फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु
१५ असोज २०८३
•
३ मिनेट पाठ
फिर्केमा कोतारिएर छाडिएका संरचना भत्काउन सुरु
पहिलो चरणमा कोतरेर छाडिएका फिर्केखोलाको संरचना भत्काउन सुरु गरिएको छ।




गत जेठ १० गतेदेखि एक हप्तासम्म फिर्केखोला सफाइ अभियानका क्रममा कोतरेर छाडिएका संरचना बिहीबारदेखि महानगरले भत्काउन सुरु गरेको हो।

पहिलो चरणमा फिर्केका संरचना भत्काउँदा महानगरले कोतरेर मात्रै छाडेको थियो । त्यति बेला कोतरेर छाडिएका संरचना स्थानीय आफैले भत्काउने बताइएको थियो।

तर त्यसपछि महानगरले ५ पटकसम्म सूचना निकाल्दा संरचना हटाउन अटेर गरेपछि बिहीबार बिहानबाट डोजर लगाएर संरचना भत्काउन सुरु गरिएको पोखरा महानगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए।

पोखराको मध्य भाग भएर बग्ने फिर्केखोलामा ४५ वटा स्थायी र ११५ वटा अस्थायी गरेर कुल १६० वटा संरचना रहेकोमा पहिलो चरणमा १०२ वटा संरचना हटाइएको थियो।

भत्काउन बाँकी ५८ वटा संरचना मध्ये दोस्रो चरणको पहिलो दिन बिहीबार ६ वटा संरचना हटाइएको नगर प्रहरी निरीक्षक थापाले जानकारी दिए।

‘बिहीबार पोखरा–४ र ५ को सीमा क्षेत्रमा पर्ने बुढानीलकण्ठ मन्दिर दक्षिणतर्फका संरचना भत्कायौँ’,उनले भने,‘अब भत्काउने क्रम निरन्तर चल्छ, सबै नभत्काएसम्म अभियान रोकिन्न।’

यसअघि पहिलो चरणमा कोतरेर छाडिएका संरचनामा मानिसहरू पुनः बस्न थालेका थिए। भत्काएको संरचनालाई टालटुल पारेर प्रयोग गर्न थालेपछि नागरिक समाज पोखराले महानगरको ध्यानाकर्षण गराएको थियो।

महानगरले बिहीबार भत्काएको बाहेक अझै साबिकको स्काउट कम्पाउन्डदेखि एक सय मिटर उत्तरतर्फ रहेको भयँरथान नजिक बनाइएको पक्की घर, सोही स्काउट कम्पाउन्डदेखि दक्षिणतर्फ रहेका घर टहराहरू भत्काउन बाँकी छ।

वडा नम्बर ५ मा पर्ने स्काउट कम्पाउन्डदेखि एक सय मिटर उत्तरतर्फका भवनहरू, दक्षिणतर्फका संचरनाहरु, रेडियो नेपालको कार्यालयदेखि दक्षिणतर्फ रिठेगौंडा खोलाघरमा बनाइएका संरचनाहरू, रेडक्रस कास्कीको कार्यालय पुलदेखि १० मिटर दक्षिणतर्फका २ वटा भवन, पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर पश्चिमतर्फका ५ वटा भवन पनि कोतरेर मात्रै छाडिएका छन्।

पोखरा–८ स्थित बगालेटोल सामुदायिक भवन, सोंपाल तमु समाज, रेडियो नेपालको कार्यालय पूर्वपट्टीको खोलाघरबाटै उठाइएको संरचना, सशस्त्र प्रहरी बल कालिका गण्डादेखि पूर्व पट्टी (फिर्के खोलापारी) रहेको मगर समाज घरलगायतका संरचनाहरू, बराल समाज घर (व्याडमिन्टन कोर्ट)समेत रहेको भवनसहित त्यसभन्दा उत्तरतर्फका ४ वटा भवनहरू, राधाकृष्ण मन्दिरदेखि एक सय मिटर दक्षिणका ३ वटा घर, पोखरा इन्जिनियरिङ कलेजको भवन, गहतेस्थित खोलापारीको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणतर्फको संरचना पनि कोतरेर छाडिएका छन्।

त्यस्तै, पोखरा–७ स्थित मासवार–रत्नचोक जोड्ने पुलदेखि उत्तरपूर्व खोलाघरमै बनाइएको १५ फिट लामो पर्खाल, गहतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुलदेखि उत्तरतर्फको संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा फार्म रहेको भवनसमेत यथावत् छन्।

कोतरेर छाडिएको संरचना भत्काउन सुरु गरेपछि नागरिक समाजले त्यसको स्वागत गरेको छ। तर अब फेरी अधुरै नछाड्न नागरिक समाज पोखराका संस्थापक संयोजक रामबहादुर पौडेलले खबरदारी गरे।

‘ढिलै भए पनि कोतरेर छाडिएका संरचना भत्काउन सुरु गरेकोमा धन्यवाद व्यक्त गर्दछौँ’,उनले भने,‘तर अब अभियान रोकिनु हुन्न पूर्ण रूपमा नभत्काएसम्म।’

उनले फिर्केखोला घर मिचेर बनाइएको सम्पूर्ण संरचना भत्काएर फिर्के करिडोर निर्माण सम्पन्न भएमा पोखराका मेयरसहित फिर्केखोला बग्ने वडाका वडाध्यक्षहरुलाई सार्वजनिक समारोहमा सम्मान गर्ने पनि घोषणा गरेका छन्।

महानगरले फिर्के सफाइ अभियान सम्पन्न भएपछि फिर्के परियोजना सञ्चालन गर्ने जनाएको छ। जहाँ फिर्के करिडोर निर्माणसहित हरियाली बनाई पर्यटकीय केन्द्र बनाउने गरी परियोजना सञ्चालन गरिने पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले बताउँदै आएका छन्।

परियोजना सञ्चालन भएमा फिर्के संरक्षणसँगै स्थानीयको आयआर्जनसमेत बढाएर रोजगारी सिर्जना हुने उनको दाबी छ।
अर्को समाचार
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
१ घण्टा अघि
•
१ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
फाइल तस्बिर
भोजपुर, जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्चालन गर्ने तयारी गरेका छन्। पदमार्गको प्रचारप्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्यसहित पाँच पालिकाले बजेट विनियोजन गरेर कार्यक्रम सञ्चालनको तयारी अघि बढाएका हुन्।

भोजपुर नगरपालिका, टेम्केमैयुङ गाउँपालिका, आमचोक गाउँपालिका, हतुवागढी गाउँपालिका र रामप्रसादराई गाउँपालिकाका जनप्रतिनिधिबीच भएको संयुक्त बैठकमा अल्ट्रा म्याराथन सञ्चालन तथा ग्रेटर मुन्दुम पदमार्गको विकास र प्रवर्द्धनका विषयमा प्रारम्भिक छलफल भएको छ।

अल्ट्रा म्याराथन सञ्चालनका लागि पाँचवटै पालिकाले कुल रु ५५ लाख बजेट विनियोजन गरेको रामप्रसादराई गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताए। जसअनुसार टेम्केमैयुङ गाउँपालिका र भोजपुर नगरपालिकाले रु २०/२० लाख तथा आमचोक, हतुवागढी र रामप्रसादराई गाउँपालिकाले रु पाँचपाँच लाख बजेट विनियोजन गरेका छन्। थप निर्णय भने आगामी मङ्सिर २५ गते बस्नेत वैठकले गर्ने अध्यक्ष राईले बताए।

पाँचवटै स्थानीय तहको साझा पहलमा कार्यक्रम सञ्चालन गर्ने तयारीस्वरूप बजेट व्यवस्थापन र सञ्चालन प्रक्रियाका विषयमा छलफल गरिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो। उहाँले स्थानीय तहबीचको सहकार्यबाट मुन्दुम पदमार्गलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउन र पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउन सकिने बताए।

 

अल्ट्रा म्याराथन सञ्चालनले पदमार्गको प्रचारप्रसारसँगै यस क्षेत्रको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा, मौलिक परम्परा र स्थानीय जीवनशैलीलाई चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। प्रतियोगितामा देश तथा विदेशका धावकको सहभागिता गराउन सके यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा थप योगदान पुग्ने उनले बताए।

पदमार्ग आसपासका बासिन्दालाई पर्यटन व्यवसायमा जोड्दै स्थानीय उत्पादनको बजारीकरण, होटल तथा घरबास सेवा विस्तार र रोजगारी सिर्जनामा समेत यस्तो कार्यक्रमले सहयोग पु¥याउने जनाइएको छ र  पाँचवटै पालिकाको संयुक्त प्रयासबाट ग्रेटर मुन्दुम पदमार्गलाई साहसिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखिएको छ।

बैठकमा भोजपुर नगरपालिकाका प्रमुख कैलासकुमार आले, टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेत, उपाध्यक्ष रमादेवी राई, हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राई, रामप्रसादराई गाउँपालिकाका अध्यक्ष थामबहादुर राई, उपाध्यक्ष वीरेन्द्र राई र आमचोक गाउँपालिकाका अध्यक्ष सीता राईलगायतको उपस्थिति रहेको थियो। 

 



पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ५६ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस