अर्को भाइरल तस्बिर: बालेन सरकार बन्दै छ, विदेश जानु पर्दैन..
०४ चैत्र २०८२
•
४ मिनेट पाठ
अर्को भाइरल तस्बिर: बालेन सरकार बन्दै छ, विदेश जानु पर्दैन..
विद्यालयको बिदाइको क्रममा पोसाकमा साथीभाइले विभिन्न सन्देश लेखिदिने चलन छ। विगतका समयमा यस्ता सन्देश एक अर्काको सम्झनामा लेखिने गरिन्थ्यो।  पछिल्लो समय विद्यालयको बिदाइ सन्देशमा समेत  मुलुकको अवस्था चित्रित हुँदै छ।  




कहिले ’खाडीमा भेटौला’ त  कहिले सहसचिव बनौला भन्ने भावका सन्देश सामाजिक सञ्जालमा भाइरल  बनेका छन्। पछिल्लो समयमा फेरी अर्को सन्देश भाइरल भएको छ– ‘बालेन सरकार बन्दै छ, विदेश जानु पर्दैन।’

सामाजिक सञ्जालमा  भाइरल यो तस्बिरमा स्कुल ड्रेसको पछाडि देशभित्रै रोजगारीको आशा व्यक्त गरिएको छ।  

‘बालेन सरकार बन्दै छ, साथीहरू अब रोजगारी नेपालमै पाइन्छ,’ तस्बिरमा एक छात्राको  सेतो सर्टमा लेखिएको छ, ‘विदेश जानु पर्दैन...’। उक्त सन्देशले अहिले युवापुस्तामा बढ्दो विदेश पलायनप्रतिको चिन्ता र देशमै अवसर खोज्ने चाहनालाई प्रतिबिम्बित गरेको देखिन्छ।

यो सन्देश विशेष गरी बालेन्द्र शाहको नेतृत्वप्रति युवाहरूको आशा र भरोसासँग जोडिएको रूपमा व्याख्या गरिएको छ। स्वतन्त्र उम्मेदवारका रूपमा उदाएका बालेनले भ्रष्टाचारविरुद्ध कडा कदम र सुशासनको एजेन्डा अघि सारेपछि धेरै युवाहरूमा नयाँ आशा जागेको छ।  

‘हो नयाँ सरकारसँग हामीलाई पनि धेरै आशा जागेको छ,’  भाइरल तस्बिरमा प्रतिक्रिया जनाउँदै विक्रम  अर्याल लेख्छन्, ‘यो विश्वासमा ठेस नलागोस्।’

यो तस्बिरका अनुसार यी विद्यार्थी महेन्द्र माध्यमिक विद्यालय दाङमा अध्ययन गर्ने देखिन्छ । ऊनीसँग सम्पर्क हुन नसकेपति सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसलाई ‘युवाको आवाज’ भन्दै व्यापक रूपमा साझा गरिरहेका छन्।

‘यो  अभिव्यक्ति केवल एक विद्यार्थीको व्यक्तिगत सन्देश मात्र नभई, वर्तमान अवस्थामा ठुलो सङ्ख्यामा युवाहरूले भोगिरहेको बेरोजगारी र विदेश जानुपर्ने बाध्यताको विरुद्धको मनोभाव हो,’ समाजशास्त्री विदुर लामिछाने भन्छन्, ‘ पछिल्ला वर्षहरूमा वैदेशिक रोजगारीका लागि दैनिक हजारौँ नेपाली युवाहरू बिदेसिने क्रम बढिरहेको छ।’

यसै सन्दर्भमा, उक्त सन्देशले देशमै अवसर सिर्जना हुनुपर्छ भन्ने जनअपेक्षालाई पुनः उजागर गरेको देखिन्छ।बालेनको नेतृत्वले भ्रष्टाचार र कुशासनविरुद्ध जनआक्रोशलाई प्रतिनिधित्व गरेको छ ।  

फागुन २१ को निर्वाचनपछि प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल बनेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बालेनको नेतृत्वमा  नयाँ सरकार गठनको तयारीमा तीव्र रूपमा जुटेको छ। पार्टीले आफ्ना नवनिर्वाचित सांसदलाई दुई दिने विशेष प्रशिक्षण सञ्चालन गरिरहँदा, सरकारको नेतृत्वका लागि आन्तरिक रणनीति पनि समानान्तर रूपमा अघि बढाइएको छ।

‘भावी प्रधानमन्त्री’ का रूपमा हेरिएका बालेन्द्र शाह (बालेन) भने प्रशिक्षणमा सहभागी नभई सरकार निर्माणका लागि आवश्यक टिम गठनमा केन्द्रित छन्। उनले सम्भावित मन्त्रिमण्डलको आकार, सदस्य छनोटका मापदण्ड र सरकारको प्रारम्भिक कार्यसूचीबारे छलफललाई तीव्र बनाएका छन्।

शीर्ष नेताहरूबिचको छलफल मुख्यतः सक्षम, स्वच्छ छवि भएका र परिणाममुखी काम गर्न सक्ने व्यक्तिलाई मन्त्रिमण्डलमा समावेश गर्नेमा केन्द्रित छ। साथै, सरकार बने लगत्तै सुशासन, सेवा प्रवाह सुधार र आर्थिक सक्रियता बढाउने योजनालाई प्राथमिकतामा राख्ने तयारी रास्वपाले गरेको छ। रास्वपाको घोषणापत्रमा समेत वैदेशिक रोजगारीमा जाने अवस्थाको कमि गर्दै लैजाने उल्लेख छ ।  

यस्तोमा नयाँ सरकाबाट आशा गर्नेको जमात बढेको छ ।स्वदेशमा रहेकाहरू विदेश जानु नपरोस् भन्ने भावमा छन् भने विदेशमा रहेकाहरू स्वदेशमै केही गर्ने इच्छा जाहेर  गर्दै छन्।  

‘मुलुकमा राम्रो अवस्था आयो भने हामी स्वदेशमै फर्कने तयारीमा छौ,’ दुबई काम गर्दै आएका प्रमोद कार्की भन्छन्, ‘हामीले नयाँ सरकारले मुलुकमा दोहोराउने आशा पालेका छौ।’ वैदेशिक रोजगारबाट सिप र अनुभव आर्जन गरी स्वदेशमै उत्पदानमूखी उद्यम सञ्चालन गर्न चाहने उद्यमीलाई व्याजमा विशेष अनुदार र प्राविधिक सहयोग उपलब्ध गराउने रास्वपाको नीति बुझेका कतिपयले यही आएर केही गर्ने सोच बनाएका हुन्।  

उनीजस्तै अन्य युवाहरूमा ठुलो आशा र आत्मविश्वास बढेको छ । देशभित्रै अवसर सिर्जना हुने अपेक्षा बलियो बनेको छ।  विदेश जानु पर्ने अवस्थाका अन्त्य गर्ने र  विदेशमा रहेकालाई समेत स्वदेशमै केही गर्ने वातावरण तयार गर्ने सरकारले मुलुकको नेतृत्व लिँदै गरेकाले यस्तो अपेक्षा देखिएको हो। ‘बहुमतको सरकार छ, राम्रो काम गर्नलाई केहीले रोक्ने अवस्था छैन,’  विकाश लामा भन्छन्, ‘यस्तामा आम नेपालीले स्वदशमै अवसर देख्न सुरु गरेका हुन्।’
अर्को समाचार
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
७ घण्टा अघि
•
१ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।




पक्राउ पर्नेमा सिन्धुलीको सुनकोशी गाउँपालिका–२ का ४२ वर्षीय कमल खड्का, झापाको गौरादह नगरपालिका–७ का ५० वर्षीय गोपालबहादुर विष्ट, स्याङ्जाको भिरकोट नगरपालिका–५ का ४६ वर्षीय देवप्रसाद अर्याल र काठमाडौं महानगरपालिका–२९ अनामनगरका ५६ वर्षीय नरेन्द्रप्रसाद भण्डारी रहेका छन्।

त्यसैगरी ललितपुरको इमाडोलका ५७ वर्षीय ओमशरण रानामगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–३ का ४८ वर्षीय रमेशप्रसाद पुडासैनी तथा तेह्रथुमको म्याङलुङ नगरपालिका–६ का ५७ वर्षीय स्वयम्कृष्ण निरौला पक्राउ परेका छन्।

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई बिचौलियाले दुःख तथा हैरानी दिने गरेको जनगुनासोका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए।

पक्राउ परेका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | ३ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले ६ प्रदेशमा प्रशिक्षण चलाउने, सुर्खेतबाट रविले उद्घाटन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र संगठन सुदृढीकरणका लागि छ वटा प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम स...
Whatsapp
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
राजनीति
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको सम्भावना अध्ययन गर्दै मन्त्री पुन
विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगका पुराना मेसिनलाई आधुनिक प्रविधिबाट परिमार्जन गरी पुनः...
Whatsapp
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
समाज
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सेवाग्राहीलाई दुःख दिने सात जना बिचौलिया पक्राउ
जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई दुःख तथा हैरानी दिने गरेको आरोपमा प्रहरीले सात जना बिचौलियालाई पक्राउ गरेको छ।
Whatsapp
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
अर्थ
Clock ७ घण्टा अघि | २ मिनेट पाठ
एउटै श्रम बजारमा दुईथरी ज्याला, कार्यविधि पुनरावलोकन गर्न महासंघको आग्रह
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले सरकारले हालै जारी गरेको ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारि...
Whatsapp
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ प्रदेशमा प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गुरुङ राष्ट्रिय परिषद्को केन्द्रीय पार्षदसभामा सहभागी हुन गृहमन्त्री गुरुङ इटहरी प्रस्थान
गृहमन्त्री सुधन गुरुङ गुरुङ समुदायको राष्ट्रिय पार्षदसभामा सहभागी हुन सुनसरीको इटहरी प्रस्थान गरेका छन्।
Whatsapp
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
समाज
Clock ८ घण्टा अघि | ६ मिनेट पाठ
मलेसिया घोटाला: एकनारायणको बयानले तान्ला त डीपी अर्याल र शरदसिंहलाई ?
मलेसिया जाने नेपाली श्रमिकसँग स्वास्थ्य परीक्षणका नाममा अवैध रूपमा उठाइएको अर्बौँ रुपैयाँ विदेश पठाउन सघाएको आरोपमा पूर्वमुख्य सचिव एकनारायण अर्याल बि...
Whatsapp
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अष्ट्रेलियाको गर्मीयाम जोखिमपूर्ण हुने सङ्केत, ६ क्षेत्रमा डढेलोको खतरा
अष्ट्रेलियाका अधिकांश राज्य तथा क्षेत्रमा आगामी गर्मीयाममा डढेलोको जोखिम बढ्ने अधिकारीहरूले शुक्रबार चेतावनी दिएका छन्।
Whatsapp
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
साउदी आक्रमणमा यमनमा ११ जनाको मृ*त्यु, अधिकांश बालबालिका
यमनको पश्चिमी क्षेत्रमा साउदी नेतृत्वको गठबन्धन सेनाले गरेको हवाई आक्रमणमा ११ जनाको मृत्यु भएको छ।
Whatsapp
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
समाज
Clock ८ घण्टा अघि | २ मिनेट पाठ
बिम-मराङ-मल्कबाङ-पाखापानी सडक स्तरोन्नति सुरु
म्याग्दीको मालिका, धवलागिरि र रघुगङ्गा गाउँपालिका जोड्ने बिम–मराङ–मल्कबाङ–पाखापानी सडक स्तरोन्नति सुरु भएको छ।
Whatsapp
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
समाज
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
मंसिर १३ देखि नारायणगढ-मुग्लिङ सडक दैनिक ५ घण्टा बन्द हुने
नारायणगढ-मुग्लिङ सडकखण्ड आइतबारदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ। तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस