स्वउद्यममा संलग्न हुने तथा वैदेशिक रोजगारीमा जाँदा सीप चाहिने प्रकृतिका व्यक्तिलाई लक्षित गरी ताप्लेजुङ सदरमुकाम फुङलिङमा ‘ब्रिहब कफी तालिम केन्द्र’स्थापना भएको छ । तालिम केन्द्रका मुख्य सञ्चालक दीपेश गुरुङका अनुसार गुणस्तरीय कफीको बिक्री, गुणस्तरीय कफी संकलन तथा कफी बनाउने तरिका बारे सीप हस्तान्तरणसहितका लक्ष्य राखेर तालिम केन्द्र स्थापना गरिएको हो ।
वीरेन्द्रचौकस्थित मानव डेन्टल अस्पताल र बुङकुलुङ डेरी उद्योगबिच भागबाट हुलाक लाइनतर्फ झर्ने बाटोको मुख्य सडकको केन्द्रमै तालिम केन्द्र सञ्चालनमा आएको छ ।
सोमवारदेखि सुरु भएको तालिमको पहिलो दिन १३ जनाले तालिमका लागि नाम लेखाएको र अरु नामदर्ताको प्रकृया सुरु गरिएको केन्द्रका सञ्चालक गुरुङले जानकारी दिए । कफी बनाउने तथा बिक्री स्थलमै लैजाने तरिका बारे ४० दिनको सिकाई कक्षा निर्धारण गरिएको छ ।
यो अवधि भनेको सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै दिने समय हो । ४० दिनमा दिनको दुई घण्टाको दरले कक्षा सञ्चालन गरी सैद्धान्तिक तथा व्यवहारिक सीप हस्तान्तरण गरिने गुरुङले बताए ।
तालिममा कफीको रोष्टरिङ विधिसमेत सिकाउने गरिन्छ । विदेशमा जानेको सीप विकासका लागि पनि यो उपयोगी हुने विश्वास गरिएको छ ।