हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
०८ असार २०८३
•
७ मिनेट पाठ
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
झापाको पूर्वउत्तर वनक्षेत्रसँग जोडिएका बस्तीमा जङ्गली हात्तीको समस्या नयाँ विषय होइन।




बर्सेनि धान, मकै, गहुँ, तोरी, केरा, उखु र तरकारी बालीमा हात्तीले पुर्‍याउने क्षतिका कारण कृषक प्रभावित भएका छन्। तथापि, यही चुनौतीका बीच सुपारीखेती भने हात्ती प्रभावित क्षेत्रका कृषकका लागि भरपर्दो नगदेबालीका रूपमा स्थापित हुँदै गएको छ।

विशेष गरी बुद्धशान्ति गाउँपालिका, अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका बस्तीमा सुपारीखेती विस्तार हुँदै गएको छ। अन्य बालीको तुलनामा हात्तीबाट कम क्षति हुने, वर्षौँसम्म उत्पादन दिने, कम श्रममा राम्रो आम्दानी हुने तथा अन्तरबाली प्रणाली अपनाउन सकिने भएकाले कृषकको रोजाइ सुपारीतर्फ बढेको हो।

बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्लेका अनुसार एक पटक बगान स्थापना गरेपछि सुपारीले ४० देखि ५० वर्षसम्म उत्पादन दिन सक्छ।

नियमित सिँचाइ, मल व्यवस्थापन र सामान्य हेरचाह गरे पुग्ने भएकाले श्रम लागत अन्य नगदेबालीको तुलनामा कम पर्ने उहाँको भनाइ छ। जसका कारण उत्तरी झापाका कृषक सुपारीखेतीतर्फ आकर्षित छन्।

झापामा सुपारी खेतीको सबैभन्दा ठूलो केन्द्र बुद्धशान्ति गाउँपालिका मानिँदै आएको छ। गाउँपालिकाका वडा नं. १, ३, ४ र ५ का किसानको सुपारीखेती घरघरको आम्दानीसँग जोडिएको छ। वडाध्यक्ष वाग्लेका अनुसार गाउँपालिकाका अधिकांश कृषक प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सुपारीखेतीमा निर्भर छन्।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले गाउँपालिकाको ग्रामीण अर्थतन्त्रमा सुपारीखेतीको योगदान उल्लेखनीय रहेको बताउँछन्। उनका अनुसार सुपारीबाट नगद आम्दानी हुने भएकाले कृषकको जीवनस्तरमा सुधार आएको छ।

वैदेशिक रोजगारीमा जाने युवामध्ये केही यही खेतीतर्फ फर्किन थालेका छन्। हात्तीको नियमित ओहरदोहर हुने क्षेत्र भएकाले धेरै कृषकले धान वा मकैभन्दा सुपारीलाई सुरक्षित विकल्पका रूपमा रोजेको गाउँपालिका अध्यक्ष प्रसाईंको भनाइ छ।

अर्जुनधारा र मेचीनगरमा विस्तार

अर्जुनधारा नगरपालिका र मेचीनगर नगरपालिकाका वनसँग जोडिएका क्षेत्रमा सुपारीखेती विस्तार भइरहेको छ। स्थानीय कृषि प्राविधिकका अनुसार यी दुई पालिकाका करिब ४० प्रतिशत कृषक कुनै न कुनै रूपमा सुपारी उत्पादनसँग आबद्ध छन्।

हात्तीले धान, मकै र तरकारीमा ठूलो क्षति पुर्‍याउने गरे पनि सुपारीका बगानमा तुलनात्मक रूपमा कम नोक्सानी हुने अनुभव कृषकहरूले गरेका छन्। यही कारण पछिल्ला वर्षमा नयाँ बगान स्थापना गर्ने क्रम बढेको छ।

बिर्तामोड, कनकाई, शिवसताक्षी, गौरादह र दमक नगरपालिकामा करिब २० प्रतिशत कृषकले सुपारीखेती गर्दै आएका छन्। सुपारीका बिरुवाको माग बढेसँगै ती क्षेत्रमा व्यावसायिक नर्सरीसमेत सञ्चालनमा आएका छन्।

पछिल्लो समय पूर्वपश्चिम महेन्द्र राजमार्ग दक्षिणका कृषकले सुपारीखेती रुचाएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताए।

सुपारीखेतीको सबैभन्दा ठूलो विशेषता यसको दीर्घकालीन उत्पादन हो उनले भने, ‘बिरुवा रोपेको केही वर्षपछि नियमित उत्पादन सुरु हुन्छ र दशकौँसम्म आम्दानी दिइरहन्छ जसका कारण सुपारीखेतीमा झापाका कृषक आकर्षित हुने गरेका छन्।’

बुद्धशान्ति–५ का कृषक गजाधर पौडेलले १६ कठ्ठा क्षेत्रफलमा करिब ६०० सुपारीका बिरुवा लगाएका छन्। तीमध्ये करिब ५०० बिरुवाले उत्पादन दिइरहेका छन्। उनका अनुसार वार्षिक करिब दुई लाख ५० हजार बराबरको सुपारी बिक्री हुने गरेको छ।

अन्य बालीको तुलनामा सुपारी खेतीमा श्रम कम लाग्ने भएकाले यसबाट राम्रो प्रतिफल प्राप्त भइरहेको उनको अनुभव छ। जिल्लाका कतिपय कृषकले ठूलो क्षेत्रफलमा सुपारीखेती गरी वार्षिक आठदेखि १० लाखसम्म आम्दानी गरिरहेको बताइन्छ।

झापाका कृषकले सुपारीको बगानमा अदुवा, बेसार, कफी, केरा, तरकारी, खुर्सानी तथा अन्य नगदेबाली अन्तरबालीका रूपमा उत्पादन गर्दै आएका छन्। यसले एउटै जग्गाबाट वर्षभरि विभिन्न स्रोतबाट आम्दानी हुने वातावरण सिर्जना गरेको छ। सुपारीको बोटबीचको खाली स्थान सदुपयोग गर्न सकिने भएकाले उत्पादन लागत घट्ने र आम्दानी बढ्ने गरेको छ।

सुपारीखेती विस्तारसँगै बिरुवाको माग बढेको छ। बुद्धशान्ति, अर्जुनधारा र मेचीनगरमा व्यावसायिक नर्सरी सञ्चालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएको छ।

वुद्धशान्तिका कृषक आयुष निरौलाका अनुसार सुपारीको नर्सरी सञ्चालन गरेर पनि यहाँका युवाले राम्रो आयआर्जन गरिरहेका छन्। आफू स्वयं जापान जान लागेको थिए। उनले भने, ‘सुपारीखेती प्रति कृषकको झुकाव देखेपछि आम्दानी गर्न सकिने अठोटका साथ नर्सरी स्थापनामा लागेको हुँ अहिले मनग्य आम्दानी भइरहेको छ।’

बुद्धशान्ति–५ का कृषक चुडामणि न्यौपानेले सुपारीको नर्सरी सञ्चालनसँगै स्थानीयस्तरमै सुपारी प्रशोधन गर्दै आएका छन्। आधुनिक प्रशोधन प्रविधिको अभावका कारण गुणस्तरीय उत्पादनमा चुनौती रहेको उनको भनाइ छ।

उनले सरकारले प्रशोधन प्रविधि, रोग पहिचान, प्राविधिक सेवा तथा निर्यात प्रक्रियामा सहजीकरण गरिदिए सुपारी नेपालको महत्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने बताउँछन्।

नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०८० असारमा सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशभर चार हजार ११९ हेक्टर क्षेत्रफलमा सुपारीखेती गरिएको छ। त्यसमध्ये चार हजार १९ हेक्टर उत्पादनशील क्षेत्र रहेको छ। प्रतिहेक्टर औसत ३.६४ मेट्रिकटन उत्पादन हुने मन्त्रालयको तथ्याङ्क रहेको छ।

झापासम्बन्धी पछिल्लो विस्तृत सरकारी तथ्याङ्क उपलब्ध नभए पनि विगतका अध्ययनले जिल्लामा करिब दुई हजार हेक्टर क्षेत्रफलमा सुपारीखेती हुने गरेको देखाएको छ। कृषक र व्यवसायीका अनुसार पछिल्ला वर्षमा यो क्षेत्रफल अझ विस्तार भएको छ।

झापामा सुपारी उत्पादन बढे पनि प्रशोधन र बजारीकरणमा भने कृषकले विभिन्न समस्या भोग्दै आएका छन्। झापामा सुपारी प्रशोधन गर्ने सहकारी तथा निजी उद्योग स्थापना भए पनि आधुनिक प्रविधि पर्याप्त छैन।

बुद्धशान्ति–१ स्थित श्रीकृष्ण सुपारी सहकारी संस्थाले वार्षिक करिब ४०० क्वीन्टल प्रशोधित सुपारी बिक्री गर्ने गरेको जनाएको छ। सहकारीका पदाधिकारीका अनुसार बजारको माग स्थिर भए पनि गुणस्तरीय प्रशोधन उपकरण र निर्यात सहजीकरणको अभावले प्रतिस्पर्धात्मक क्षमता बढाउन कठिन भइरहेको छ।

कृषकहरूले भारतलगायतका बजारमा निर्यात प्रक्रियालाई सहज बनाउन तथा आधुनिक सुकाउने मेसिन, ग्रेडिङ र प्याकेजिङ प्रविधिमा सरकारी लगानी आवश्यक रहेको बताएका छन्।

सुपारीखेतीको व्यवसायीकरणका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्यक्रम सञ्चालनमा छ। यसअन्तर्गत सिँचाइ, नर्सरी व्यवस्थापन, प्रशोधन उपकरण, कृषक तालिम तथा प्राविधिक सहयोगका कार्यक्रम सञ्चालन भइरहेका छन्।

यसअघि ‘एक जिल्ला–एक उत्पादन’ कार्यक्रमअन्तर्गत झापालाई सुपारी उत्पादनको जिल्ला घोषणा गरिएको थियो। त्यसपछि ‘एक गाउँ–एक उत्पादन’ कार्यक्रममार्फत सुपारीखेती विस्तार गर्ने प्रयास भएको छ। जलवायु, माटो र पर्याप्त वर्षाका कारण झापा सुपारी उत्पादनका लागि नेपालको सबैभन्दा उपयुक्त जिल्लामध्ये एक हो। हात्ती प्रभावित क्षेत्रमा अन्य बाली बारम्बार नष्ट भइरहेका बेला सुपारीले कृषकलाई स्थिर नगद आम्दानी दिएको छ।

यद्यपि उत्पादनसँगै प्रशोधन, ब्रान्डिङ, गुणस्तर मापदण्ड, निर्यात तथा कृषि बिमामा प्रभावकारी नीति लागू गर्न सके सुपारी झापाको मात्र नभई नेपालको महत्वपूर्ण निर्यातयोग्य कृषि उपज बन्न सक्ने सम्भावना देखिएको छ।

बुद्धशान्ति–२ निवासी सुपारी कृषक रामप्रसाद उप्रेतीले ४० वर्ष अगाडि लगाएको सुपारी निरन्तर आम्दानी दिइरहेकाले अहिले आठ बिघा क्षेत्रफलमा सुपारीखेती गर्दै आएको बताउनुभयो। यहाँ उत्पादित सुपारी राज्यका तर्फबाट तेस्रो मुलुक पुर्‍याउन पहल गरिदिने हो भने झापावासीको मुख्य आम्दानीको स्रोत नै सुपारी बन्ने उनको भनाइ छ। आफूले पछिल्लो समय बिरुवा उत्पादन गरेर मनग्य आम्दानी गरिरहेको बताए।

बुद्धशान्ति–४ का कृषक रुद्रबहादुर भण्डारीले सुपारीको विरुवा उत्पादन गरेर अहिले मनग्य आम्दानी गरिरहेका छन्। उनले भण्डारी मल्टीप्रपोज एग्रो फार्म नै सञ्चालन गरेर सुपारीका बिरुवा उत्पादन र बिक्री वितरण गर्दै आएका छन्।

वन्यजन्तुबाट हुने क्षतिको जोखिम न्यून भएका कारण सुपारीखेती अहिले झापाका हात्ती प्रभावित क्षेत्रका कृषकका लागि केवल वैकल्पिक बाली मात्र होइन। दीर्घकालीन आर्थिक सुरक्षाको आधार बन्दै गएको छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
४४ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस