बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
०३ मंसिर २०८३
•
४ मिनेट पाठ
बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन
हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल मानिने बाजुरामा पछिल्लो समय उत्पादनमा वृद्धि हुँदै गएको छ।




जिल्लामा स्याउखेती विस्तार हुन थालेपछि उत्पादन क्षेत्रफलसँगै फल दिने बोटको सङ्ख्या र उत्पादन परिमाणसमेत बढ्दै गएको हो।

जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार विगतका वर्षको तुलनामा यस वर्ष उत्पादनमा वृद्धि भएको छ। यस वर्ष ३३७ मेट्रिकटन अर्थात् तीन हजार ३७० क्विन्टल स्याउ फलेको कार्यालयका सूचना अधिकारी प्रेमराज न्यौपानेले जानकारी दिए।

उनका अनुसार क्षेत्रफल विस्तार भएसँगै उत्पादनमा वृद्धि भएको हो।

‘यहाँ मुख्य गरी चार स्थानीय तहमा स्याउ खेती गरिन्छ’, न्यौपानेले भने, ‘यस वर्ष सबैभन्दा बढी स्वामीकार्तिक खापर १२५, जगन्नाथ ९७, हिमाली गाउँपलिकामा ३७ र बुढीनन्दा नगरपालिकामा ७८ गरी कुल ३३७ मेट्रिकटन स्याउ फलेको हो।’

उनले कुल उत्पादनमध्ये ५६ प्रतिशत मात्रै बिक्री भएको जानकारी दिए।

जिल्लाभित्र र बाहिर गरी रु एक करोड ७१ लाख ३७ हजार बराबरको स्याउ बिक्री भएको केन्द्रका सूचना अधिकारी न्यौपानेले जानकारी दिए।

जिल्लामा गत वर्ष रु एक करोड ५० लाख बराबरको स्याउ बिक्री भएको थियो। जिल्लामा हाल ४२५ हेक्टर क्षेत्रफलमा स्याउ लगाइएकोमा २१० हेक्टरमा मात्रै उत्पादन भइरहेको छ भने चार पालिकासहित खप्तड छेडेदह, गौमुललागयतका क्षेत्रमा पनि स्याउखेती विस्तार भइरहेको कार्यालयले जनाएको छ।

कृषि ज्ञान केन्द्रका प्रमुख हरिशबहादुर विष्टले गत वर्षको तुलनामा क्षेत्रफल विस्तार भएसँगै उत्पादन बढे पनि अपेक्षाअनुसार बिक्री  हुन नसकेको बताए।

‘वर्षातमा अवरुद्ध सडक स्याउ पाक्ने समयसम्म ढिलो गरी सञ्चालन हुँदा बजारीकरणका लागि ढुवानीमा समस्या भयो’, प्रमुख विष्टले भने, ‘दसैँमा सडक खुलेपछि मात्रै स्थानीय बजारसँगै सदरमुकाम मार्तडी र धनगढी, नेपालगञ्जसम्म यहाँको स्याउ बिक्री भएको हो।’

यस्तै हरेक वर्ष स्याउ ढुवानीका लागि कार्यालयबाट अनुदान दिने गरेको भए पनि यस वर्ष सुदूरपश्चिम प्रदेश सरकारको बजेट नआउँदा किसानले आफैँ ढुवानी गरेर बिक्री गर्नु पर्ने अवस्था भएकाले पनि समस्या भएको उनले बताए।

किसानले लगानी र मिहिनेतअनुसार उत्पादन लिन थालेपछि पहिल्लो समय यहाँ स्याउखेतीप्रति आकर्षण बढ्दै गएको बताउँदै कार्यालयले पनि क्षेत्रफल विस्तार तथा बगैँचा सुदृढीकरणका लागि अनुदानमार्फत विभिन्न कार्यक्रम सञ्चालन भइरहेको कार्यालय प्रमुख विष्टले उल्लेख गरे।

उनका अनुासर जिल्लामा पछिल्लो समय स्थानीय जातका स्याउसँगै फुजी, गाला, गोल्डेन, रोयल डेलिसियसलगायत उन्नत जातका स्याउखेती पनि विस्तार हुन थालेको छ।

यहाँ स्याउ उत्पादनमा वृद्धि हुँदै गए पनि किसानले उत्पादन अनुसारको बजार र मूल्य पाउन भने अझै चुनौती झेलिरहेका छन्। 

जिल्लाका किसानलाई  बारीबाट स्याउलाई बजारसम्म पुर्‍याउन सहज सडक र भरपर्दो ढुवानी सेवाको अभाव रहेको प्रमुख विष्टको भनाइ छ।

विशेषगरी वर्षायाममा सडक अवरुद्ध हुँदा उत्पादित स्याउ समयमै बजारसम्म पुर्‍याउन समस्या हुने गरेको बुढीनन्दा नगरपालिका–९ पाण्डुसैनका किसान उज्जल रावतले बताए।

उनका अनुसार स्याउ उत्पादन हुने याममा सडक अवरुद्ध हुँदा बोकेर बजारसम्म पुर्‍याउनु पर्ने बाध्यता रहदैँ आएको छ भने अधिकांश स्याउ बारीमै खेर जाने गरेको छ।

त्यस्तै, सडक सञ्चालन भएपछि पनि लामो दूरी, महँगो ढुवानी खर्च र सडकको असहजताका बाबजुद धनगढी, नेपालगञ्जसम्म पुर्‍याउँदा पनि किसानले उत्पादनको उचित मूल्य पाउन सकेका छैनन्।

विशेषगरी जिल्ला अन्य सिजनका लागि स्याउ भण्डार गर्ने चिस्यान केन्द्र नहुँदा धेरैजसो स्याउ बिक्री गर्न नसकिने किसान बताउँछन्।

यहाँका किसानलाई स्याउखेतीमा व्यवसायिक बनाउँदै क्षेत्रफल विस्तार र उत्पादन वृद्धिका लागि स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छन्।

किसानलाई स्याउका बिरुवा वितरण, लगानीअनुसार आम्दानी, प्राविधिक परामर्श, खेती व्यवस्थापनसम्बन्धी जानकारी तथा उत्पादनलाई बजारसम्म पुर्‍याउन सहयोग गर्ने कार्यक्रमले व्यावसायिक खेतीमा आकर्षण बढाएको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले बताए।

सडक स्तरोन्नतिसँगै सहज यातायात, नियमित ढुवानी सेवा, शीतभण्डार निर्माण, बजार व्यवस्थापन र प्राविधिक सहयोगलाई प्रभावकारी बनाउन सके बाजुराको स्याउ खेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने उनको भनाइ छ।रासस
अर्को समाचार
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
५ घण्टा अघि
•
१ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
उदयपुर । नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। शनिबार सदरमुकाम गाईघाटमा सम्पन्न अधिवेशनले खत्रीको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।




पदाधिकारीमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि चुनावी प्रक्रियामार्फत समिति गठन भएको हो। अध्यक्ष, प्रथम उपाध्यक्ष र सचिवमा ३३ जना तथा कोषाध्यक्षमा २ जना आकांक्षी भएपछि चुनाव गराउनुपरेको निर्वाचन समिति संयोजक तथा पूर्व अध्यक्ष प्रकाशकुमार बस्नेतले बताए।

चुनावमार्फत पवित्र निर्माण सेवाका प्रबन्ध निर्देशक रहेका खत्री १ सय ९ मतका साथ अध्यक्ष विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी सुनिल कार्की (गोविन्द)ले ७२ मत पाउँदा अर्का प्रतिस्पर्धी प्रेमप्रसाद तिम्सिनालाई २१ मत प्राप्त भएको संयोजक बस्नेतले बताए।

त्यसैगरी १ सय २ मत प्राप्त गर्दै प्रथम उपाध्यक्षमा राकेश खत्री विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी वीरेन्द्रकुमार खड्काले ७९ मत पाए। अर्का प्रतिस्पर्धी सुभाष भट्टराईलाई २१ मत प्राप्त भयो। कोषाध्यक्षमा विजयी अनिल खड्कालाई १ सय १० मत पर्दा उनका प्रतिस्पर्धी प्रमोद पोखरेल (सानु)ले ९२ मतमा चित्त बुझाउनुपर्‍यो।

सचिवका प्रतिस्पर्धी ३ मध्ये डिसी कन्स्ट्रक्सनका सञ्चालक हेमराज दाहाल ७७ मतका साथ बाजी मार्न सफल भए। उनका निकटतम प्रतिस्पर्धी दोधकुमार राई (दोर्जे)लाई ६९ मत पर्‍यो भने भुवन खड्का ५५ मतमा सीमित भए।

अधिवेशनले द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव तथा सहकोषाध्यक्ष र सदस्यहरू भने निर्विरोध निर्वाचित गरेको छ। निर्विरोध निर्वाचित हुने पदाधिकारीमा द्वितीय उपाध्यक्ष कुलबहादुर राउत, तृतीय उपाध्यक्ष अनिल आचार्य, महासचिव अश्विन खड्का र सहकोषाध्यक्ष चुलबहादुर आलेमगर रहेका छन्।

त्यसैगरी निर्विरोध निर्वाचित कार्यसमितिका १२ सदस्यहरू क्रमशः अभिशेष गौतम, एकबहादुर कार्की, कुमार क्षेत्री (डिल्ली), खेमराज राउत, दीपक तामाङ, निरज घिसिङ र प्रकाश कार्की रहेका छन्। अधिवेशनले विकासकुमार राई, विनोद बस्नेत (हिमाल), लक्ष्मणप्रसाद देव, सन्तोषीकला तामाङ र हरिबहादुर हमाललाई पनि निर्विरोध सदस्य चयन गरेको छ।

नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष धीरेन्द्र दाहाल र प्रदेश अध्यक्ष केशर बुढाथोकीको उपस्थितिमा ३ दिनअघि सुरु भएको अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि लामो छलफल भए पनि पार नलागेको पूर्व अध्यक्ष तथा निर्वाचन समिति सदस्य भीम राई भुस्नाम्छाले बताए।

पदाधिकारीका आकांक्षी बढी भएपछि लोकतान्त्रिक प्रक्रिया अपनाउँदै अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा चुनाव गराउन पूर्व अध्यक्ष बस्नेतको संयोजकत्वमा पूर्व अध्यक्ष भुस्नाम्छा, अधिवक्ता प्रमेश्वर घिमिरे र हेम खड्का सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो।

समितिले शनिबार बिहानदेखि गराएको मतदानको परिणाम साँझ घोषणा गरेको हो। निर्वाचन समिति सदस्य हेम खड्काका अनुसार नवनिर्वाचित कार्यसमितिलाई शनिबार साँझै केन्द्रीय उपाध्यक्ष दाहाल र प्रदेश अध्यक्ष बुढाथोकीले शपथ ग्रहण गराएका छन्।
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
अपराध
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
डोटीमा छोराले दाउरा प्रहार गर्दा बुवाको मृ’त्यु
२३ वर्षीय छोरा विकासबहादुर चन्दले घरायसी विवादका क्रममा दाउराले बुधबा रणबहादुरको टाउकामा प्रहार गरेका थिए ।
Whatsapp
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
उषाकिरणको आक्रोश : जनतालाई हेप्नुको पनि सीमा हुन्छ
ज्येष्ठ नागरिकको सुविधा पाएर डिल्लीबजार कारागारबाट रिहा भएका रायमाझीले आफूलाई फसाइएको र जेल बसाइले अझ बलियो बनाएको अभिव्यक्ति दिएका थिए।
Whatsapp
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एमालेसँग तीनबुँदे र मसालसँग दुईबुँदे सहकार्य प्रस्ताव अघि सारेका छाैं: प्रचण्ड
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेसँग तीनबुँदे सहकार्यको प्रस्ताव र...
Whatsapp
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
निर्माण व्यवसायी संघ उदयपुरमा दाहालको नेतृत्वमा नयाँ कार्यसमिति चयन
नेपाल निर्माण व्यवसायी संघ उदयपुरको ११ औँ साधारणसभा तथा ९ औँ जिल्ला अधिवेशनले सुदिप दाहाल खत्रीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
Whatsapp
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सांसद संसद् बैठकमा कति पटक उपस्थित भए, मोबाइलबाटै हेर्न सकिन्छ: सभामुख अर्याल
पाल्पा - प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालले प्रतिनिधिसभा र राष्ट्रियसभालाई डिजिटल प्रणालीमा जोड्ने काम भइरहेको बताएका छन्।
Whatsapp
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
जनकपुरधाम-अयोध्या रेल व्यावसायिक रूपमा सञ्चालन
धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै जनकपुरधाम र अयोध्याबीच तीर्थयात्रा सहज बनाउने उद्देश्यसहित सुरु गरिएको सरयु–कमला एक्सप्रेस र...
Whatsapp
यो पनि पढौँ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
बागलुङका विपद्ग्रस्त स्थानीय तहको पुनःनिर्माण प्राथमिकतामा : मन्त्री श्रेष्ठ
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बागलुङका विपद् सङ्कटग्रस्त छ स्थानीय तहको पुनःनिर्माणलाई सरकारले प्राथमिकतामा राख्ने बताएका छन्।
Whatsapp
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सडक बनाउँदैमा विकास हुँदैन, उद्योग र रोजगारीसँग जोड्नुपर्छ : सभापति गजुरेल
पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले सडक निर्माणलाई मात्रै विकास मान्ने सोच बदल्नुपर्ने बताएका छन्। 
Whatsapp
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुदमा १९ देशका खेलाडीसहित एनआरएनए : २० स्वर्ण जितेर चौथो हुने लक्ष्य
‘एनआरएनए स्पोर्ट्स एकेडेमी’ शनिबार पत्रकार सम्मेलन गरी प्रतियोगितामा विभिन्न १९ देशका खेलाडीसहित कुल ८२ जनाको सहभागिता रहने जानकारी दिएको...
Whatsapp
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
खेल
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
आर्मीलाई हराउँदै एपिएफ बन्यो झापा महिला गोल्डकप च्याम्पियन
गतवर्ष भएको पहिलो संस्करणमा एपिएफ अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग १-० गोलले पराजित हुँदै उपविजेता बनेको थियो। यस पटक आर्मीले पुलिसलाई सेमिफाइनल...
Whatsapp
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
मकवानपुरमा श्रीमानको कुटपिटपछि श्रीमतीको मृ’त्यु
मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-४ गोठभित्तामा मादक पदार्थ सेवन (मापसे) गरी श्रीमतीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक पुरुषलाई नियन्त्रणमा...
Whatsapp
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
बाढीले पुल बगाएपछि दुई वर्षदेखि सास्ती, फोक्सिन्टारमा फेरि बेलिब्रीज राखिँदै
फोक्सिन्टारमा बेलिब्रीज पुन: जडानका लागि योजना कार्यालयले गएको कात्तिक ११ गते २१ दिने सूचना सार्वजनिक गरेको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस