तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै गोसाइँकुण्डमा शिविर
०३ भदौ २०८३
•
३ मिनेट पाठ
तीर्थयात्रीको स्वास्थ्यमा ध्यान दिँदै गोसाइँकुण्डमा शिविर
गोसाइँकुण्ड मेलामा सहभागी तीर्थयात्रीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राखी चार स्थानमा शिविर सञ्चालन गरिने भएको छ।




यही भदौ १२ गते जनैपूर्णिमाको दिन गोसाइँकुण्डमा भव्य मेला लाग्छ। मेला भर्न जाने श्रद्धालुको स्वास्थ ध्यानमा राखी स्वास्थ्य शिविरको आयोजना गर्न लागिएको हो।

कठिन उकालो, चिसो मौसम र उच्च भूभागमा यात्रा गर्नुपर्ने भएकाले धार्मिक आस्थासँगै स्वास्थ्य सुरक्षालाई आत्मासात् गर्दै शिविर आयोजना गर्न लागिएको रसुवा जनस्वास्थ्य अधिकृत नीरध्वज घर्तीमगरले बताए।

तीर्थयात्रीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन धुन्चे, चोलाङपाटी, लौरीविनायक र गोसाइँकुण्डमा स्वास्थ्य शिविर सञ्चालनको तयारी  गरिएको छ। धार्मिक यात्राको प्रवेशविन्दु मानिने शिव मन्दिर क्षेत्रमा पहिलो स्वास्थ्य परीक्षण गरिनेछ। त्यहाँ रसुवा अस्पताल तथा आयुर्वेदका चिकित्सकले स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधि वितरण गर्नेछन्।

यसैगरी, चोलाङपाटीमा नेपाली सेना श्रीश्रीनाथ गणले चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गर्नेछ। लौरीविनायकमा गोसाइँकुण्ड गाउँपालिकाले तथा गोसाइँकुण्डमा हिमालय उद्धार सङ्घले स्वास्थ्य शिविर सञ्चालन गर्ने तय भएको छ।

नेपाली सेना श्रीश्रीनाथ गणले चोलाङपाटीको स्वास्थ्य शिविरका अतिरिक्त चन्दनबारीमा समेत हेल्थ डेस्क स्थापना गरी स्वास्थ्य परीक्षण तथा प्राथमिक उपचार सेवा उपलब्ध गराउनेछ।

उच्च हिमाली क्षेत्रमा यात्रा गर्दा लेक लाग्ने समस्या, टाउको दुख्ने, वाकवाक लाग्ने, थकान तथा अन्य स्वास्थ्य समस्यामा तत्काल प्राथमिक उपचार र चिकित्सकीय परामर्श उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

गोसाइँकुण्ड समुद्र सतहबाट करिब चार हजार ३८० मिटरको उचाइमा पर्छ। उक्त स्थानमा जनैपूर्णिमाका दिन देशका विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री पुग्ने गर्छन्। गोसाइँकुण्डलाई भगवान् शिवसँग जोडिएको पवित्र धार्मिक तीर्थस्थलकाका रूपमा पूजा गरिन्छ।

जनैपूर्णिमाका अवसरमा यहाँ स्नान तथा पूजाआजा गर्न भारतबाट समेत तीर्थयात्री आउने गर्छन्। धार्मिक श्रद्धासँगै स्वास्थ्य सुरक्षालाई पनि प्राथमिकतामा राखेर यात्रा गरे गोसाइँकुण्डको पवित्र दर्शन र स्नानलाई थप सहज, सुरक्षित तथा स्मरणीय बनाउन सकिने स्वास्थ्यकर्मीहरूले बताएका छन्।

रसुवा अस्पतालका प्रमुख डा. अमित प्रजापतिले चिकित्सकको परामर्श अनुसार आफ्नो स्वास्थ्यको ख्याल गर्दै यात्रा गरे लौरीविनायकको कठिन उकालो पार गर्न सहज हुने बताए। वरिष्ठ सर्जन डा. सुनिल दासले उच्च लेकाली भूभागमा यात्रा गर्दा प्रशस्त पानी पिउने, विस्तारै हिँड्ने र हल्का तातो खानेकुरा सेवन गर्न सुझाएका छन्।

धार्मिक आस्थाका नाममा खाली पेट लामो उकालो नचढ्न तथा टाउको दुख्ने, वाकवाक लाग्ने वा शरीरमा कुनै किसिमको असहजता महसुस भए तत्काल चिकित्सकसँग परामर्श गरी औषधि सेवन गर्न उनले अनुराेध गरे।

यात्राका क्रममा लसुन, अदुवा, कागती लगायत परम्परागत घरेलु उपायले पनि सहज महसुस गर्न सहयोग गर्न सक्ने भए पनि चिकित्सकले सिफारिस गरेको औषधिलाई पहिलो प्राथमिकता दिन चिकित्सकहरूले सुझाव दिएका छन्।

हजारौँ तीर्थयात्रीको सम्भावित आगमनलाई ध्यानमा राख्दै स्वास्थ्य शिविरमार्फत यात्राको प्रारम्भदेखि नै स्वास्थ्य निगरानी र प्राथमिक उपचारको व्यवस्था मिलाइएको डा प्रजापतिले बताए।

तीर्थयात्राका क्रममा स्थानीयस्तरका स्वास्थ्य शिविरबाट उपचार सम्भव नभए जिल्ला अस्पताल धुन्चेसम्म ल्याउन नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीका उद्धारकर्मी परिचालनका लागि तयारी अवस्थामा रहेको गोसाइँकुण्ड क्षेत्र विकास समितिका संरक्षक एवं रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताए।

उनले तीर्थयात्रीलाई निर्धक्क भएर यात्रा गर्न र शरीरमा कुनै असहजता देखिए नजिकको स्वास्थ्य शिविरमा सम्पर्क गर्न आग्रह गरे।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
३ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २४ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock ३० मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस