नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धनबारे बेलायतमा छलफल
२६ भदौ २०८३
•
३ मिनेट पाठ
नेपालमा महिला तथा युवा उद्यमशीलता प्रवर्द्धनबारे बेलायतमा छलफल
नेपालमा महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता प्रवर्द्धन र आर्थिक विकासका क्षेत्रमा बेलायतसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।




बेलायतको विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालय (एफसीडीओ) का प्रतिनिधिसँग भएको भेटमा नेपालसँगै दक्षिण एसियाली क्षेत्रमा सञ्चालन भइरहेका कार्यक्रमलाई थप परिणाममुखी बनाउने तथा महिला र युवालाई आर्थिक अवसरसँग जोड्ने विषयमा विस्तृत छलफल भएको हो।

भेटका क्रममा महिला तथा युवाको सामाजिक र आर्थिक सशक्तीकरण, उद्यमशीलता विकास, सीप अभिवृद्धि, बजार पहुँच, नेतृत्व विकास तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावनाबारे अनुभव र सुझाव प्रस्तुत गरिएको थियो।

छलफलमा गत वर्ष एफसीडीओ तथा सम्बन्धित बेलायती कार्यक्रममार्फत बेलायतको म्यानचेस्टरमा आयोजना गरिएको अध्ययन तथा अनुभव आदानप्रदान भ्रमणको अनुभवसमेत साझा गरिएको थियो। उक्त कार्यक्रममा नेपालका महिला उद्यमीहरूलाई सहभागी गराइएको थियो।

नेपालका धेरै महिला उद्यमीमा गुणस्तरीय वस्तु उत्पादन गर्ने र व्यवसाय विस्तार गर्ने क्षमता भए पनि अन्तर्राष्ट्रिय बजारमा पहुँच, निर्यात प्रक्रिया, आवश्यक मापदण्ड, कागजात व्यवस्थापन, व्यावसायिक सञ्जाल तथा बजारसँगको सम्बन्ध विस्तारबारे व्यावहारिक ज्ञानको कमी रहेको विषयमा कार्यक्रममा चर्चा भएको नेपाल महिला उद्यमी महासंघकी निवर्तमान अध्यक्ष शोभा ज्ञवालीले जानकारी दिइन्।  

म्यानचेस्टरमा विभिन्न देशका ५० भन्दा बढी महिला उद्यमीसँग अनुभव आदानप्रदान र व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसरले सहभागी नेपाली महिला उद्यमीलाई आफ्नो व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने सम्भावनाबारे थप बुझ्न सहयोग पुगेको उनको भनाइ छ।

भेटमा यस्ता अध्ययन तथा अनुभव आदानप्रदान, सिकाइ, मार्गदर्शन र अन्तर्राष्ट्रिय व्यावसायिक सञ्जाल निर्माणका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको थियो। महिला उद्यमीलाई तालिम दिएर मात्र नपुग्ने भन्दै उनीहरूलाई वास्तविक बजारसँग जोड्ने, अन्तर्राष्ट्रिय उद्यमीसँग अनुभव आदानप्रदान गराउने र निर्यातसम्बन्धी प्रक्रियाबारे व्यावहारिक ज्ञान उपलब्ध गराउनुपर्ने आवश्यकता औँल्याइएको थियो।

नेपालका महिला उद्यमी र बेलायतबीच प्रविधि, वित्तीय पहुँच, व्यावसायिक ज्ञान, उत्पादनको ब्रान्ड निर्माण, प्याकेजिङ, गुणस्तर प्रमाणीकरण, डिजिटल बजारीकरण, निर्यात प्रक्रिया तथा अन्तर्राष्ट्रिय खरिदकर्तासँग सम्बन्ध विस्तारका क्षेत्रमा सहकार्य गर्न सकिने विषयमा पनि छलफल भएको छ।

सहकार्यलाई केवल तालिम सञ्चालनमा सीमित नगरी उत्पादनदेखि बजार, बजारदेखि निर्यात र निर्यातदेखि व्यवसाय विस्तारसम्म पुग्ने गरी कार्यक्रम विकास गर्नुपर्ने धारणा प्रस्तुत गरिएको थियो।

नेपालमा महिला उद्यमशीलता र समावेशी आर्थिक विकासका क्षेत्रमा बेलायतको अनुभव तथा अन्तर्राष्ट्रिय सञ्जाललाई नेपाली महिला उद्यमी, निजी क्षेत्र, व्यावसायिक संघसंस्था, उद्योग वाणिज्य क्षेत्र तथा स्थानीय संस्थासँग जोड्न सके ठूलो संख्यामा महिला उद्यमी लाभान्वित हुन सक्ने बताइएको छ।

कार्यक्रमबाट प्राप्त उपलब्धिलाई तालिम लिनेको संख्यामा मात्र नभई कति महिला उद्यमीले आफ्नो व्यवसाय विस्तार गरे, कति रोजगारी सिर्जना भयो, कति वस्तु तथा सेवा निर्यात भयो र कति महिला आर्थिक रूपमा आत्मनिर्भर भए भन्ने आधारमा मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइएको उद्यमी ज्ञवालीले जानकारी दिइन्।

एफसीडीओसँगको भेटले नेपाल र बेलायतबीच महिला तथा युवा सशक्तीकरण, उद्यमशीलता र आर्थिक सहकार्यका क्षेत्रमा नयाँ सम्भावना सिर्जना गर्ने अपेक्षा गरिएको छ। आगामी दिनमा छलफलबाट प्राप्त सुझावलाई निरन्तर मार्गदर्शन, अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र बजार पहुँचसँग जोडिएका व्यावहारिक कार्यक्रममार्फत कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिइएको छ।
अर्को समाचार
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
२ घण्टा अघि
•
१ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
जुम्ला। डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।




नागरिकता प्रमाणपत्रलगायत जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा उपलब्ध गराउने उद्देश्यले धोमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ।यसअघि शे–फोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकाका नागरिक प्रशासनिक कामका लागि दुनै पुग्न बाध्य थिए।

भौगोलिक विकटताका कारण सेवा लिनै २५ देखि ३० हजार रुपैयाँसम्म खर्च गर्नुपर्ने अवस्था थियो। अब धोमा कार्यालय स्थापना भएपछि तीनवटै स्थानीय तहका नागरिकलाई प्रशासनिक सेवा लिन सहज हुने भएको छ।

इलाका प्रशासन कार्यालयका प्रमुख पदमबहादुर शाहीको अध्यक्षता तथा डोल्पोबुद्ध गाउँपालिकाका अध्यक्ष कार्मा छोइवेल गुरुङले कार्यालय उद्घाटन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय डोल्पाले २०८० असोज २५ गते गृह मन्त्रालयलाई पत्राचार गर्दै माथिल्लो डोल्पामा इलाका प्रशासन कार्यालय स्थापना गर्न प्रस्ताव गरेको थियो। २०८० चैत ५ गते मन्त्रालयलाई पठाइएको अर्को पत्रमा तीनवटै स्थानीय तहका नागरिकको प्रशासनिक पहुँच सहज बनाउन धोमा कार्यालय स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

जिल्ला प्रशासन कार्यालयका अनुसार शे–फोक्सुण्डोमा एक हजार ९४२, छार्काताङसोङमा आठ हजार ७४२ र डोल्पोबुद्धमा एक हजार २५६ जनसंख्या छ। भौगोलिक विकटताका कारण लामो समयदेखि प्रशासनिक सेवाबाट कठिनाइ भोगिरहेका यी क्षेत्रका नागरिकका लागि कार्यालय स्थापना राज्यको सेवा गाउँसम्म पुर्‍याउने महत्वपूर्ण कदम बनेको छ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १० मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस