रौतहटमा नागरिकता सेवामै सास्ती : सहायक सिडिओ यादवले सेवाग्राहीलाई दुःख दिएको आरोप
२७ साउन २०८३
•
३ मिनेट पाठ
रौतहटमा नागरिकता सेवामै सास्ती : सहायक सिडिओ यादवले सेवाग्राहीलाई दुःख दिएको आरोप
जिल्ला प्रशासन कार्यालय रौतहटमा नागरिकता लगायतका अत्यावश्यक प्रशासनिक सेवा लिन पुग्ने सेवाग्राहीले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो बढ्दै गएको पाइएको छ।




जिल्ला प्रशासन कार्यालय गौरमा नागरिकता प्रमाणपत्र तथा प्रतिलिपि लिन आउने सेवाग्राहीलाई सहायक प्रमुख जिल्ला अधिकारी जीतेन्द्रकुमार यादवले सहज रूपमा सेवा नदिएको आरोप लागेको छ।

आवश्यक कागजात र प्रमाण पूरा गरेर जिल्ला प्रशासन कार्यालय गौर पुग्दा समेत पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था रहेको सेवाग्राहीको गुनासो छ।

सहायक प्रमुख जिल्ला अधिकारी यादवले कार्यालयमा उपस्थित हुँदा समेत समयमै सेवा प्रवाह नगर्ने तथा हाजिर गरेर बाहिरिने गरेका कारण नागरिकता लगायतका प्रशासनिक सेवा लिन कठिनाइ भइरहेको आरोप लाग्न थालेको छ।

दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ का राजेश कापडले नागरिकताको प्रतिलिपि लिन जिल्ला प्रशासन कार्यालय पुग्दा थप कागजातका रूपमा आफ्ना बुवाको मृत्यु दर्ता प्रमाणपत्र मागिएको बताए।

उक्त प्रमाणपत्रका कारण आफू २० दिनदेखि प्रशासन कार्यालय धाइरहेको उनको गुनासो छ।

त्यस्तै, दुर्गा भगवती गाउँपालिकाकी फुलकुमारी देवीले नागरिकता प्रमाणपत्रका लागि एक महिनादेखि जिल्ला प्रशासन कार्यालय धाउँदा समेत सेवा पाउन नसकेको आरोप लगाइन्।

अत्यावश्यक सरकारी सेवा लिन लामो समयसम्म कार्यालय धाउनुपर्ने बाध्यताले सेवाग्राहीमा निराशा बढेको उनीहरूको भनाइ छ।

यसैबिच संविधानसभा सदस्य बबन सिंहले आफ्ना सामाजिक सञ्जालमार्फत सहायक प्रमुख जिल्ला अधिकारी यादवको कार्यशैली प्रति विरोध जनाउँदै गृह मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

उनले रौतहटका नागरिकले लामो समयदेखि नागरिकता लिन सास्ती खेप्नुपरेको भन्दै सरकारको मौनतामाथि प्रश्न उठाएका छन्।

संविधानसभा सदस्य सिंहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘गृहमन्त्रीज्यू, नेपाली जनतालाई यस्तै ८ महिनादेखि नागरिकता लिन दुःख दिँदा जनतामा निराशाबाहेक कुनै विकल्प छ? नेपाली नागरिक अपराधी र आतंकवादीभन्दा सुरक्षाकर्मी र प्रशासनबाटै लुट्ने र दुःखबाहेक कुन विकल्प? रौतहटमा कर्मचारीबाटै दुःख दिएपछि सरकारको मौनताले के दर्साउँछ?’

नागरिकता प्रमाणपत्र संविधान र प्रचलित कानुनले सुनिश्चित गरेको नागरिकको आधारभूत अधिकारसँग प्रत्यक्ष जोडिएको अत्यावश्यक प्रशासनिक सेवा हो।

यस्तो सेवा प्राप्त गर्न सेवाग्राहीले अनावश्यक रूपमा पटक–पटक कार्यालय धाउनुपर्ने अवस्था सिर्जना हुनु प्रशासनिक सेवा प्रवाहमाथि नै गम्भीर प्रश्न बन्ने देखिन्छ।

सेवाग्राहीले नागरिकता, प्रतिलिपि तथा अन्य प्रशासनिक सेवा सहज, छिटो, पारदर्शी र झन्झटरहित रूपमा उपलब्ध गराउन सम्बन्धित निकायले तत्काल अनुगमन गरी आवश्यक सुधार गर्न माग गरेका छन्।

सहायक प्रमुख जिल्ला अधिकारी यादवमाथि सेवाग्राहीले लगाएको आरोपबारे आधिकारिक प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि उनी सम्पर्कमा आउन चाहेनन्।

जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाह, कर्मचारीको जबाफदेहिता र नागरिकमैत्री प्रशासनको कार्यान्वयन बारे गम्भीर प्रश्न उठाएको छ।

गृह प्रशासनको नेतृत्वले यस्ता गुनासाको निष्पक्ष छानबिन गरी दोषी देखिए कारबाही र सेवाग्राहीलाई सहज सेवा सुनिश्चित गर्ने कदम चाल्नुपर्ने देखिन्छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ मिनेट अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३२ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस