राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
१९ असार २०८३
•
४ मिनेट पाठ
राजपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
रौतहटको राजपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर सहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।




राजपुर नगरपालिका ५ मा सञ्चालित जनता (नमुना) माध्यमिक विद्यालयको भवन निर्माणमा आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर, प्रधानाध्यापक र लेखापालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।

अख्तियारले दायर गरेको आरोप पत्रमा नमुना विद्यालय विकास कार्यक्रमअन्तर्गत निर्माण गरिएको प्रि–स्कुल ब्लक (आठ कोठे भवन) को निर्माण कार्यमा वास्तविक भन्दा बढी काम भएको देखाई झुटा प्राविधिक मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन तथा नक्कली बिल भर्पाइ बनाएर सरकारी रकम हिनामिना गरेको प्रमाणको आधार आयोगले मुद्दा दायर गरेको छ।

अनुसन्धानका क्रममा आयोगले निर्माण स्थलमा गरेको प्राविधिक नाप जाँचबाट ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बराबरको काम बढी देखाई भुक्तानी लिएको पुष्टि भएको पाइएको छ।

निर्माण कार्य नै नभएको विद्यालय भवनलाई नक्कली बिल भर्पाइ बनाएर कागज मै विद्यालय भवन बनेको देखाएर राज्य कोषको रकम गैरकानुनी रूपमा हिनामिना गरेको आरोप पत्रमा उल्लेख छ।

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बेचु ठाकुर, तत्कालीन इन्जिनियर मोहम्मद शाह फैसल, जनता (नमुना) माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक विजयकान्त मिश्र तथा लेखापाल शेख जहीर विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत मुद्दा दायर गरेको जनाएको छ।

आयोगले चारै जनाबाट ११ लाख १० हजार ११४ रुपैयाँ ५७ पैसा बिगो कायम गरी सोही रकम असुलउपर, बिगोबमोजिम जरिवाना तथा कैद सजायको माग गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको अख्तियारका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले बताए।

विद्यालय भवन निर्माण जस्तो सार्वजनिक महत्वको योजनामा प्राविधिक प्रतिवेदन नै मिली भगतमा तयार पारी सरकारी रकम दुरुपयोग गरिएको आरोपसहित मुद्दा दायर भएपछि स्थानीय तहमा सञ्चालन हुने पूर्वाधार आयोजनाको पारदर्शिता र प्राविधिक अनुगमनमाथि पुनः प्रश्न उठेको छ।

सार्वजनिक निर्माणका नाममा कृत्रिम मूल्याङ्कन गरी राज्य कोषमा क्षति पुर्याउने प्रवृत्तिविरुद्ध अख्तियारले पछिल्लो समय अनुसन्धान तीव्र बनाएको देखिएको छ।

प्राविधिक सहायकदेखि करोडौँको सम्पत्तिका मालिक ठाकुर राजपुर नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर विरुद्ध विद्यालय भवन निर्माणमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सम्पत्ति र विगतको कार्यशैली माथि चर्चा सुरु भएको छ।

तत्कालीन पिपरा पोखरिया गाविसमा २०५५ सालमा प्राविधिक सहायक पदमा ठाकुर सरकारी सेवा सुरु गरेका थिए। त्यसपछि उनी जिल्ला विकास समितिमा सरुवा भई प्रशासनिक जिम्मेवारीसम्म पुगेका थिए।

उनीमाथि जिल्ला विकास समितिको स्वामित्वमा रहेको जग्गा बिक्री प्रकरणमा समेत नाम जोडिएको दाबी गरिन्छ। उक्त प्रकरणमा उनीमाथि कानुनी कारबाही वा अदालतबाट दोषी ठहर भएको सार्वजनिक अभिलेख भने देखिँदैन। बरु त्यसपछि तत्कालीन जिविस रौतहटका स्थानीय विकास अधिकारी रामआशीष दासले ठाकुरलाई २०६६ सालमा जिल्ला विकास समितिको प्रशासन शाखामा सरुवा गरेर आकर्षक ठाउँमा जिम्मेवारी पाएको थियो।

जिल्ला विकास समितिमा प्रशासन शाखाको नेतृत्व सम्हालेपछि कर्मचारी भर्ना, सरुवा र बढुवाजस्ता प्रशासनिक काममा आर्थिक चलखेल हुने गरेको आरोप उनीमाथि वर्षौंदेखि लाग्दै आएको छ।

देश सङ्घीयतामा प्रवेश गरेपछि जिल्ला विकास समिति जिल्ला समन्वय समितिमा रूपान्तरण भएपछि ठाकुर प्रशासन शाखा प्रमुख मै बसेर आफ्नो बढुवा गराइ उनी राजपुर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा पुगेका थिए।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पटक–पटक सरुवा गरे पनि उनी लामो समयदेखि हालसम्म राजपुर नगरपालिका मै प्रभावशाली रूपमा कार्यरत रहेको स्रोतको दाबी छ।

यसबीच ठाकुरको सम्पत्तिबारे पनि विभिन्न प्रश्न उठ्दै आएका छन्। सामान्य अवस्थाबाट सरकारी सेवामा प्रवेश गरेका ठाकुरको हाल रौतहट सदरमुकाम गौर–५ मा करिब डेढ कठ्ठा जग्गामा तीनतले आलिसान पक्की घर निर्माण गरेका छन्।

जिल्ला विभिन्न बजार तथा अन्य सहरमा उनको घडेरी रहेको तथा आफन्तहरूको नाममा समेत जग्गा जोडिएको श्रोतको दाबी छ।

सम्पत्तिहरूको स्रोतबारे सम्बन्धित निकायबाट औपचारिक छानबिन भएको छैन। तर अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेपछि ठाकुरको सम्पत्तिको स्रोत, आय–व्यय र सम्भावित सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) सम्बन्धी पक्षसमेत अनुसन्धानको दायरामा आउनुपर्ने आवाज स्थानीय स्तरमा उठ्न थालेको छ।
अर्को समाचार
प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
२० मंसिर २०८१
•
१ मिनेट पाठ
प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा
औषधि खरिदमा भ्रष्टाचार गरेको आरोपमा सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।




अख्तियारले बिहीबार विशेष अदालतमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तमकुमार प्रसाद, तत्कालीन स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव, र हेल्पिङ मल्टी प्रपोज प्रालि मैतीदेवीका प्रबन्ध निर्देशक माधवप्रसाद गौतमलाई प्रतिवादी बनाएको हो।

आर्थिक वर्ष २०७८/७९ मा आधारभूत तथा आकस्मिक स्वास्थ्य सेवाका लागि औषधि खरिद गर्दा प्रचलित मूल्यभन्दा बढीमा खरिद गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। उनीहरुमाथि १७ प्रकारका औषधि खरिदमा चार लाख ६० हजार ८१० रुपैयाँ बढी देखाएर भ्रष्टाचार गरेको आरोप छ।

अख्तियारले प्रतिवादी सबैलाई जनही चार लाख ६० हजार ८१० रुपैयाँ बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस