नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा बारम्बार खस्ने भएपछि जोखिमकम गर्न ढिस्को काट्ने तयारी गरिएको छ। यसका लागि आवश्यक पूर्वतयारी पूरा गरी आगामी एक साताभित्र काम सुरु गर्ने निर्णय भएको छ।
शनिबार साँझ चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा तुइन खोला क्षेत्रमा बसेको सरोकारवालाको पूर्वतयारी बैठकले पहिरो नियन्त्रणका लागि आवश्यक उपकरण, जनशक्ति र कार्ययोजना तयार गरी काम अघि बढाउने निर्णय गरेको हो।
बैठकमा प्रमुख जिल्ला अधिकारी अर्यालले वर्षायाममा तुइन खोलामा निरन्तर पहिरो खस्ने भएकाले सडक अवरुद्ध हुनासाथ तत्काल उद्धार तथा सडक खुलाउने व्यवस्था मिलाउन निर्माण कम्पनीलाई निर्देशन दिएका छन्। उनले ठूलो पहिरो खसेर सडक अवरुद्ध भएमा समन्वयात्मक रूपमा उपकरण परिचालन गरी यथाशीघ्र सडक सञ्चालनमा ल्याउनुपर्ने बताए।
अर्यालले जोखिमको विस्तृत विश्लेषण गरी काम सुरु गर्नुभन्दा कम्तीमा पाँच दिनअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने भन्दै त्यसका लागि निर्माण पक्षलाई विस्तृत एक्सन प्लान तयार गरी पेश गर्न निर्देशन दिइएको छ। योजना प्राप्त भएपछि पुनः सरोकारवालाबीच छलफल गरेर अन्तिम कार्यतालिका तय गरिने उनले बताए।