जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
०८ असार २०८३
•
७ मिनेट पाठ
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
सुदूरपश्चिम प्रदेशमा प्रसिद्ध जोरायले बासमती धानको संरक्षण गर्दै यसको प्रचारप्रसारमा बढ्न थालेपछि जोरायल गाउँपालिका–६ चित्रराज भट्ट यतिबेला यस प्रजातिको धान रोप्न आतुर देखिन्छन्।




विभिन्न सङ्घसंस्था तथा स्थानीय सरकारको पहलमा संरक्षण अभियान थालनी भएपछि यस धानको खेतीतर्फ भट्टलगायतका किसान आकर्षित भएका हुन्।

पालिकास्थित रावतकट्टे, चनकट्टे, हाट, सिलङ्गीबाग, थापली, स्याला, पिपलकण्डेलगायतका ठाउँका किसानहरु यतिबेला धमाधम खेत रोपाइँमा व्यस्त देखिन्छन्। जिल्लाको जोरायल गाउँपालिका–३ र ४ का उपत्यका क्षेत्रमा मात्रै लगाइने यो धान पछिल्लो समय बासमती धान लोप हुने अवस्थामा थियो।

यस धानको चामलको भात पकाउँदा निकै मिठो बास्ना आउने तथा अरु विभिन्न परिकार पनि बनाउन मिल्ने भएकाले यस धानको चामल निकै लोकप्रिय मानिँदै आएको छ। यहाँका स्थानीयवासीले यस प्रदेशभन्दा बाहिर पनि यसको चर्चा पुर्याउन र उचित संरक्षण र विस्तारका लागि आग्रह गरेका छन्।

जोरायले बासमती धान संरक्षणका लागि गाउँपालिकाले पनि विभिन्न कार्यक्रम अघि सारेको गाउँपालिका अध्यक्ष दुर्गा ओझाले बताए। उनले भने, ‘सुदूरपश्चिममा उत्कृष्ट मानिएको जोरायले बासमती संरक्षणका लागि हामीले पालिकाको बजेटबाट विभिन्न कार्यक्रम पनि अघि सारेका छौँ, अब जिल्लाका अन्य क्षेत्रमा पनि उत्पादनका लागि पहल गर्नेछौँ।’

वैदिककालदेखि नै सुदूरपश्चिमको जोरयालमा मात्रै जोरायले बासमती धानको खेती गर्न थालिएको धान बालीसम्बन्धी जानकारहरू बताउँछन्। यसै धानको नामबाट यस पालिकाको नामकरण भएको बताइएको छ।

पछिल्ला वर्षहरुमा भने जुम्लाको कालीमार्सीको चर्चा बढेजस्तै आफ्नो भेगमा उत्पादन हुने जोरायले पनि लोकप्रियता पाउनेमा उनी विश्वस्त देखिन्छन्। यो धान धेरै गर्मीमा भन्दा पनि कम नै तापक्रममा हुने तथा समथल ठाउँमा मात्रै उत्पादन हुने गर्दछ।

जोरायले बासमती धान सुदूरपश्चिमकै उत्कृष्ट र मसिनो तथा खाँदा बास्नादार चामल हुने भएकाले सुदूरपश्चिममा उक्त धानको निकै माग हुने गरेको जोरायल–५ का स्थानीय डम्मर विष्टले जानकारी दिए।

नेपालमा पाइने विभिन्न किसिमका बासमती धानभन्दा फरक खालको यो धान भएकाले यसलाई निकै महत्वका साथ हेरिने गरेको पाइएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख गङ्गादत्त अवस्थीले बताए।

उनले भने, ‘नेपालमा थुप्रै किसिमका बासमती धान छन्, तर जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धानको आफ्नै महत्व छ, यसले स्वास्थ्यमा राम्रो प्रभाव पार्ने भएकाले पनि यसको महत्व अधिक छ, यसको संरक्षण गर्नु जरुरी भएको छ।’

अघिल्ला वर्षमा जोरायले बासमती धान उत्पादन केही घटेको भए पनि चालु आर्थिक वर्षमा धान उत्पादन बढेको थियो। मौसमले साथ दिए यो वर्ष पनि धान उत्पादन बढ्ने प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजपुरका कृषि प्राविधिकहरुको अनुमान रहेको छ। जोरायले बासमतीसँगै यहाँका किसानले मार्सी, थापाचिनी, गुर्रा, ठेसे, हङ्सराज र पालपाली धान समेत लगाउँदै आएका छन्।

यस वर्ष भने जोरायले बासमती चामल यो वर्षको जेठ ५ गतेदेखि नै रोप्न आरम्भ भएको स्थानीयवासी बताउँछन्। मनसुन सुरु भएसँगै यहाँका सिँचाइ सुविधा पुगेका ठाउँमा उक्त धान रोपाइँ सुरु भएको हो।

खोला किनारमा रहेका फाँटहरुमा जोरायले बासमती धान रोपाइँ गर्न थालिएको जोरायल गाउँपालिका–३ का वडाध्यक्ष नवीन ओझाले जानकारी दिए। उनले भने, ‘यो वर्ष समयमै बर्सात भएको छ, अहिले हामी धान रोप्न थालेका छौँ, रोपिसकेपछि पनि यो धानलाई पानी बढी चाहिने भएकाले यो वर्ष मौसम राम्रो भएमा उत्पादन बढ्ने आशा गरेका छौँ।’

यहाँका कम्तीमा पनि आठ सय हेक्टर जमिनमा उक्त जोरायले बासमती धानखेती हुने गरेको कृषि ज्ञान केन्द्र सिलगढी डोटीले जनाएको छ। प्रदेश कृषि विकास निर्देशनालय दिपायल राजापुरका महानिर्देशक खगेन्द्रप्रसाद शर्माले यो वर्ष पानी चाँडै पर्न थालेकाले जोरायले बासमती धान रोपाइँ पनि छिटो भएको बताए। उनले भने, ‘सिँचाइ सुविधासँगै यो वर्ष समयमै वर्षात् भएको छ, किसानलाई जोरायले बासमती धान रोप्न चटारो भएको छ।’

नेपालको विभिन्न स्थान, तराई र केही पहाडी भूभागमा अझै पनि स्थानीय जातका बासमती धान लगाइने चलन रहेको जोरायलका अर्का स्थानीय मीनबहादुर ओली बताउछन्। बासमती धान ढिलो पाक्ने, कम फल्ने र राष्ट्रिय उत्पादनमा खासै योगदान नगर्ने हुँदा जति चर्चा हुनुपर्ने हो, त्यति नभएको उनको भनाइ छ।

बासमती धान व्यापारी प्रयोजनका लागि नभई यहाँका अधिकांश किसानले आफैँले खानकै लागि मात्रै खेती गर्ने चलन बढी भएका कारण यो धानको खासै चर्चा हुन नसकेको जोरायल गाउँपालिका–५ की स्थानीय दुर्गादेवी विष्टले बताउछन्।

उनले भने, ‘जोरायले बासमती धान व्यापारी प्रयोजनका लागि नलगाई आफ्नै लागि लगाउने चलन बढी छ, बिक्री वितरण कमै गरिने भएकाले पनि यसको चर्चा र प्रचार हुन सकेको छैन।’

यहाँ उत्पादन हुने जोरायले बासमती चामल नेपालसहित छिमेकी मुलुक भारतका विभिन्न सहरमा पनि केही वर्षयता बिक्रीका लागि पठाउने गरिएको छ। यसको मूल्य प्रतिकेजी १२० पर्ने गरेको व्यापारीहरु बताउँछन्।

पछिल्लो समय जोरायल क्षेत्रमा मात्रै उत्पादन हुने बासमती धान लोप हुने खतरा बढेकाले त्यसको संरक्षणका लागि सबै तह र तप्काबाट लाग्नुपर्ने यहाँका किसानहरुको माग रहेको छ। जोरायले बासमती संरक्षणका लागि स्थानीय स्तरबाट पहल भएपनि यस प्रयासले खासै ठोस रुप लिन सकेको छैन।

ढिलो पाक्ने भएकाले र यसको व्यापारिक केन्द्र नतोकिएका कारण पनि किसानहरु यो धान लगाउन नमान्ने गरेको जोरायल गाउँपालिका–४ की अर्की स्थानीय किसान लक्ष्मी ओलीले बताइन्।

उनका अनुसार यो धान अन्य धानभन्दा कम्तीमा पनि एक महिना ढिलो पाक्ने गरेका कारण पनि समस्या हुँदै आएको छ। उनले भनिन्, ‘अन्य धान छिटो पाक्छ र समयमै किसानले भित्र्याउँछन्, यो ढिलो पाक्ने भएकाले खेर जाने डरले किसानले लगाउन मान्दैनन्, बर्सेनि धान लगाउने किसानको सङ्ख्या बढ्नुको साटो घट्दै जान थालेको छ।’

तर स्वाद र गुणका कारण यसको माग भने दिन प्रतिदिन बढ्दै छ। काठमाडौंमा नै केही वर्षयता कालीमार्सी धानको चर्चा सुरु भयो र माग बढ्यो, त्यसैगरी सुदूरपश्चिम क्षेत्रमा पनि जोरायले बासमतीको माग बढ्दै गएको पाइएको छ।

यस वर्ष समयमै पानी पर्न थालेपछि डोटीमा रोपाइँ सुरु भएको छ। स्वाद, सुगन्ध र गुणस्तरका कारण देशभर लोकप्रिय यस धानको रोपाइँ यस वर्ष प्रविधिमैत्री शैलीमा थालिएको हो। यसपालि परम्परागत गोरु जोत्ने पद्धतिको सट्टा धेरै किसानले मिनिटिलर प्रयोग गरेर खेत तयारी गरेका छन्। यान्त्रिक प्रयोगले खेत छिटो जोत्न सकिने, श्रम घट्ने र लागत कम हुने भएकाले कृषकहरू प्रविधिप्रति उत्साहित देखिएका छन्।

गाउँमा खासगरी गोरु र मजदुरको अभाव भएको बेला हातेट्याक्टर प्रयोग गरेर खेत जोत्दा श्रम कम, सस्तो र समय पनि बचत हुने भएकाले विस्तारै किसानहरु यसतर्फ आकर्षित भएको कृषक भक्तराज अवस्थी बताउछन्।

उनका अनुसार बासमती धान रोपाइँसँगै डोटीका बोगटान फुड्सिल गाउँपालिका, बडिकेदार, केआइसिंहलगायतका विभिन्न ठाउँमा पनि हातेट्याक्टर प्रयोग गरेर रोपाइँ गर्न थालिएको छ।

डोटी जिल्लामा ३२ हजार दुई सय ७६ हेक्टर क्षेत्रफल जमिन खेतीयोग्यमध्ये करिब २५ हजार पाँच सय हेक्टर क्षेत्रफलमा खेती गर्दै आए पनि १० हजार छ सय ८० हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको कृषि ज्ञान केन्द्र डोटीका निमित्त कार्यालय प्रमुख अवस्थीले बताए।

जिल्लाका अधिकांश पाखा खेतमा भने साउनसम्म पनि रोपाइँ हुने गर्दछ। जिल्लाका किसानले राघा, सुक्का तिन, हल्दीनाथ, खुमल, पाल्पाली, कुसुम, राधा चार, झिनुवा, मार्सी बाँकी स्थानीय जातका धान लगाउँदै आएका छन्।

नेपालमा कम्तीमा चार वटा जङ्गली प्रजातिका धान र रैथाने जात पनि प्रचुर मात्रामा पाइने गरेको बताइएको छ। जुम्लामा मार्सी, बारा, सुनसरी, झापालगायत पूर्वी तराई क्षेत्रमा लल्का बासमती, पोखरामा जेठो बुढो, कपिलवस्तु क्षेत्रमा काला–नमक, दाङ क्षेत्रमा तिल्की तथा डोटीको जोरायल क्षेत्रमा फल्ने जोरायले बासमती नेपालका प्रचलित धान भएको सुदूरपश्चिम कृषि निर्देशनलाय दिपायल राजपुरको तथ्याङ्कमा उल्लेख गरिएको छ।

त्यसबाहेक बारामा अनदी बासमती, झापा, मोरङ र सुनसरीमा छोटी, कनक जिरा, जोरपाल र कालो टुन्डे, बासमती, सुनसरीमै गोला, झापालगायत केही पूर्वी जिल्लामा कालो बासमती, डडेल्धुरामा डाँडा बासमती, दोलखामा आँपझुत्ते बासमती धान चलन चल्तीमा रहेको निर्देशनालयले जनाएको छ।

नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत रहेको राष्ट्रिय जीन बैंकको तथ्याङ्कमा बाजुरा, मुस्ताङ, धादिङ, ललितपुर, डडेल्धुरा, बैतडी, नुवाकोट, बझाङ, रामेछाप, जुम्ला तथा डोटीलगायत जिल्लाका किसानबाट सङ्कलन गरिएका मसिनो, डाँडा, झिनुवा, हंसराज, कालो बासमतीलगायत नाम गरेका धानका जातहरू उल्लेख गरिएको छ।

स्थानीय बासमती जातका धानलाई अन्तरराष्ट्रिय रूपमा धानको अनुसन्धान गर्ने संस्था–इरीलगायत संसारका थुप्रै जीन बैंकमा सन् १९७० र १९८० दशकतिरै नेपाललाई आवश्यक पर्दा पाउने गरी सङ्कलन र संरक्षण गरी राखिएको विभिन्न अध्ययनहरुमा उल्लेख गरिएको पाइन्छ।

बासमती आँपझुत्ते, असामिया, गोल, लामो, मसिनो, नोखी, पहाडे, रातो, उजर्का, सेतो, डाँडा, कालो, मसिनो, रातो, सेते÷सेतो बासमती यसैका उदाहरण भएको बताइएको छ।

यी धानहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय जीन बैंकमा नेपालको रैथाने ‘बासमती’ धानका नामबाटै संरक्षण भएर रहेकाले नेपालले बासमती नाममाथि अन्तरराष्ट्रिय समुदायमा आफ्नो पनि अधिकार दाबी गर्ने बलियो प्रमाण भएको कृषिविज्ञहरु बताउँछन्। रासस
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
५२ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस