रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
२५ वैशाख २०८३
•
४ मिनेट पाठ
रोशीमा बाढी आउँदा बिपी राजमार्ग बन्द
बुधबार साँझदेखि अवरुद्ध बिपी राजमार्ग बिहीबार बिहान ८ः३० बजेदेखि सञ्चालनमा आएको थियो। त्यसको पाँच घण्टा नबित्दै राजमार्ग बन्द गराइयो र पुनः तीन घण्टापछि खुलाइयो। दिउँसो वर्षा हुन थालेपछि रोशी खोलामा सम्भावित बाढीको जोखिम बढ्नसक्ने भन्दै राजमार्ग बन्द गरिएको हो।




हालका दिनमा दैनिकजसो वर्षा हुँदा रोशी खोलामा बाढी आउनेबित्तिकै जिल्लास्थित सुरक्षा निकायले बन्द गराइएको सूचना सार्वजनिक गरिहाल्छन्। वर्षापछि रोशी खोलामा बाढी आइहाले बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको रोशी क्षेत्रमा बनाइएको अस्यायी डाइभर्सन बगाइहाल्छ। सोहीकारण पनि राजमार्ग अवरुद्ध हुने भएपछि केही हप्तादेखि अवस्था बुझेरमात्रै यात्रा गर्न सुरक्षा निकायले आग्रह गर्दै आएका छन्।

सङ्घीय राजधानी काठमाडौंलाई पूर्वी तराई तथा पहाडी जिल्लासँग जोड्ने छोटो दूरीका रूपमा रहेको बिपी राजमार्गमा वर्षाले अस्थायी डाइभर्सन बगाउँदा डेढ वर्षदेखि यात्रीले सास्तीपूर्ण यात्रा गर्दै आएका छन्। कतिपय यात्रु डाइभर्सनमा जोखिमपूर्ण यात्रा गरिरहेका हुन्छन् भने कहिलेकाहीँ यात्रु बाढीमा फस्दा यात्रु र सुरक्षा निकायलाई सुरक्षामा ठूलै चुनौती थपिएको देखिन्छ।

गत सोमबारको वर्षाका कारण बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका ८९ यात्रुको राति उद्धार गरियो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले पाँचवटा माइक्रो बसका ती यात्रुलाई मङ्गलबार दिउँसो १ः०० बजे सकुशल उद्धार गरी गन्तव्यतर्फ पठाइएको थियो।

वर्षात्पछिको बाढीले बिपी राजमार्गअन्तर्गत रोशी क्षेत्रमा बनाइएको अस्थायी डाइभर्सन बगाउन थालेपछि जिल्लास्थित सुरक्षा समितिको बैठकमार्फत सुरक्षा निकायले सोमबार साँझ ५ः०० बजेदेखिनै उक्त क्षेत्रमा आवागमन बन्द गराइएको थियो।

राजमार्ग बन्द गराउँदा गराउँदै यात्रीलाई जोखिमपूर्ण बनाएको जनाउँदै ती माइक्रोबसका पाँचै जना चालकलाई तत्कालै नियन्त्रणमा लिई प्रहरीले कारबाही थाल्यो। बाढीले सोमबार राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनलाई राजमार्गको प्रवेशमार्ग धुलिखेल तथा काभ्रेभन्ज्याङ र मङ्गलटार तथा सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गराइएको थियो।

विसं २०८१ असोज १० देखि १२ गतेसम्मको वर्षाको बाढीले बिपी राजमार्गको भकुण्डे (१ नम्बर पुल) बाट नेपालथोकसम्मको करिब १८ किलोमिटर सडक क्षतिग्रस्त बनेपछि सामान्य वर्षामा समेत नागरिकले यात्रा गर्दा सास्ती खेप्दै आउनुपरेको हो। 

बाढीले क्षति गरेको राजमार्ग पुनर्निर्माणको काम भइरहँदा पनि गत वर्ष वैशाखदेखि हालसम्मको एक वर्षको अवधिमा वर्षाका कारण पटकपटक राजमार्ग अवरुद्ध हुँदै आएको छ। रोशी खोलाको माथिल्लो क्षेत्र बनेपा, पनौती, धुलिखेल, बेथानचोलगायतका स्थानमा वर्षा हुँदा राजमार्गमा निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउँदा राजमार्ग अवरुद्ध हुने गरेको छ।

सोही कारण स्थानीय प्रशासनले समेत राजमार्गमा यात्रा गर्ने सवारीसाधन र यात्रुमा हुने जोखिम न्यूनीकरण गर्न स्थानीय राजमार्ग बन्द गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए। उनका अनुसार वर्षाको प्रक्षेपण वा वर्षा सुरु हुनेबित्तिकै राजमार्गको रोशी क्षेत्रमा यातायात सञ्चालनमा रोक लगाउनुपर्ने बाध्यता छ।

जिल्लास्थित सुरक्षा निकायको तथ्याङ्कअनुसार २०८२ वैशाख ५ देखि ६ गतेसम्म एक दिन, वैशाख १२ देखि १४ गतेसम्म डेढ दिन, साउन ४ गते करिब डेढ घण्टा, भदौ १२ गते करिब १२ घण्टा उक्त क्षेत्रमा सडक पूर्ण रूपमा बन्द रहेको थियो।

यस्तै जिल्ला सुरक्षा समितिको बैठकले गत वर्ष असार ६ गतेदेखि भदौ मसान्तसम्म, असोज महिनाको १६ देखि १८ गतेसम्म रातको समयमा यातायात बन्द गर्यो। सोही अवधिमा दिनमा वर्षा हुँदा पनि पटकपटक अवरुद्ध हुन पुग्यो।

यस्तै गत चैतको ७ गते चार घण्टा, १३ गतेदेखि १४ गतेसम्म एक दिन, चैत १५ गते चार घण्टा राजमार्ग पूर्ण रूपमा बन्द गराइएको थियो। वैशाख महिनामा १२ देखि १३ गतेसम्म एक दिन, १४ र १५ गते राति राजमार्ग पूर्ण रूपमा बन्द गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ। यस्तै वैशाख २१ गते दिउँसो केहीबेर खुल्यो भने दिउँसो बनेपा, पनौतीलगायतका क्षेत्रमा भारी वर्षा भएपछि फेरि बन्द गराइयो।

उक्त राजमार्गअन्तर्गत रोशी क्षेत्रको करिब चार किलोमिटर सडक खोलामै डाइभर्सन बनाएर यातायातका साधान सञ्चालनमा ल्याइएको हो। विशेषगरी रोशीको बाढीले रोशी क्षेत्रको चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुङ्गा, डालाबेँसी, बुलढुङ्गा तथा माम्तीमा गरी आठ स्थानमा क्षति पुर्याउने गरेको डिभिजन सडक कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

‘वर्षाले यी क्षेत्रमा डाइभर्सन बगाउँछ, पानीको बहव कम भएपछि पुनः बनाएर आवागमन नियमित गराइन्छ’, उनले भने। उनका अनुसार डेढ वर्षदेखि डाइभर्सन बनाउने उपकरणहरू सुरक्षित स्थानमा ‘स्ट्याण्डबाइ’ राख्ने गरिएको छ।

बिपी राजमार्गको भरपर्दो वैकल्पिक सडक नहुँदा राजमार्ग अवरुद्ध हुनेबित्तिकै सुरक्षा निकायलाई सवारीसाधन ‘होल्ड’ गर्नुपर्ने बाध्यता हुँदै आएको हो। बाढीले क्षतिग्रस्त बिपी राजमार्गको काभ्रेपलाञ्चोकतर्फ चार खण्डमा र सिन्धुलीतर्फ एक खण्डमा पुनर्निर्माणको काम भइरहेको छ।

गत सालको बाढीपहिरोले रागमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किमी सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो। हाल उक्त क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको कार्यालयले जनाएको छ।
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
२४ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस