भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायण नगरपालिका क्षेत्र सबैभन्दा बढी विपद्को जोखिममा रहेको जनाइएको छ। भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी भण्डारीले पहाडी क्षेत्रमा रहेकोले यो नगरपालिका विपद् जोखिमको हिसाबले सबैभन्दा जोखिमयुक्त भएको बताए। यो नगरपालिकाका वडा नं १ देखि ९ सम्मका क्षेत्र उच्च जोखिममा रहेको उनले बताए।
जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले भक्तपुरमा सम्भावित विपद्का क्षेत्रहरूको पहिचान गरी तयारी अवस्थामा रहन बसेको सर्वदलीय बैठकमा जिल्लामा मनसुनजन्य विपद् डुबान, पहिरो, बाढी, भूकम्प, आगलागी, महामारी, आँधीबेहरी र हावाहुरी, चट्याङ जस्ता क्षेत्र विपद्को जोखिमयुक्त भएकोले विपद्को समयमा तयारी अवस्थामा रहन निर्देशन दिएको थियो। जिल्लाका चार स्थानीय तहहरू भक्तपुर, सूर्यविनायक, चाँगुनारायण र मध्यपुर थिमि, राजनीतिक दल र सुरक्षाकर्मी तथा विभिन्न सरकारी कार्यालयलाई विपद् व्यवस्थापनसँग सरोकार राख्ने व्यक्ति बैठकमा सहभागी थिए।
विपद् आएमा २४ घण्टा तयारी अवस्थामा रहन प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले निर्देशन दिए। विपद्को समयमा धनजनको क्षति हुन नदिन र महामारीजन्य रोगहरू फैलिन नदिन सतर्कता अपनाउनुपर्ने सरोकारवाला निकायले जोड दिए। विपद्को समयमा खेती, अन्न तथा भण्डारण गरिएको बीउ नष्ट भई अर्को बाली उत्पादनमा बीउको अभाव, लगानीका लागि पूँजीको अभाव भई खाद्य संकट हुन सक्ने सरोकारवालाले बताए।
भूमिहीन, साना कृषक र विपन्न समुदाय बढी प्रभावित हुन सक्ने, उर्वर जमिन कटानबाट अनुत्पादक हुन सक्ने, पशु, चौपाया र ग्रामीण जीविकोपार्जनमा नोक्सानी हुन सक्ने, बाढीबाट सहरी तथा ग्रामीण पूर्वाधार संरचना भत्किन गई तत्कालीन सेवाबाट समुदाय वञ्चित हुन सक्ने, आवतजावत अवरुद्ध हुन सक्ने, सञ्चार, पुल, सिँचाइ र खानेपानी सरसफाइ आदि पूर्वाधारको अवस्था बिग्रन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिइएको थियो।
जिल्लाको चाँगुनारायण नगरपालिका विपद् व्यवस्थापन इकाई प्रमुख दिनेश थापाले नगरपालिकाले विपद् प्राधिकरणले उल्लेख गरेको मापदण्ड पूरा गर्ने गरी तयारी अवस्थामा रहेको जानकारी गराए। ‘२०८१ को क्षतिग्रस्त स्थानको पुनर्निर्माण, नदी फराकिलो पार्ने काम, तब्याखुशी, घट्टे खोला फराकिलो पारिएको जनाए। तारजाली वितरण गरी बाढीको जोखिम न्यूनीकरण, खोलाले क्षति गर्न सक्ने ठाउँमा बाँध (राइटोल, मनोहरा खोला नेक पुल), डोजर लगाई खोला, कुलो, सफा गर्ने काम, खोज उद्धार सामग्री भण्डारण, विपद् व्यवस्थापन स्वयंसेवक, नगर प्रहरी, डोजर, बोरा, त्रिपाल, प्लास्टिक भण्डारण रहेको जानकारी गराए।
मनसुन पूर्व तयारी तथा प्रतिकार्य योजना, न्यून लागतमा सम्पन्न हुने जोखिम न्यूनीकरणका काम सुरु गरेको, मनसुनजन्य विपद् सम्बन्धी जनचेतनामूलक सन्देश माइकिङ र प्रसारण, स्वयंसेवकको मेसेन्जर समूह गठन, नगरपालिकाको फेसबुक पेज र अन्य सामाजिक सञ्जालबाट सूचना सन्देश प्रसारण गरिरहेको जानकारी उनले दिए। पहिरो गएका खतरायुक्त ठाउँमा खतराको संकेतसहितको टेप डोरीले छेकबार, विपद् प्रभावितलाई राहत वितरणलगायतका कार्य पनि गर्दै आएको उनले जानकारी गराए।