तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
०९ मंसिर २०८३
•
५ मिनेट पाठ
तीन पुस्ता नै नागरिकताविहीन हुने चिन्ता
पम्फा दर्जीले विवाह गर्दा श्रीमान्को थातथलोबारे सोधखोज गरिनन्। जीवन निर्वाहका लागि सिलाइ सीप र श्रीमान्को साथ पर्याप्त थियो। तर, श्रीमान्को मृत्युपछि उनको जीवनमा पहिचान र नागरिकताको प्रश्न खडा भयो।




नेपालमै जन्मिएकी पम्फा आफ्नै देशमा नागरिकताविहीन हुनुपर्दाको पीडासँग सङ्घर्ष गरिरहेकी छिन्। उनको पीडा आफूमा मात्र सीमित छैन। छोराछोरी र नातिनातिनाले समेत नागरिकताविहीन हुनुपर्ने अवस्था आएपछि उनी थप चिन्तित छिन्। उनी भन्छिन्, ‘हामी तीन पुस्ता नै अनागरिक हुने भयौँ।’

पम्फाका अनुसार उनको माइती गाउँमा घुम्दै आएका एक युवकसँग विवाह भएको थियो। १० सन्तानमध्ये जेठी उनको परिवार गरिबीको चपेटामा थियो। लुगा सिलाउन सिपालु युवकले परिवार पाल्न सक्ने ठानेर आमाबुबाले उनको विवाह गरिदिएका थिए। 

‘केटो सिलाउन सिपालु छ, पाल्छ भनेर बिहे गरिदिनुभयो,’ पम्फाले भनिन्, ‘न घर कहाँ भनेर माइतीले सोधे, न मैले नै सोधेँ।’ त्यसपछि सिलाइ र मजदुरी गर्दै उनको दाम्पत्य जीवन बित्यो।

रोजगारीको सिलसिलामा ३५ वर्षअघि काठमाडौं आएकी पम्फाका श्रीमान्को मृत्यु भएको दुई दशकभन्दा बढी भइसकेको छ। 

नागरिकता नहुँदाको समस्या उनले त्यतिबेला अझ बढी भोग्नुपर्‍यो, जतिबेला छोराछोरीको नागरिकता र जन्मदर्ता पनि बनाउन सम्भव भएन। अहिले नातिनातिनाको जन्मदर्ता नहुँदा उनीहरू विद्यालय जानबाट पनि वञ्चित छन्।

‘आखिर म पनि यही देशको नागरिक हुँ। मेरो जन्मथलो यही देश हो। मेरो नागरिकता किन बन्दैन ? बुझ्नै सकिनँ,’ उनले भावुक हुँदै भनिन्।

नातिनातिनासम्म नागरिकताविहीन हुनुपर्ने अवस्था आउने हो कि भन्ने चिन्ताले पम्फालाई सताइरहेको छ। त्यसैले उनी छोराछोरी र नातिनातिनाको नागरिक पहिचानका लागि हारगुहार गरिरहेकी छिन्।

उनका अनुसार उनको जन्म २०२५ सालमा भएको हो। आफूले नागरिकता नहुँदा भोग्नुपरेको सास्ती पछिल्लो पुस्ताले भोग्न नपरोस् भन्ने उनको चाहना छ।

‘दुई छोराको नागरिकता नहुँदा न रोजगारी पाएका छन्, न पढ्न नै। बैङ्क खाता खोल्ने अवसरबाट समेत वञ्चित छौँ,’ उनले भनिन्। 

ज्यामी काम गरेर गुजारा गर्ने छोराहरूले नागरिकता नभएकै कारण त्यही काम पनि गुमाउनुपरेको उनको भनाइ छ।

नागरिकता नहुँदा परिवारको रोजीरोटी खोसिनाका साथै राज्यबाट उपलब्ध हुने विभिन्न सुविधाबाट समेत वञ्चित हुनुपरेको उनले बताइन्।

माइतीपट्टिबाट नागरिकता बनाउने प्रयास पनि नगरेको होइन। तर, विवाह गरेर गएकी छोरीको नागरिकता माइतीबाट नबन्ने भन्दै स्थानीय निकायले फर्काएपछि उनी निराश भएर काठमाडौं फर्किइन्।

‘श्रीमान् बितेपछि नागरिकता बनाउनुपर्छ भनेर माइती गएँ। तर, त्यहाँ श्रीमान्तिरैबाट बनाऊ भन्दै फिर्ता पठाए। श्रीमान्को थातथलो थाहा छैन। अब कहाँ जाऊँ?’ उनले भनिन्।

हाम्रो नागरिकता कहिले बन्छ ?

सडक बालबालिकाका रूपमा जीवन बिताएका सञ्जय राई किशोरावस्थामा पुग्दासमेत नागरिकताविहीन छन्। आफन्तको पहिचान नभएका कारण उनले नागरिकता बनाउन सकेका छैनन्।

जसोतसो तेक्वान्दो खेलाडी बनेका उनले विद्यालयमा प्रशिक्षण दिने काम पनि पाए। तर, नागरिकता नहुँदा पारिश्रमिक लिन समस्या भएको उनले बताए।

उनले सञ्चालन गर्दै आएको टिकटक खाता पनि अरूकै नाममा छ। उक्त खातामा आएका पाँच लाख रुपैयाँ पनि अरूले नै राखेको उनको गुनासो छ। आफूले प्रयोग गर्ने मोबाइलको सिमकार्ड पनि अरूकै नाममा लिन बाध्य भएको उनले बताए।

‘नागरिकता नहुँदा बैङ्क खाता खोल्नसमेत नसक्नुजस्तो विडम्बना अरू के हुन्छ ?’ उनले प्रश्न गरे।

साथसाथ संस्थाको सहयोगमा प्रतिनिधिसभाका सांसदहरूसँग उनले प्रश्न गरे, ‘सांसदज्यू, हाम्रो नागरिकता कहिले बन्छ ?’

सञ्जयजस्तै नागरिकताविहीन छिन् अञ्जु गुरु। उनले बाल्यकाल पशुपति क्षेत्रमा सडकमा बिताइन्। किशोरावस्थामा विवाह गरेकी अञ्जुका श्रीमान् पनि सडक मानव हुन्। श्रीमान्–श्रीमती दुवैसँग नागरिकता छैन।

‘नागरिकता भए रोजगारी पाउने थिएँ। भविष्य उज्ज्वल हुन्थ्यो। अहिले अँध्यारोमा बाँचिरहेका छौँ। न पहिचान छ, न सम्मान नै,’ उनले भनिन्।

साथसाथ संस्थाले हालै सडक बालबालिकासम्बन्धी गरेको सर्वेक्षणअनुसार १५० जना सडक बालबालिकामध्ये ९३ प्रतिशतलाई जन्मदर्ताबारे जानकारी छैन।

अधिकांशले जन्मदर्तालाई मौलिक अधिकारभन्दा पनि नागरिकता र रोजगारी प्राप्त गर्ने माध्यमका रूपमा बुझ्ने गरेको सर्वेक्षणको निष्कर्ष छ।

सर्वेक्षणमा अभिभावकका कागजात नभएका ६५ प्रतिशत, बाबुको पहिचान नभएका तथा बेपत्ता भएका र वैवाहिक अवस्थासँग जोडिएका घटना ३५ प्रतिशत रहेको उल्लेख छ।

त्यस्तै, ४५ प्रतिशतसँग कुनै पनि परिचयपत्र वा कागजात नभएकाले उनीहरू औपचारिक रोजगारी र सरकारी सुविधाको पहुँचबाट वञ्चित रहेको सर्वेक्षणले देखाएको छ।

संस्थाले जन्मदर्ता गर्न नसकिएका घटनाको वर्गीकरण पनि गरेको छ। जसअनुसार सँगै बसोबास गर्ने जोडीका तीन, बहुविवाहका २५, बाबुआमा दुवैको कागजात नभएका ४५, बाबुको कागजात नभएका ६५, आमाको कागजात नभएका २७, बाबु बेपत्ता भएका ४५ र विदेशी नागरिक बाबुको पहिचानसम्बन्धी पाँच घटना रहेका छन्।

कानुन, न्याय तथा मानव अधिकार समितिका सांसद मधुसूदन चौलागाईंले नागरिकताको हक मौलिक अधिकार भएकाले कुनै पनि नागरिक यसबाट वञ्चित हुन नहुने बताए।

कागजात प्रमाणित नभएको र अभिभावकको पहिचान नखुलेको अवस्थामा नागरिकलाई सहज जीवनयापन गर्न अस्थायी परिचयपत्रको व्यवस्था गर्नुपर्ने उनको धारणा छ।

यसका लागि समितिमा आवश्यक छलफल गरी नागरिकता वितरण प्रक्रिया सहज बनाउन कार्यविधि तयार गर्ने पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन्।

‘नागरिकता जस्तो नैसर्गिक अधिकार पाउनुपर्छ। कानुन छ। यसलाई अझ सरल बनाउन समितिमा पहल गर्नेछौँ,’ सांसद चौलागाईंले भने।

अधिकारकर्मी एवं साथसाथ संस्थाका स्रोत कार्यकारी कविता शाहले नागरिकता र जन्मदर्ता प्राप्त गर्ने कानुनी व्यवस्था भए पनि त्यसको व्यावहारिक कार्यान्वयन जटिल हुँदा सर्वसाधारणले सहज रूपमा सेवा पाउन नसकेको बताए।

‘कानुन राम्रो बनेको छ, यद्यपि व्यावहारिक पक्ष कमजोर हुँदा धेरै युवा पुस्ता अनागरिक बन्न बाध्य छन्’, उनले भने। रासस
अर्को समाचार
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
१६ मिनेट अघि
•
१ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
जुम्ला। बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।




गुठीचौर गाउँपालिका-१, मणिसाँघुका ४६ वर्षीय कालीबहादुर रोकायालाई प्रहरीले शनिबार पक्राउ गरेको हो। गत मंसिर ८ गते बालिकालाई उपचार गर्ने बहानामा यातना दिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो।

जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरी टोलीले रोकायालाई मणिसाँघुबाट नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय पुर्‍याएको हो। उनीमाथि अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक तथा प्रवक्ता शालिकराम खनालले जानकारी दिए।

उनका अनुसार अन्धविश्वास तथा रूढिवादी अभ्यासका नाममा हुने यस्ता गतिविधिप्रति प्रहरी संवेदनशील छ। यस्ता कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याइने उनले बताए। साथै, यस्ता गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न प्रहरीले आग्रह गरेको छ।
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
खेल
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
जुम्ला पुग्यो दशौँ राष्ट्रिय खेलकुदको ओलम्पिक टर्च र ट्रफी
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुदमा देशको प्रतिनिधित्व गरेका खेलाडीको टोलीले ट्रफी र टर्चलाई जुम्लाका प्रमुख धार्मिकस्थल चन्दननाथ–भैरवनाथ मन्...
Whatsapp
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
समाज
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
उपचारका नाममा १४ वर्षीया बालिकामाथि यातना, झाँक्री पक्राउ
बिरामी निको पार्ने बहानामा अन्धविश्वास र रूढिवादी अभ्यास गर्दै १४ वर्षीया बालिकामाथि यातना दिएको आरोपमा जुम्लामा एक झाँक्री पक्राउ परेका छन्।
Whatsapp
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
राजनीति
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
देउवा समूहलाई कांग्रेसको चेतावनी : रुख र चारतारे झण्डाको अनधिकृत प्रयोग नरोकिए कानुनी कारबाही
नेपाली कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको समूहलाई पार्टीका आधिकारिक प्रतीकहरूको अनधिकृत प्रयोग नरोकिए कानुनी प्रक्रियामा जाने चेतावनी दिएको छ।
Whatsapp
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सरकारको कार्यशैलीप्रति कांग्रेस आक्रामक : यी हुन् केन्द्रीय कार्यसमिति बैठकका निर्णय
नेपाली कांग्रेसले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै संविधान, लोकतन्त्र र विधिको शासनविपरीतका गतिविधिविरुद्ध सशक्त प्रतिपक्षको भूमिका निर्...
Whatsapp
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
सरकारको स्वेच्छाचारिताविरुद्ध सशक्त रूपमा उभिने कांग्रेसको चेतावनी
उनले सरकार गठनको सुरुवाती चरणमा देखिएका कमजोरीलाई नयाँ नेतृत्वको अनुभवको कमी ठानेर संयमता अपनाएको बताए। तर पछिल्ला गतिविधिले सरकारको नेतृत्व गर्ने सोच...
Whatsapp
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘झोले युग’ बाट बाहिर निस्किएको लामिछानेको घोषणा, कार्यक्रममा झोला नबाँड्न आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रास्वपा ‘झोले युग’ बाट बाहिर निस्किएर ‘फाइल’ मा प्रवेश गरेको बता...
Whatsapp
यो पनि पढौँ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस