वन्यजन्तुप्रति बद्लिँदो दृष्टिकोणः ‘बाघ र हात्ती’ अब आम्दानीको स्रोत
२३ वैशाख २०८३
•
६ मिनेट पाठ
वन्यजन्तुप्रति बद्लिँदो दृष्टिकोणः ‘बाघ र हात्ती’ अब आम्दानीको स्रोत
वन क्षेत्र विस्तार र वन्यजन्तुको सङ्ख्या वृद्धि भएसँगै बर्दिया जिल्लाको मध्यवर्ती क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व तीव्र बन्दै गएको छ।  




विशेषगरी बाघ र हात्तीको गतिविधि बढेपछि स्थानीय बासिन्दा जोखिमपूर्ण अवस्थाबाट गुज्रन बाध्य भएका छन्। वन्यजन्तुको आक्रमणमा पर्ने मुख्य कारणमा दैनिक जीविकोपार्जनसँग सम्बन्धित गतिविधिहरु देखिएका छन्। गाईबस्तु चराउन जाँदा, घाँस काट्न जाँदा र दाउरा वा अन्य वनपैदावर सङ्कलन गर्न जाँदा अधिकांश घटना भएका छन्।  

बर्दिया राष्ट्रिय निकुञ्जको तथ्याङ्कअनुसार पछिल्लो आठ वर्षमा वन्यजन्तुको आक्रमणबाट बर्दियाको बर्दिया राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा गरी ४३ वन्यजन्तुको मृत्यु भएको छ।  

यस्तै मानवीय क्षति, पशुधनको क्षति र अन्नबाली क्षति गरी सोही अवधिमा १३ हजार ५७१ वटा घटना निकुञ्जको तथ्याङ्कबाट देखिन्छ। अधिकांश घटना निकुञ्ज क्षेत्रभन्दा बाहिर वनको सिमानासँग जोडिएका बस्तीमा भएका छन्। करिब ८४ प्रतिशत आक्रमण वनको सिमानाबाट एक किलोमिटरभित्र भएका छन्।  

‘बाघ र हात्ती’ अब आम्दानीको स्रोत

वन्यजन्तुका कारण जोखिम बढेसँगै यस क्षेत्रमा पर्याप्त अवसर पनि देखिएको छ। बर्दियाको मधुवन नगरपालिका–१ डल्लास्थित डल्ला होमस्टेले पर्या–पर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्नुका साथै वन्यजन्तु संरक्षणलाई आयआर्जनसँग जोड्ने नमुना अभ्यास प्रस्तुत गरेको छ।  

यहाँका जैविक मार्ग होमस्टे सञ्चालक मङ्गल थारुले वन्यजन्तुलाई ‘समस्या’ होइन, ‘सम्पत्ति’ का रुपमा हेर्ने दृष्टिकोण विकास गर्दै ‘बाघ, गैँडा र हात्ती कमाउने’ जस्ता नवीन अवधारणामार्फत संरक्षण र समृद्धिको नयाँ आयाम देखाएका छन्।  

थारुका अनुसार डल्ला होमस्टेको स्थापना केवल पर्यटक आकर्षणका लागि नभई वन्यजन्तु र मानवबीचको द्वन्द्व न्यूनीकरण गर्ने उद्देश्यले गरिएको हो। ‘पहिले बाघ र हात्ती देख्दा डर लाग्थ्यो, अहिले तिनै वन्यजन्तु हाम्रो आम्दानीको आधार बनेका छन्’, उनले भने।  

उनका अनुसार ‘बाघ कमाउने’ अवधारणाअन्तर्गत रोयल पाटेबाघ अवलोकनका लागि आउने विदेशी पर्यटक लामो समयसम्म बस्ने र ठूलो खर्च गर्ने गरेका छन्। यसले होमस्टे, गाइड, यातायात र अन्य सेवामार्फत स्थानीयवासीलाई प्रत्यक्ष आम्दानी दिलाएको छ।

त्यसैगरी ‘हात्ती कमाउने’ अवधारणाले गाउँमा क्षति पुर्याउने जङ्गली हात्तीलाई संरक्षणमार्फत पर्यटनसँग जोड्ने प्रयास गरिएको छ। ‘घर भत्काउने हात्तीलाई जोगाएरै पर्यटक देखाउँदा हजारौँ रुपैयाँ कमाउन सकिन्छ’, थारुले भने। एकसिङ्गे गैँडाको अवलोकन र फोटोग्राफीका लागि आउने पर्यटकबाट हुने आम्दानीलाई समेत स्थानीयले गैँडा कमाइको रुपमा व्याख्या गर्ने गरेका छन्।  

डल्ला होमस्टेले स्थानीय सीप र स्रोतको उपयोगमार्फत उद्यमशीलता विकासमा योगदान पुर्याएको छ। यहाँ ‘इलिफेन्ट ग्रास’ (मुज) बाट बनेका ढकिया, टोपीलगायत हस्तकलाका सामग्री उत्पादन गरी पर्यटकलाई बिक्री गरिँदै आएको छ। यसबाट स्थानीय महिला विशेष रुपमा लाभान्वित भएको थारुले बताए।  

होमस्टेमा शतप्रतिशत अर्गानिक स्थानीय खाना पस्किने गरिएको छ। यसले कृषि उपजको खपत बढाउनुका साथै स्थानीयलाई कुक, हाउसकिपिङ र आतिथ्य सेवासम्बन्धी तालिम तथा रोजगारीका अवसर सिर्जना गरेको छ। पर्यटनको विकाससँगै गाउँमा ब्युटीपार्लर, हेयर कटिङलगायत अन्य सेवामूलक व्यवसाय पनि विस्तार हुँदै गएको थारुले जानकारी दिए।

खाता करिडोरअन्तर्गत पर्ने डल्ला क्षेत्रले बर्दिया राष्ट्रिय निकुञ्ज र कतरनियाघाट वन्यजन्तु आरक्षलाई जोड्ने जैविक मार्गका रूपमा काम गरेको छ। थारुका अनुसार यही करिडोर संरक्षणका कारण वन्यजन्तुको आवागमन सहज भएको र पर्यटन विकासमा टेवा पुगेको छ। थारुको अनुभवले वन्यजन्तु र मानवबीच सहअस्तित्व सम्भव मात्र नभई लाभदायक पनि भएको देखाएको छ। ‘यदि संरक्षणलाई आयसँग जोड्न सकियो भने बाघ र हात्ती शत्रु होइनन्, समृद्धिका आधार बन्न सक्छन्’, उनले भने।  

थारु जीवनशैलीमा परेको असर  

पछिल्ला वर्षमा बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, विशेषतः जङ्गली हात्तीको आक्रमणले यो समुदायको दैनिकी र सांस्कृतिक संरचनामा गम्भीर असर पार्न थालेको छ। बर्दियाको मधुवन नगरपालिका–१ पत्थरबोझीका मङ्गरु थारुको परिवार यस परिवेशको प्रतिनिधि उदाहरण बनेको छ। ५९ सदस्यीय ठूलो संयुक्त परिवारका रुपमा परिचित मङ्गरु थारुको परिवारले लामो समयदेखि एउटै आँगनमा बसोबास गर्दै आएको थियो।  

बुबाआमा, तीन दाजुभाइ र तिनका सन्तान मिलेर खेतीपाती, पशुपालन र घरायसी काम सामूहिक रुपमा सञ्चालन गर्ने परम्परा अझै जीवित रहेको उनले बताए। ‘हाम्रोमा सबै काम मिलेर हुन्छ, कसैको दुःखसुख छुट्टै हुँदैन’, उनले भने। थारु समुदायमा संयुक्त परिवार प्रणाली सामाजिक सुरक्षाको महत्वपूर्ण आधार मानिन्छ। एउटै घरमा धेरै पुस्तासँगै बस्दा श्रमको बाँडफाँट सहज हुने, आर्थिक भार कम हुने र पारिवारिक सम्बन्ध मजबुत हुने विश्वास गरिन्छ।  

परिवार विस्तारसँगै व्यवस्थापन चुनौतीपूर्ण हरदै गएको हुन्छ। मङ्गरुको परिवारले हालै अंशबण्डा गरी छुट्टाछुट्टै बसोबास सुरु गरेको छ। उनका अनुसार दाजुभाइका १२ छोरा गत माघी पर्वदेखि अलग भएका छन्। दुई जना सहर पसेका छन् भने १० जनाले पुख्र्यौली थलोमै अलगअलग घर बनाउन सुरु गरेका छन्। घरहरु एउटै क्षेत्रभित्रै निर्माण गरिएका छन्, घर निर्माणमा पारिवारिक सहकार्य रहेको छ।  

थारु समुदायको अंशबण्डा प्रणाली विशिष्ट मानिन्छ। सम्पत्तिको विभाजन गर्दा जमिन मात्र होइन, घरमा रहेको अन्न, काठ, इंँट्टा, भाँडाकुँडालगायत सबै सामग्री बराबरी रुपमा बाँडिने परम्परा रहेको खाता सामुदायिक वन समन्वय समितिको अध्यक्ष हरि गुरुङ बताउछन्। अझ गर्भमा रहेको शिशुलाई समेत भविष्यको सदस्य मानेर अंश छुट्याउने चलन रहेको गुरुङले जानकारी दिए।  

थारु समुदायको अर्को महत्वपूर्ण पक्ष भनेको ‘परमा’ अर्थात् सामूहिक श्रम प्रणाली हो। घर निर्माण, खेत रोपाइँ, बाली कटाइँ जस्ता कामहरू गाउँले मिलेर गर्ने प्रचलनले आर्थिक अभाव भएका परिवारलाई समेत सहज रुपमा जीवनयापन गर्न सहयोग पुर्याउँदै आएको छ। मङ्गरु भन्छन्, ‘हामीसँग पैसा नहुन सक्छ तर गाउँलेको साथ छ । घर बनाउँदा सबैले सहयोग गर्छन्।’

पछिल्ला वर्षहरूमा जङ्गली हात्तीको बढ्दो गतिविधिले यो जीवनशैलीमा चुनौती थपेको छ। पत्थरबोझी क्षेत्र खाता करिडोरभित्र पर्ने भएकाले भारत र बर्दिया राष्ट्रिय निकुञ्जबीच आवतजावत गर्ने हात्तीहरूको मुख्य मार्गमा पर्छ। यसका कारण यहाँका बासिन्दा निरन्तर त्रासमा बाँच्न बाध्य छन्।  

मङ्गरुका अनुसार हात्तीले पटक–पटक घर भत्काउने, अन्नबाली नष्ट गर्ने र रातिको समयमा बस्तीमा पस्ने गरेको छ। ‘राति सुत्नै डर लाग्छ, कहिले के हुन्छ थाहा हुँदैन’, उनले भने, ‘गत वर्षदेखि हात्ती नआएकाले अहिले घर निर्माण सुरु गरेका छौँ।’ हात्तीको आक्रमणका कारण कच्ची घरहरु टिक्न नसक्दा आर्थिक क्षति पनि बढ्दै गएको छ। पक्की घर निर्माण गर्न पर्याप्त स्रोत नभएकाले अधिकांश परिवारहरु अझै जोखिमपूर्ण अवस्थामा बसिरहेका छन्।  

थारु समुदाय परम्परागत रूपमा माटो, बाँस र काठ प्रयोग गरी घर निर्माण गर्ने गर्छ। यस्ता घर वातावरण अनुकूल भए पनि जङ्गली जनावरको आक्रमणबाट सुरक्षित हुँदैनन्। यसले मानव–वन्यजन्तु द्वन्द्वलाई थप जटिल बनाएको छ।  

खाता सामुदायिक वन समन्वय समितिको अध्यक्ष गुरुङका अनुसार मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना सञ्चालनको प्रयास गरिएको छ। कोरिडोर व्यवस्थापन, विद्युतीय बार, चेतनामूलक कार्यक्रम र वैकल्पिक जीविकोपार्जनका उपायहरु लागू गरिएको छ। यसबाहेक वन्यजन्तु प्रभावित क्षेत्रमा रहेका चार हजार १९५ घरधुरीको बिमा गरिएको उनले जनाए।  

निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत डा अशोककुमार रामका अनुसार बढ्दो मानव–वन्यजन्तु द्वन्द्व, जलवायु परिवर्तन र पूर्वाधार निर्माणबाट बासस्थानमा ह्रास र संरक्षित सीमाभित्र व्यावसायिक विकासका लागि जोडजस्ता खतराको सामना निकुञ्जले गरिरहेको छ।  

निकुञ्जले वन्यजन्तु जोगाउने कार्यको साथै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनमा जोड दिएको निकुञ्जका प्रमुख डा रामको भनाइ छ। उनका अनुसार मानव–वन्यजन्तु व्यवस्थापनअन्तर्गत तत्कालीन तथा दीर्घकालीन उपायहरु अवलम्बन गरिँदै आएको छ। रासस
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
३६ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस