नौबस्ता घटनाबारे आयोग- बालबन्दी मृत्यु प्रकरणमा स्थानीय प्रहरी प्रशासनमाथि मौनता
१४ जेष्ठ २०८३
•
५ मिनेट पाठ
नौबस्ता घटनाबारे आयोग- बालबन्दी मृत्यु प्रकरणमा स्थानीय प्रहरी प्रशासनमाथि मौनता
राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक गरेको ‘नवयुवा (जेनजी) आन्दोलन’ सम्बन्धी अनुसन्धान प्रतिवेदनमा बाँकेको नौबस्ता बाल सुधार गृह घटनालाई समेटिए पनि स्थानीय प्रशासन, प्रहरी नेतृत्व र सुधार गृह व्यवस्थापनमाथि स्पष्ट कारबाही सिफारिस नगरेपछि प्रश्न उठ्न थालेका छन्।




जेन-जी आन्दोलनमा काठमाडौंपछि सबैभन्दा धेरै क्षति बाँकेले व्यहोर्नुपरेको थियो, तर प्रतिवेदनमा विस्तृत विवरण नआई अपुरो मात्रै आएको यहाँका अधिकारकर्मीले बताए।

आयोगको प्रतिवेदनमा २०८२ भदौ २५ गते नौबस्ता बाल सुधार गृहमा भएको गोलीकाण्डमा पाँचजना बालबन्दीसहित देशभरि १० जना कैदीबन्दीको मृत्यु भएको उल्लेख छ।

प्रतिवेदनअनुसार देशभर फैलिएको हिंसात्मक घटनापछि कारागार तथा बाल सुधार गृहहरूमा तनाव बढेको र बन्दी भाग्ने प्रयास गर्दा सुरक्षा फौजले गोली चलाउँदा मृत्यु भएको हो।

प्रतिवेदनमा नौबस्ता बाल सुधार गृहमा मृत्यु भएका उमेश विष्ट, भोविन्द्रबहादुर खत्री, विनेश घर्ती मगर, जगत देउजा र समीर थापाको नाम उल्लेख गरिएको छ, तर यसअघि जेनजी आन्दोलनबारे छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगसमक्ष तत्कालीन प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले नौबस्ता कारागारमा ‘हवाई फायर मात्रै भएको’ बयान दिएका थिए।

कार्की आयोगलाई दिएको लिखित बयानमा उनले २४ गते राति अपरिचित नम्बरबाट नौबस्ता कारागारमा गोली चलेको सूचना आएको तर जिल्ला प्रहरी कार्यालयका अधिकारीसँग बुझ्दा ‘केही राउन्ड हवाई फायर मात्रै भएको’ जानकारी पाएको उल्लेख गरेका थिए।

त्यसबखत सुरक्षा निकायले पनि बालबिज्याइँकर्ताको मृत्यु गोली लागेर नभई भागदौडका क्रममा चोट लागेका कारण भएको दाबी गरेको थियो, तर राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनले भने बालबिज्याइँकर्ताको मृत्यु सुरक्षाकर्मीको गोली लागेर भएको स्पष्ट उल्लेख गरेको छ।

जेन-जी आन्दोलनका बेला बाँकेका प्रमुख जिल्ला अधिकारीमा धर्मराज जोशी, जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखमा रामप्रसाद घर्ती थिए।

यद्यपि, मानव अधिकार आयोगको प्रतिवेदनमा बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, बाल सुधार गृह प्रमुख वा स्थानीय प्रशासनिक संरचनाको भूमिकाबारे प्रत्यक्ष कारबाही सिफारिस भने भेटिँदैन।

प्रतिवेदनमा तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रूपमा उल्लेख गरिएको छ। बाँकेका मानव अधिकारकर्मी वसन्त गौतमले आयोगको प्रतिवेदनमा बाँके घटनालाई ‘संक्षिप्तरूपमा मात्र समेटिएको’ टिप्पणी गरेका छन्।

उनका अनुसार नौबस्ता बाल सुधार गृहमा राज्यको संरक्षणमा रहेका बालकमाथि गोली चलाएर मृत्यु हुनु गम्भीर र संवेदनशील विषय भए पनि आयोगले त्यसको गहिरो अनुसन्धान गर्न सकेको देखिँदैन।

‘अन्य कारागारबाट बयस्क कैदीबन्दी भाग्दासमेत संयमता अपनाइने अवस्थामा बाल सुधार गृहजस्तो संवेदनशील स्थानमा सिधै गोली चलाउनुपर्ने अवस्था कसरी आयो भन्ने विषयमा प्रतिवेदनले गम्भीर प्रश्न उठाउनुपर्ने थियो’, गौतमले भने, ‘के बल प्रयोग अनिवार्य थियो ? त्यो न्यायोचित थियो कि थिएन ? यी आधारभूत प्रश्न नै प्रतिवेदनमा कमजोर देखिन्छन्।’

उनले राज्यको नियन्त्रण र संरक्षणमा रहेका बालबालिकाको जीवन रक्षा गर्नु राज्यको पहिलो दायित्व भएको भन्दै स्थानीय प्रशासन, सुरक्षाकर्मी र सुधार गृह सुरक्षा संयन्त्र नै घटनाका मुख्य जिम्मेवार भएको बताए।

‘सुधार गृहको आन्तरिक तथा बाह्य सुरक्षा कमान्ड सम्हाल्ने अधिकारी, फिल्डमा खटिएका सुरक्षाकर्मी र समग्र स्थानीय प्रहरी–प्रशासनले कानुनी र नैतिक जवाफदेहिता लिनुपर्छ’, उनले भने।

‘स्थानीय अधिकारीहरूको भूमिका नखुलाइनुले प्रतिवेदन अपूरो भएको टिप्पणी गर्न मिल्छ’, उनले भने, ‘सत्यतथ्य बाहिर ल्याउन स्वतन्त्र न्यायिक वा संसदीय छानबिन आवश्यक छ।’

गौतमले गोली चलाउने निर्णय प्रक्रिया र ‘कमान्ड चेन’ माथि छुट्टै निष्पक्ष अनुसन्धान आवश्यक रहेको पनि बताए।

‘सुरक्षा निकायले बल प्रयोग गर्दा अन्तर्राष्ट्रिय मानव अधिकार सिद्धान्तअनुसार आवश्यकता र समानुपातिकताको सिद्धान्त पालना गर्नुपर्छ’, उनले भने, ‘घातक बल प्रयोग अन्तिम विकल्प हुनुपर्छ। गोली चलाउने आदेश कसले दियो ? परिस्थितिको मूल्यांकन कसरी भयो ? यसको निष्पक्ष छानबिन आवश्यक छ।’

राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंका घटनालाई विस्तृतरूपमा अनुसन्धान गरे पनि मोफसलका घटनालाई प्राथमिकतामा नराखेको उनको आरोप छ।

‘काठमाडौंका घटनालाई जति गम्भीरताका साथ अध्ययन गरियो, बाँकेका घटनालाई त्यति प्राथमिकता दिइएन’, गौतमले भने, ‘नौबस्ता बाल सुधार गृहमा बालकहरूको मृत्यु, सरकारी कार्यालयमा आगजनी, तोडफोड र लुटपाटजस्ता गम्भीर घटनामाथि विस्तृत अनुसन्धान हुनुपथ्र्यो।’

आयोगको प्रतिवेदनमा २४ गते देशभरका ३६ वटा कारागारमा तोडफोड तथा आगजनी भएको र २८ वटा कारागारबाट कैदीबन्दी भागेको उल्लेख छ।

त्यसपछि २५ गते बाँकेको नौबस्ता बाल सुधार गृह, रामेछाप र धादिङ कारागारमा सुरक्षाफौजको गोली लागेर १० जना कैदीबन्दी तथा बालबन्दीको मृत्यु भएको प्रतिवेदनमा उल्लेख गरिएको छ।

गौतमका अनुसार सार्वजनिक प्रतिवेदन हेर्दा स्थानीय प्रशासन, सुरक्षा निकाय र सुधार गृह व्यवस्थापनको भूमिकाबारे पर्याप्त छानबिन भएको देखिँदैन।

‘यति ठुलो मानवीय र भौतिक क्षति हुँदा पनि स्थानीय तहका कमजोरी र जवाफदेहिताको प्रश्न प्रतिवेदनमा पर्याप्त रूपमा समेटिएको छैन’, उनले भने।

बाल सुधार गृहभित्र गोली चलाउनुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषयमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग पनि उनले गरेका छन्।

मृतक बालबन्दी र कैदीबन्दीका परिवारले अझै न्यायको अनुभूति गर्न नसकेको उनको भनाइ छ। ‘पीडित परिवारलाई अझै ‘भागेका कैदी’ को दृष्टिले हेरिएको गुनासो छ’, गौतमले भने, ‘उनीहरूलाई अन्य पीडितसरह राहत र क्षतिपूर्तिसमेत नदिइनु दुःखद् हो।’

मानव अधिकारको दृष्टिकोणले हिरासतमा रहेका व्यक्तिमाथि घातक बल प्रयोग संवेदनशील विषय भएको उनले बताए। गौतमले नेपालका अधिकांश बाल सुधार गृहको सुरक्षा र व्यवस्थापन अवस्था कमजोर रहेको पनि औंल्याए।
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस