आगलागी नियन्त्रण गर्न 'फायर हाइड्रेन्ट' जडान
३२ असार २०८२
•
४ मिनेट पाठ
आगलागी नियन्त्रण गर्न 'फायर हाइड्रेन्ट' जडान
गत चैत २१ गते जुम्लाको चन्दननाथ नगरपालिका -१० की ४५ वर्षीया शिवलक्ष्मी न्यौपानेको तीन तलाको घर जलेर ध्वस्त भयो। ढुंगा र माटोले बनेको १२ कोठाको कच्ची घरमा आगलागी हुँदा भाँडाकुँडा, लत्ताकपडा, नगद, गरगहना र सबै सामान जले। घरपरिवारलाई जोगाइए पनि घर र सामान जोगाउन सकिएन। 




प्रहरी कार्यालय जुम्लाका प्रमुख रविन बाबु रेग्मीका अनुसार आगलागीले खाद्यान्न, नगद र सुन जलेर ९६ लाख १७ हजार ६ सय रुपैयाँ बराबरको क्षति भयो। यस्तै गत माघ २१ गते जुम्लाको चन्दननाथ नगरपालिका-३ सिम्खाडा गाउँकी चन्द्रावती उपाध्यायको घर जलेर खरानी भयो। आगलागीबाट घरसहित अन्नपात, लत्ताकपडा खरानी भए। घरमा रहेका अन्न, कपडा, लालपुर्जा, नागरिकता, लत्ताकपडा, रुपैयाँ गरगहना सबै खरानी भए। यस्तै अर्का धर्मलाल उपाध्यायको पनि आगलागीले घर नष्ट भयो। मानवीय क्षति भएन। 

ज्यान जोगियो, चन्द्रावती उपाध्यायको ६ र धर्मलाल उपाध्यायको ४ जनाको परिवार बिचल्ली बन्यो। धर्मलालको तीन तलाको ८ कोठे जस्ताले छाएको र चन्द्रावतीको तीन तलाको १७ कोठे जस्ताले छाएको घर जलेर पूर्णरूपमा नष्ट भयो। भीषण आगलागीका कारण चन्द्रावती र धर्मलाल उपाध्यायको मात्र नभई सिम्खाडा गाउँका शिव नारायण उपाध्याय र मयालाल उपाध्यायको घरमा पनि आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

चन्द्रावतीको सात तोला सुनको करिब दस लाख ५० हजार रुपैयाँ, ५० तोला चाँदी ९० हजार, पुरानो तामा १ सय २० केजी दुई लाख ६४ हजार, कास ८० केजी दुई लाख, लत्ताकपडा ५ लाख, इलेक्ट्रोनिक सामान एक लाख, खाद्यान्न दुई लाख, काठ (फर्निचर) तीन लाख, घरको क्षति ५० लाख, पुरातात्त्विक बहुमूल्य र नगद ३५ हजार रुपैयाँ गरी कुल ७७ लाख ४ हजार क्षति भयो। यता धर्मलाल उपाध्यायको तीन तोला सुन तीन लाख ७५ हजार, चाँदी ६० तोला एक लाख ८ हजार, कास ५० केजी दस हजार, पुरानो तामा १ सय केजी दुई लाख २० हजार, लत्ताकपडा ७ लाख, इलेक्ट्रोनिक सामान २ लाख, खाद्यान्न तीन लाख, काठ (फर्निचर) पाँच लाख, घर क्षति सात लाख र नगद १ लाख ५० हजार रुपैयाँसहित कुल ९६ लाख ६३ हजार रुपैयाँ गरी १ करोड ७३ लाख ६७ हजार रुपैयाँ बराबरको क्षति भयो। यस्तै गएको माघ १४ गते जुम्लाको सिंजा गाउँपालिका-१ जाँच गाउँको रुपाकोट जंगलमा लागेको आगो निभाउन जाँदा ८० वर्षीय भद्र रावलको जलेर मृत्यु भयो। स्याउ बगैंचाभित्र लागेको आगो फैलिएर जंगलसम्म पुगेको थियो। 

आगो निभाउने क्रममा रावलको जलेर मृत्यु भयो। जुम्लाका ८ वटा स्थानीय तहमध्ये चन्दननाथ नगरपालिकामा मात्र दमकल छ। तर, नगरपालिकाका सबै ठाउँमा दमकल जाने बाटो छैन। नगरपालिकामा १० वटा वडा छन्। तर, सबै वडामा दमकल जाने बाटो छैन। यो समस्यालाई मध्यनजर गर्दै आगलागीजन्य जोखिम न्यूनीकरणमा चन्दननाथ नगरपालिकाले एक महत्त्वपूर्ण कदम चालेको छ। नगर क्षेत्रभित्रका जोखिमयुक्त बजार क्षेत्रमा पहिलोपटक 'फायर हाइड्रेन्ट' जडान गरिएको छ। 

यसले आपतकालीन समयमा तत्काल पानी आपूर्ति गरी आगलागी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको चन्दननाथ नगरपालिका -५ का वडा अध्यक्ष विर्ष कार्कीले बताए। उनको अनुसार यो कार्य नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको समन्वय, स्वीस रेडक्रसको आर्थिक सहयोग तथा चन्दननाथ नगरपालिकाको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी जुम्ला शाखाले सञ्चालित 'सहरी पूर्वतयारी तथा आपत्कालीन प्रतिकार्य प्रवर्द्धन परियोजना' अन्तर्गत गरिएको हो। उनले भने, 'परियोजना सानो स्तरको अल्पीकरण गतिविधिअन्तर्गत चन्दननाथ नगरपालिका–५ स्थित कालेखोली चोक, जिपी स्टेसनरीलगायत छ स्थानमा हाइड्रेन्ट जडान गरिएको छ।' 

नगरपालिकाका साँघुरा सडक र दमकल सहजै नपुग्ने स्थानमा हाइड्रेन्ट जडान गरिएको चन्दननाथमा पछिल्लो समय आगलागीको जोखिम बढिरहेको छ। यस्तो अवस्थामा आगो निभाउन तत्काल पानीको पहुँच अत्यावश्यक हुन्छ, जसका लागि यो हाइड्रेन्ट प्रणाली प्रभावकारी हुनेछ।' उनको अनुसार यो कार्यका लागि कुल १३ लाख ३७ हजार ४ सय ६८ रुपैयाँ खर्च भएको हो। रेडक्रस सुपर परियोजनाबाट ३ लाख ९५ हजार १ सय ६१ रुपैयाँ र वडा नम्बर ५ कार्यालयबाट ९ लाख ४२ हजार ३ सय ७ रुपैयाँ लागत साझेदारी गरिएको छ। 

वडाले १० लाख रुपैयाँको लगानीसहित यो कार्य अघि बढाएको चन्दननाथ -५ का वडा अध्यक्ष कार्कीले थपे। उनले भने, 'हाइड्रेन्ट जडानका लागि समुदायको माग, स्थानको जोखिम मूल्यांकन र आवश्यकताको विश्लेषण गरियो। अब आगलागी भएमा हामीसँग प्रत्यक्ष पूर्वतयारी हुनेछ।' दुर्घटना कहिले र कहाँ हुन्छ भन्न सकिन्न तर तयारीपूर्वक बस्ने हो भने क्षति न्यूनीकरण गर्न सकिने प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले बताए। उनले भने, 'फायर हाइड्रेन्टको व्यवस्था गर्दा प्रशासनिक तहबाट पनि आवश्यक समन्वय र सहयोग गर्न हामी तयार छौं।'  
अर्को समाचार
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
२१ साउन २०८२
•
१ मिनेट पाठ
प्रचण्डको आह्वानमा कांग्रेस–एमाले बाहेकका दलको बैठक सिंहदरबारमा, के हुँदैछ छलफल?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आह्वानमा सत्तारूढ नेपाली कांग्रेस र नेकपा एमालेबाहेकका दलको बैठक बसेको छ। निर्वाचन आयोगले गरेको ‘राजनीतिक दल स्वमूल्याङ्कन कार्यविधि, २०८२’ बारे सुझावबारे छलफल गर्न बुधबार बैठक बसेको हो। 




आयोगले साउन २२ गतेसम्म कार्यविधिमाथि सुझाव दिन भनी राजनीतिक दलहरूलाई पठाएको पत्रबारे छलफल गर्न अध्यक्ष दाहालले बैठक बोलाएको माओवादी केन्द्रले जनाएको छ। 

छलफल माओवादी केन्द्रको सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ। छलफलमा कांग्रेस र एमालेबाहेक संसदमा रहेका दलका नेता तथा संसदीय दलका नेताहरू सहभागी रहेको माओवादी केन्द्रले जनाएको छ। 

माओवादी केन्द्रद्वारा सार्वजनिक तस्बिरमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनमत पार्टीका अध्यक्ष डा. सिके राउत, राप्रपाका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, रास्वपाकी सांसद सोबिता गौतम लगायतका नेताहरू देखिन्छन्। 
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
यो पनि पढौँ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस