घरायसी प्रयोजनका सामग्री कमसल भएको दाबीसहित उपभोक्ता अदालतमा मुद्दा पर्नु नौलो होइन तर विकास - निर्माणमा प्रयोग हुने औजार नै कमसल भएको जिकिरसहित उपभोक्ता अदालतमा पहिलो पटक मुद्दा परेको छ।
भोजपुरमा मुख्य कार्यालय रहेको कुन्सालिङ कन्स्ट्रक्सन प्रालिले निर्माणऔजार आपूर्तिकर्ता एम.ए. डब्लु नेपाल प्रालिविरुद्ध उपभोक्ता अदालतमा दायर गरेको मुद्दा अहिले चर्चामा छ। कुन्सालिङ कन्स्ट्रक्सन प्रालिले करिब ५८ लाख रुपैयाँमा खरिद गरेको ‘एमबी क्रसर बकेट’ नामक मेसिन आपूर्तिकर्ता एम.ए. डब्लु नेपाल प्रालिमार्फत किनेको थियो। आपूर्तिकता कम्पनीले भनेअनुसार ‘एमबी क्रसर बकेट’ ले काम नगरेको, त्यसबाट करोडौं रुपैयाँ बराबरको आर्थिक क्षति भएको र सडक आयोजना नै प्रभावित भएको दाबीसहित क्षतिपूर्ति माग राखेर कुन्सालिङ कन्स्ट्रक्सन प्रालिले उपभोक्ता अदालतमा मुद्दा दायर गरेको हो।
एमबी क्रसर बकेट जेसिबीमा जडान गरेर ढुंगा क्रस गरी गिटी उत्पादनमा प्रयोग गरिन्छ। कुन्सालिङले सरकारी सडक आयोजनामा प्रयोगका लागि यो उपकरण खरिद गरेको थियो। प्रतिघण्टा १४ घनमिटर गिटी उत्पादन गर्ने स्पष्ट प्राविधिक विवरणका आधारमा कुन्सालिङले आपूर्तिकर्ता एम.ए. डब्लु नेपालमार्फत उक्त उपकरण खरिद गरेको थियो तर प्रयोग गर्दा उपकरणको उत्पादन क्षमता करिब ६.५ देखि ७ घनमिटरमा सीमित रहेको कुन्सालिङको दाबी छ। यो केवल प्राविधिक त्रुटि मात्र नभई ‘भ्रामक विज्ञापन’ र ‘अनुचित व्यापारिक अभ्यास’ भएको दाबी पनि अभियोगपत्रमा गरिएको छ।
अभियोगपत्रमा उल्लेख भएअनुसार मेसिन खरिद गरेको पहिलो दिनदेखि नै प्रयोग गर्दा त्यसले भनेजति उत्पादन दिन सकेन। कुन्सालिङले तत्कालै आपूर्तिकर्तालाई यसबारे जानकारी गरायो। कुन्सालिङका अनुसार त्यसपछि आपूर्तिकर्ता कम्पनीबाट पटक–पटक प्राविधिक टोली साइटमा पठाइयो, टेस्टिङका नाममा मेसिन निष्क्रिय राखियो, मर्मत गरियो तर समस्या समाधान भएन, समस्या समाधानभन्दा समय लम्ब्याउने काम मात्र भयो।
कुन्सालिङले दुई वर्षसम्म विभिन्न माध्यमबाट समस्या समाधान गर्न खोजे पनि सफल हुन नसकेको जनाएको छ। उपकरण आपूर्तिकर्ता कम्पनी एम.ए. डब्लु नेपालले आफू ‘केवल विक्रेता’ भएकाले उत्पादन क्षमताको जिम्मेवारी लिन अस्वीकार गरेपछि अन्ततः बाध्य भएर कुन्सालिङ उपभोक्ता अदालत पुगेको हो। फिरादपत्र अनुसार आपूर्तिकर्ता कम्पनीले बारम्बार ‘भारतमा उपकरण निर्माता कम्पनीसँग सम्पर्क गर्नुस्’ भन्दै जिम्मेवारीबाट पन्छिए।
म्याङलुङ नगरपालिकाका इन्जिनियरले गरेको स्थलगत परीक्षणमा पनि उक्त उपकरणको उत्पादन क्षमता अपेक्षितभन्दा निकै कम रहेको प्रतिवेदनमा उल्लेख गरेका छन्। यो प्रतिवेदनले कुन्सालिङको दाबीलाई थप बल दिएको छ।
सडक स्तोरन्नति आयोजनाका लागि किनिएको उक्त उपकरणले राम्रो काम नगर्दा परियोजना प्रभावित बनेको कुन्सालिङको को भनाइ छ। परियोजनाको म्याद पटकपटक थप्दा लागत पनि बढेको उसको फिरादपत्रमा उल्लेख छ। कुन्सालिङका अनुसार सोही उपकरणको असफलताले सम्पूर्ण परियोजना व्यवस्थापन प्रणाली नै प्रभावित भयो।
फिरादपत्रको विवरणअनुसार उक्त उपकरणकै कारण झण्डै चार करोड रुपैयाँ प्रत्यक्ष आर्थिक क्षति बेहोर्नुपरेको कुन्सालिङको दाबी छ। आफूसँग भएको उपकरणले काम नगर्दा अन्य सामग्री किन्नुपरेको उसको भनाइ छ।
आर्थिक नोक्सानीबाहेक कुन्सालिङले अन्य गम्भीर असरहरू पनि भोग्नुपरेको फिरादपत्रमा उल्लेख गरेको छ। उसले व्यावसायिक प्रतिष्ठामा आँच आउनुका साथै मानसिक तनाव भोग्नुपरेको र नयाँ परियोजना गुमाउनु परेको दाबी गरेको छ। सबै हानिनोक्सानी गरी उसले सात करोड ४७ लाख ९८ हजार रुपैयाँ क्षतिपूर्ति भराउन माग गरेको छ।
यो मुद्दा केवल व्यापारिक विवाद होइन, उपभोक्ता अधिकारको महत्त्वपूर्ण परीक्षण पनि हो। कुन्सालिङले क्षतिपूर्तिका लागि विभिन्न कानुनी आधार पेस गरेको छ। नेपालको संविधानको धारा ४४ मा रहेको गुणस्तरीय वस्तु पाउने हक, उपभोक्ता संरक्षण ऐन २०७५, भ्रामक विज्ञापन र अनुचित व्यापारिक अभ्याससम्बन्धी प्रावधान, अन्तर्राष्ट्रिय नजिरहरू उल्लेख गरी उसले क्षतिपूर्ति माग गरेको देखिन्छ। यसले विक्रेताले भनेअनुसारको काम कुनै पनि उपकरण वा सामानले नदिए क्षतिपूर्ति तिर्नुपर्ने सिद्धान्तलाई बल दिन्छ।
नेपालमा अहिलेसम्म उपभोक्ता अदालतमा दायर हुने मुद्दा प्रायः खाद्य पदार्थमा मिलावट, औषधिको गुणस्तर, सेवा क्षेत्रमा लापरबाहीसँग सम्बन्धित छन् तर यो मुद्दा फरक छ। किनकि पहिलो पटक पूर्वाधार निर्माणसँग सम्बन्धित उपकरणलाई उपभोक्ता वस्तुका रूपमा परिभाषित गरिएको छ। यसले निर्माण व्यवसायीहरूलाई पनि ‘उपभोक्ता’ का रूपमा कानुनी संरक्षण दिन सक्ने बाटो खोल्न सक्छ।
यसबारे मुद्दामा प्रतिवादी बनाइएको आपूर्तिकर्ता कम्पनीको औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।
कुन्सालिङले यो मुद्दा केवल आर्थिक क्षतिपूर्ति प्राप्त गर्ने प्रयास मात्र नभएको जनाउँदै भनेको छ -यो हाम्रो विश्वास, हाम्रो समय र हाम्रो भविष्यको सवाल हो।
नेपालमा उपभोक्ता अधिकारको विषयमा यो मुद्दा एउटा मोड बन्न सक्ने देखिन्छ। घरायसी सामग्रीबाट सुरु भएको उपभोक्ता अधिकारको बहस अब देश निर्माण गर्ने औजारसम्म पुगेको छ।