कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
०७ मंसिर २०८३
•
६ मिनेट पाठ
कोप–३१ निष्कर्षविहीन, पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ।




टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई दिन ढिलो गरी नोभेम्बर २२ को राति सम्पन्न भएको हो।

यद्यपि नेपालले पर्वतीय मुद्दालाई अन्तरराष्ट्रिय जलवायु वार्ताको छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न गरेको पहलले आगामी दिनमा यसलाई संस्थागत मान्यता दिलाउने बाटो भने खुला गरेको छ।

सम्मेलनको अन्तिम चरणमा समग्र निर्णयमा सहमति जुट्न नसक्दा नेपालको पर्वतीय मुद्दासम्बन्धी प्रस्ताव पनि पारित हुन सकेन।  

तर, विभिन्न देशबाट प्रस्तुत प्रस्तावमध्ये नेपालको प्रस्तावले प्राथमिकताका साथ छलफलमा प्रवेश पाउनु महत्त्वपूर्ण उपलब्धि भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा महेश्वर ढकालले बताए।

कोप–३१ को समग्र मूल्यांकनका बारेमा कुरा गर्दै उनले भोटेकोशी विपद्को पीडालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्दै नेपालले पहिलोपटक पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा अघि बढाउन सरकारका तर्फबाट लिखित प्रस्ताव पेस गरेको जानकारी दिए।

‘नेपालको इतिहासमा सरकारले पर्वतीय मुद्दालाई छुट्टै एजेन्डाका रूपमा स्थापित गर्न लिखित प्रस्ताव पेस गरेको यो पहिलोपटक हो’, उनले भने, ‘विभिन्न देशबाट आएका करिब सातवटा प्रस्तावमध्ये कुनै पनि प्रस्ताव हुबहु स्वीकार भएनन्। तर, नेपालको प्रस्तावलाई उच्च प्राथमिकताका साथ छलफलमा लैजान हामी सफल भयौँ।’

नेपालले सुरुमा ‘पर्वतीय क्षेत्रमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको प्रभाव’ सम्बन्धी विषयलाई छुट्टै एजेन्डाका रूपमा अघि सारेको थियो।

संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनएफसिसिसी) को सचिवालयको सहयोगमा प्रस्तावको विषयवस्तुलाई थप स्पष्ट र सान्दर्भिक बनाउँदै ‘पर्वतीय पारिस्थितिक प्रणालीमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिसम्बन्धी विषयहरू’ नाम दिइएको उनले बताए।

सम्मेलनमा किर्गिस्तानले पर्वतीय विषयमा एउटा संवाद आयोजना गर्ने प्रस्ताव गरेको थियो। नेपालले आफ्नो प्रस्तावले किर्गिस्तानको चासोसमेत समेट्ने भन्दै संयुक्त रूपमा अघि बढ्न आग्रह गरेपछि नेपाल, भुटान र कीर्गिस्तानले नेपालको प्रस्तावका आधारमा छलफल अघि बढाएका थिए।

सहसचिव डा ढकालका अनुसार पर्वतीय मुद्दाअन्तर्गत अनुसन्धान, पूर्वसूचना प्रणाली, दुई वटा संवाद र उच्चस्तरीय राजनीतिक संवाद गरी चार विषयलाई अघि बढाउन नेपालले प्रस्ताव गरेको थियो।

दुई वटा संवाद आयोजना गर्ने विषयमा सुरुमै सहमति बनेको थियो भने अनुसन्धान तथा पूर्वसूचना प्रणालीसम्बन्धी विषय पनि छलफलमा समेटिएका थिए।

नेपालले प्रस्तुत गरेको प्रस्तावका केही अंश प्रारम्भिक चरणमै स्वीकार भएका थिए। पर्वतीय कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने तथा विभिन्न देशका प्रस्तावमा रहेका साझा विषयलाई विद्यमान एजेन्डासँग जोडेर समेट्ने प्रयास गरिएको उनले बताए।

‘अन्तिम चरणमा सबै राष्ट्रबीच सहमति जुटाउने प्रयास गरेका थियौँ । तर, सम्मेलनको समग्र निर्णयमा सहमति हुन नसकेपछि हाम्रो निर्णय पनि पारित हुन सकेन’, उनले भने।

उनका अनुसार अन्तिम निर्णयमा १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिलाई सीमित गर्ने तथा जीवाश्म इन्धनको उत्पादन, बिक्री वितरण र प्रयोगसँग जोडिएका विषयमा मतभेद देखिएको थियो।

विशेषगरी जीवाश्म इन्धनबाट क्रमिक रूपमा बाहिरिने मार्ग र तापक्रम वृद्धिलाई सीमित गर्ने विषय निर्णयको मस्यौदामा समेटिन नसकेको भन्दै युरोपेली सङ्घले असहमति जनाएको थियो।

त्यसपछि सम्मेलनको समग्र निर्णय प्रक्रिया प्रभावित हुँदा नेपालको पर्वतीय मुद्दासम्बन्धी निर्णय पनि अन्तिम समयमा पारित हुन नसकेको उनले स्पष्ट पारे।

‘नेपालको प्रस्ताव अस्वीकृत हुनुको कारण हाम्रो एजेन्डा थिएन। सम्मेलनमा अन्य जटिल विषयमा सहमति हुन नसक्दा सबै निर्णय प्रभावित भएका हुन्’, उनले भने।

फलदायी बन्यो नेपाल प्याभिलियन

कोप–३१ मा नेपालले दोस्रोपटक राष्ट्रिय प्याभिलियन स्थापना गरेको थियो। प्याभिलियनमा ४७ भन्दा बढी कार्यक्रम आयोजना गरिएका थिए भने २५० भन्दा बढी वक्ताले आफ्ना धारणा राखेका थिए।

आदिवासी जनजाति, निजी क्षेत्र, नागरिक समाजलगायत विभिन्न क्षेत्रको सहभागिता रहेको प्याभिलियनलाई उनले नेपालको सफल पक्षका रूपमा उल्लेख गरे।

‘अल्पविकसित राष्ट्रहरूको समूहका प्याभिलियनमध्ये नेपालको प्याभिलियन निकै सक्रिय र धेरै सहभागीले अवलोकन गरेकोमध्ये एक थियो। यसको गुणस्तरका विषयमा पनि प्रशंसा भएको छ’, उनले भने।

वार्ताका लागि यसपटक राजनीतिक तथा संस्थागत तहबाट राम्रो नेतृत्व र प्रतिनिधित्व भए पनि वार्ताकारको विषयगत ज्ञान, भाषिक क्षमता, तयारी र अन्तरव्यक्तिगत सीप थप अभिवृद्धि गर्नुपर्ने आवश्यकता उनले औँल्याए।

जलवायु परिवर्तनबाट नेपाल मात्रै प्रभावित भएको दृष्टिकोण प्रस्तुत गर्नुभन्दा अन्य देशले भोगिरहेका समस्यालाई समेत बुझेर साझा हितका विषय पहिचान गर्न सक्ने क्षमता वार्ताकारमा हुनुपर्ने उनको भनाइ छ।

पर्वतीय क्षेत्रका समस्या उठाउँदा समुद्री क्षेत्रका चुनौतीलाई पनि समेट्ने, विकसित र विकासशील देशबीच सन्तुलन कायम गर्ने तथा क्षेत्रीय र अन्तरराष्ट्रिय तहमा प्रभावकारी संवाद गर्न सक्ने क्षमता विकास गर्नुपर्ने उनले बताए।

उनले भने, ‘हामीले यसपटक गरेको मेहनतले पर्वतीय एजेन्डा स्थापित गर्ने बाटो बन्द भएको छैन् भन्ने आत्मविश्वास दिएको छ। राम्रो तयारीका साथ अघि बढ्न सके आगामी दिनमा यसलाई अन्तर्राष्ट्रिय जलवायु वार्तामा स्थापित गर्न सकिन्छ।’

सहमति जुट्न नसक्नु निराशाजनक

यसैबीच, संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी कार्यकारी सचिव साइमन स्टिलले कोप–३१ मा अध्यक्षताद्वारा प्रस्तुत निर्णयमा सहमति जुट्न नसक्नु निराशाजनक भएको बताए।

कोप–३१ को समापन समारोहलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनका असर विश्वभर बढिरहेका बेला अन्तर्राष्ट्रिय जलवायु सहकार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ।

उनले जलवायु परिवर्तनका कारण विश्वका विभिन्न क्षेत्रमा प्रभाव गम्भीर बन्दै गएको, जीवाश्म इन्धनको लागतले अर्थतन्त्रमा मुद्रास्फीति बढाइरहेको र विश्वको तापक्रम वृद्धि १.५ डिग्री सेल्सियसभन्दा माथि पुग्ने जोखिम नजिकिँदै गएको उल्लेख गरेका थिए ।

‘विश्वले यस्तो अवस्थाको पुनरावृत्ति धान्न सक्दैन। हाम्रो प्रक्रिया, नियमावली र स्थापित नजिरहरू सबै देशलाई एकै ठाउँमा ल्याउनका लागि बनाइएका हुन्’, उनले भने।

कोप प्रक्रिया १९४ पक्ष राष्ट्रहरूको साझा भएकाले सहमतिका लागि सबै पक्षका विचार पारदर्शी रूपमा सुन्ने र विगतका उपलब्धिलाई आधार बनाएर अघि बढ्ने पद्धति आवश्यक रहेको उनले बताए।

जलवायु वार्ताको प्रक्रियालाई सुधार, आधुनिकीकरण र पुनर्संरचना गर्नुपर्ने आवश्यकता औँल्याउँदै उनले विश्व अहिले प्रतिबद्धता जनाउने चरणबाट कार्यान्वयनको युगमा प्रवेश गरिसकेको बताए।

बदलिँदो परिस्थितिअनुसार अन्तर्राष्ट्रिय जलवायु वार्ताको प्रक्रियालाई पनि विकसित गर्नुपर्ने उनको भनाइ थियो।

कोप–३१ अन्तर्गत औपचारिक वार्तामा अपेक्षित सहमति कायम हुन नसके पनि कार्यसूची (एक्सन एजेन्डा) अन्तर्गत भने महत्त्वपूर्ण प्रगति भएको उनले उल्लेख गरे।

कार्यकारी सचिव स्टिलले विगतमा पनि जलवायु वार्ता प्रक्रियाले विभिन्न अवरोध र असफलता सामना गरे पनि पुनः सशक्त रूपमा अघि बढेको स्मरण गराउँदै यसपटक पनि त्यस्तै हुनुपर्ने बताए।

आगामी कोप–३२ लाई महत्त्वपूर्ण अवसरका रूपमा उल्लेख गर्दै उहाँले दोस्रो विश्वव्यापी समीक्षा (ग्लोबल स्टकटक–२) ले पहिलो समीक्षाका उपलब्धिलाई आधार बनाएर अघि बढ्नुपर्नेमा जोड दिए। रासस
अर्को समाचार
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
११ मिनेट अघि
•
१ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
कपिलवस्तु । २४ घण्टे अल्टिमेटमलगत्तै लुम्बिनी विकास कोषले निषेधित क्षेत्रमा रहेका पसल र टहराहरू शनिबार हटाएको छ।




शुक्रबार कोषले २४ घण्टे समयसीमा दिएर निषेधित क्षेत्रका पसलहरू खाली गर्न सूचना जारी गरेको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो।

गुरुयोजना क्षेत्रअन्तर्गत पर्ने पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा राखिएका पसलहरू हटाइएको हो। लुम्बिनीको धार्मिक तथा सांस्कृतिक महत्व, पवित्रता, स्वच्छता र सौन्दर्य कायम राख्नुका साथै गुरुयोजनाको प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले यस्तो कदम चालिएको लुम्बिनी विकास कोषले जनाएको छ।

लुम्बिनीको पवित्रता र मौलिक स्वरूप संरक्षणका लागि कोषले थालेको यस कदमलाई गुरुयोजना क्षेत्र व्यवस्थित बनाउन चालिएको कदमका रूपमा जनाइएको छ। आगामी दिनमा पनि निषेधित क्षेत्रमा पसल राख्न नपाइने र सूचनाविपरीत पसल सञ्चालन गरी राखिएका सामान हटाउन अटेर गरेमा प्रचलित कानुन तथा प्रक्रियाबमोजिम सामान जफत गरिने कोषले चेतावनी दिएको छ।
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
समाज
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
२४ घण्टे अल्टिमेटमपछि निषेधित क्षेत्रमा रहेका पसल र टहरा हटाइए
नेपाल प्रहरी र सशस्त्र प्रहरीसहितको टोलीले ती पवित्र उद्यान, शान्ति दीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानबाट पसलहरू खाली गराएको हो...
Whatsapp
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
कालीकोटका ९ वटै पालिकाले गरे शैक्षिक सुधारका लागि १९ बुँदे प्रतिबद्धता
कालीकोट जिल्लाको समग्र शैक्षिक अवस्था सुधार गर्न कालीकोटमा नौ वटै स्थानीय तहसहित शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवालाहरूले १९ बुँदे सामूहिक प्रतिबद्...
Whatsapp
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
तनहुँमा भिरबाट खसेर १५ वर्षीय विद्यार्थी बेपत्ता, खोजतलास जारी
तनहुँ- भ्रमण सकेर पोखराबाट चितवनतर्फ फर्कँदै गरेका एक विद्यार्थी तनहुँको पृथ्वीराजमार्गस्थित भिरबाट खसेर बेपत्ता भएका छन्।
Whatsapp
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
खेल
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
बेलबारी गोल्डकपको नवौं संस्करण पुस ४ देखि, ८ टोली भिड्दै
मोरङको बेलबारीमा पुस ४ गतेदेखि ‘९ औं बेलबारी मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय रनिङ गोल्डकप फुटबल प्रतियोगिता’ हुने भएको छ।
Whatsapp
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
प्रहरीको ‘सुरक्षित यात्रा’ अप्रेसन : सार्वजनिक यातायातमा चोरी र दुर्व्यवहार गर्ने १२१ पक्राउ
काठमाडौं- प्रहरीले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक यातायातमा चोरी, पाकेटमारी र महिलामाथि दुर्व्यवहार गरेको अभियोगमा एक महिलासहित १२१ जनालाई...
Whatsapp
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित देशभरबाट ३१ जना पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १६ किलोग्राम गाँजासहित तीन भारतीय नागरिक पक्राउ परेका छन्। देशका विभिन्न स्थानमा प्रहरीले चलाएको कारबा...
Whatsapp
यो पनि पढौँ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शक्तिखोर औद्योगिक क्षेत्र तत्काल अघि बढाउन मन्त्री लम्सालको निर्देशन
शनिबार कालिका नगरपालिकास्थित औद्योगिक क्षेत्रको स्थलगत अवलोकन गर्दै मन्त्री लम्सालले हालसम्मको कार्यप्रगतिबारे जानकारी लिएका हुन्।
Whatsapp
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रपतिद्वारा देवीनाच अवलोकन
राष्ट्रपति रामचन्द्र पौडेलले नरदेवी श्वेतकाली संरक्षण तथा व्यवस्थापन समाजद्वारा १२ वर्षे देवीनाच पर्वका अवसरमा आज आयोजित कार्यक्रममा सरिक भई देवीनाच अ...
Whatsapp
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अब म नेताहरूबाट होइन, जनताबाट घेरिन चाहन्छु : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेता तथा कार्यकर्ताको घेराबन्दी छाडेर सिधै जनतामाझ पुग्ने बताएका छन्।
Whatsapp
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रास्वपाको प्रशिक्षणमा मोबाइल पूर्ण प्रतिबन्ध, रविले भने : अनुशासन तोड्नेको रेकर्ड राखिन्छ
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई मोबाइल फोन बन्द गर्न निर्दे...
Whatsapp
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
राणा र पञ्चायतले रोक्न सकेनन्, गगनले पनि सक्दैनन् : नेता राई
कोशी प्रदेशका सांसद तथा देउवापक्षीय कांग्रेसका नेता भूपेन्द्र राईले रुख र चारतारे झण्डा बोक्न कांग्रेस सभापति गगन थापाले आफूहरूलाई रोक्न नसक्ने बताएका...
Whatsapp
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा मुद्दा नउठाएपछि प्रधानमन्त्रीमाथि कांग्रेसको कटाक्ष : राष्ट्रवादको नक्कली प्रदर्शन थियो
नेपाली कांग्रेसले  भारत भ्रमणका क्रममा सीमा विवादलगायतका संवेदनशील विषय नउठाएको भन्दै कांग्रेसले  आपत्ति जनाएको छ ।  
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस