सुनसरी घटनलाई लिएर तराईंका विभिन्न जिल्लामा प्रदर्शन सुरु भएपछि पर्सा प्रशासन कार्यालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार साँझ ५ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो।
प्रमुख जिल्ला अधिकारी शैलेन्द्र दाहालद्वारा जारी आदेशअनुसार निषेधाज्ञा अवधिभर तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम आदेश जारी गरिएको जनाएको छ। आदेश उल्लंघन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि दिइएको छ।
निषेधाज्ञा लागू गरिएका क्षेत्रको सीमा पूर्वमा प्रतिमा चोक हुँदै बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म तोकिएको छ।
जिल्ला प्रशासन कार्यालयले शान्ति–सुरक्षा, सार्वजनिक सुव्यवस्था तथा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा जारी गरिएको जनाएको छ।
पर्साको वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएपछि प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गरेका छन्। वीरगञ्ज उपमहानगरपालिकाका चार स्थानमा सभा, जुलुस र प्रदर्शन नगर्न जिल्ला सुरक्षा समितिले निर्णय गरेपछि निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा आज दिउँसो १ बजेदेखि लागू गरिएको छ। विभिन्न चार स्थान बसपार्क (पूर्व), सिर्सिया पुल (पश्चिम), पावर हाउस चौक (उत्तर) र शंकराचार्य गेट (दक्षिण) बीचको क्षेत्रमा सभा, जुलुस, प्रदर्शन तथा भेला गर्न रोक लगाइएको छ।
धनुषाको कमला नगरपालिका-६ स्थित सखुवामा हिन्दु-मुस्लिमबीच भएको विवादका कारण वीरगञ्जमा दुई समुदाय प्रदर्शनमा उत्रिएका छन्। मस्जिद तोडफोड, आगजनीलगायतका घटनालाई लिएर आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेका थिए।
त्यस्तै हिन्दुको मन्दिर तथा देवीदेवतामाथि अभद्र टिप्पणी गरिएको भन्दै सोमबार बिहानैदेखि हिन्दुवादीहरू प्रदर्शनमा उत्रिएका थिए।
निषेधाज्ञा उल्लङ्घन गर्नेलाई कानुनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी सूचनामा उल्लेख छ।
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...