित प्रतिबद्धता गराएको छ ।
घातक रासायनिक पदार्थको प्रयोग गर्नुअघि प्रशासन कार्यालयसंग अनुमिति लिन र कामदारको सुरक्षाको ग्यारन्टी हनु पर्ने निर्देशन समेत दिएको लामिछानेले बताए । शिवराज नगरपालिका र कृष्णनगर नगरपालिकामा गरी ८ वटा प्लाई उद्योग सञ्चालनमा छन् ।
स्रोतका अनुसार ती प्लाई उद्योगले गमको पेस्ट बनाउन युरिया मल प्रयोग गर्ने गर्छन् । कृषकहरुका लागि आउने सहुलियतको युरिया मल सबैभन्दा बढी बहादुरगंज र त्यस आसपास रहेका प्लाईउड उद्योगले सहकारीबाट किन्ने गरेको बहादुरगंजका एक स्थानीयले बताए । बहादुरगंजमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड र कृष्णनगरमा रहेको साल्ट ट्रेडिङबाट कोटाबापत कृषकहरुलाई बाड्न तयार पाािरएको युरिया मल कृषि सहकारी र डिलरबाट प्लाई उद्योगले बढी रकम दिएर किन्ने गरेको दाबी स्रोतको छ ।
अनुदानमात्र नभै तस्करहरुले भारतबाट अबैधरुपमा भित्राउने युरिया मल समेत यहाँका प्लाई उद्योगमा बेच्ने गरिएको स्थानीय बताउँछन् । यसअघि प्रहरीले यहाँका प्लाई उद्योगमा अनुदानका र चाईनिज युरिया मल पटक पटक बरामद गरी गरेको थियो । प्रजिअ दिलकुमार तामाङले प्लाईउड उद्योगालाई निग्रानीमा राखिएको बताए । अनुदानको मल दुरुपयोग भएको पाइए कडा कारबाही गरिने बताए ।
एक महिना प्लाई उद्योग बन्द गर्न पूर्वसांसद शाहको माग
कपिलवस्तु क्षेत्र नम्बर ३ का पुर्वसांसद अभिशेक प्रताप शाहले एक महिना प्लाईउड उद्योग बन्दु गर्नु पर्ने माग गरेका छन् । आफनो फेसबुक बालमा उनले युरिया मलको आवश्यक्ता किशानलाई हो प्लाई उद्योगलाई होईन भनेर पोस्ट गरेका छन् । प्रशासन कार्यालयलाई ध्यानाकर्षण गराउँदै उनले एक महिना प्लाईउड उद्योग बन्द गर्न माग समेत गरेका हुन् । पुर्व सांसद शाहले जिल्लामा मलको हाहाकार भएको बेला प्लाईउड उद्योगमा युरिया मलको प्रयोग गरिएकाले यस्तो माग गरेको उठाएका हुन ।
मोरङ । जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ। जापान सरकारको २ अर्ब २९ करोड रुपैयाँ (जापानी येन) अनुदान सहयोगमा निर्माण सम्पन्न भएको उक्त आयोजना शुक्रबार एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो। आयोजनाबाट विराटनगरका करिब एक लाख नगरवासीलाई स्वच्छ तथा सुरक्षित खानेपानी उपलब्ध गराउने लक्ष्य राखिएको छ।
विराटनगर–५ मा आयोजित आयोजना उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा महानगरपालिकाका प्रमुख नागेश कोइरालाले खानेपानी सुधार आयोजना विराटनगरको खानेपानी समस्या समाधानका लागि दीर्घकालीन महत्त्वको परियोजना भएको बताए। उनले महानगरका १५ वटै वडाका बासिन्दालाई स्वच्छ खानेपानीको सुविधा पुर्याउन आयोजनाले महत्त्वपूर्ण योगदान गर्ने बताए।
आयोजनाबाट विराटनगरका करिब एक लाख नागरिक लाभान्वित हुने र महानगरका १५ वटै वडाका बासिन्दाले स्वच्छ खानेपानीको सुविधा पाउने गरी दोस्रो चरणको आयोजना सञ्चालन गर्न जापान सरकारसँग कोइरालाले आग्रह गरे।
नेपालका लागि जापानी राजदूत तारो मादाले नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सव मनाइरहेको वर्षमा आयोजना सम्पन्न हुनु महत्त्वपूर्ण उपलब्धि भएको बताए। जापान लामो समयदेखि नेपालको विकास साझेदार रहँदै आएको उल्लेख गर्दै उनले मेलम्ची खानेपानी आयोजना र पोखरा खानेपानी सुधार आयोजनामा समेत जापानले सहयोग गरेको स्मरण गरे।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) नेपालका प्रतिनिधि इन्डो केइले सुरक्षित र भरपर्दो खानेपानी मानव जीवन तथा समाजका लागि अपरिहार्य रहेको बताए। खानेपानीले जनस्वास्थ्यमा सुधार ल्याउनुका साथै नागरिकको जीवनस्तर उकास्न र दिगो सहरी विकासमा समेत योगदान पुर्याउने उनको भनाइ थियो।
नेपाल खानेपानी संस्थानले पाइप जडानको काम पूरा गरेपछि प्रणाली औपचारिक रूपमा सञ्चालनमा आउने र विराटनगरको कुल जनसङ्ख्याको करिब ४० प्रतिशत अर्थात् ९३ हजार नागरिकले स्वच्छ तथा सुरक्षित खानेपानी पाउने उनले बताए।
नेपाल खानेपानी संस्थान विराटनगरका प्रमुख सन्तोष रौनियारले आयोजनाबाट विराटनगरको खानेपानी आपूर्तिमा सुधार आउने विश्वास व्यक्त गर्दै बाँकी वडालाई समेत समेटेर दोस्रो चरणको आयोजना अघि बढाउन आग्रह गरे।
सन् २०२४ जुन २५ मा निर्माण सुरु भएको आयोजना सन् २०२६ अक्टोबर १४ मा सम्पन्न भएको हो। जाइकाको आर्थिक सहयोगमा जापानको एमएआरएस सिमिजु कर्पोरेसनले आयोजना निर्माण गरेको हो।
आयोजनाअन्तर्गत विराटनगरमा ५६ दशमलव २६ किलोमिटर पाइपलाइन विस्तार गरिएको छ। ¥यापिड स्यान्ड फिल्टर प्रविधिमा आधारित चारवटा खानेपानी प्रशोधन केन्द्र, चारवटा पानी भण्डारण ट्याङ्की, तीनवटा पम्प भवन, एउटा ओभरहेड ट्याङ्की र एउटा प्रशासनिक भवन निर्माण गरिएको छ।
त्यसैगरी, आयोजनाअन्तर्गत १ हजार १९८ घरधुरीमा खानेपानी धारा जडान गरिएको छ। आयोजना सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी नेपाल खानेपानी संस्थानले गर्नेछ।
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...