अझै भएनन् कर्णालीका तुइन विस्थापन
१८ साउन २०८२
•
४ मिनेट पाठ
अझै भएनन् कर्णालीका तुइन विस्थापन
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ सालमा नेपाललाई तुइनमुक्त बनाउने घोषणा गरे। उनले झोलुंगे पुलमार्फत तुइन विस्थापन गरी नागरिकलाई सेवा दिन सरोकारवाला निकायलाई निर्देशन दिँदै यस्तो घोषणा गरेका थिए। तर घोषणाको नौ वर्ष बितिसक्दा पनि कर्णालीका नागरिकले तुइनबाटै कर्णाली नदी वारपार गर्नुपर्ने बाध्यता हटेको छैन।




हुम्लाको सर्केगार्ड गाउँपालिकाको रिप, खार्पुनाथ गाउँपालिकाको लाली र चंखेली गाउँपालिकाको घट्टचौरका जनप्रतिनिधिदेखि स्थानीय वासिन्दा कर्णाली नदीमा पुल नहुँदा जोखिम मोलेर तुइनमा झुन्डिएर पालिकाको केन्द्रसम्म आउजाउ गर्छन्। रिप गाउँका तीन सय १९ घरधुरी तुइनबाटै कर्णाली नदी वारपार गर्न बाध्य रहेको सर्केगार्ड गाउँपालिका– २ का वडाध्यक्ष सिद्ध कार्कीले बताए।

उनले भने, ‘तुइनकै भरमा स्थानीय गाउँपालिकाको कार्यालय जाने–आउने गर्छन्। ‘कर्णाली नदीमा झोलुंगे पुल नहुँदा तुइनबाट आउजाउदेखि सामान तार्ने गरेका छौं’, उनले भने, ‘नदीपारि सडक छ। गाउँपालिका कार्यालय आउजाउ गर्न र गाडी चढ्न तुइन तरेर जानुपर्छ।’

झोलुंगे पुल नहुँदा तुइनबाट तार्ने क्रममा घर निर्माणका लागि खरिद गरेर ल्याएको ६ बन्डल जस्तापाता नदीमा खसेको सर्केगाड गाउँपालिकाकी गीता कार्कीले बताइन्।  

मुगुको सोरु गाउँपालिका– ५ का मकरसिंह नेपालीको तुइनबाट नदी तर्दा २०८० असोज २० गते स्थानीय खरिखेत र रिपगाउँ जोड्ने तुइन तर्ने क्रममा कर्णालीमा खसेर बेपत्ता भए। उनको शव एक महिनापछि फेलापर्‍यो।

हालसम्म कर्णालीमा तुइनबाट खसेर कतिजनाको मृत्यु भयो भन्ने यकिन तथ्यांक कसैसँग छैन, तर असुरक्षित र जोखिमपूर्ण तुइन तर्ने क्रममा तुइनको लठ्टा नै चुँडिने, तुइनबाट खस्ने, नदीमा बेपत्ता हुने र चोटपटक लाग्ने घटना अहिले पनि रोकिएको छैन। नदी र खोलामा सुरक्षित वारपार गर्न भन्दै सञ्चालन गरिएका तुइन नै कर्णालीवासीका लागि काल बनेका हुन्।

सडकमा पुग्न तुइनबाट कर्णाली नदी तर्नुपर्छ। प्राकृतिक रूपमा सुन्दर भए पनि विकट कर्णाली दुःख, अभाव र गरिबीको पर्यायवाचीजस्तो बनेको छ। नागरिकले यस्तो जोखिमपूर्ण यात्रा गर्दासमेत सरकार मूकदर्शक बनेको छ। पुल निर्माण कम्पनीको लापरबाहीका कारण पनि समयमै पुल बन्न नसक्दा तुइनकै भर पर्नुपरेको स्थानीयको भनाइ छ।

जोखिमपूर्ण तुइनको यात्रा गर्नु कर्णालीवासीको रहर होइन। नदी र खोलामा वारपार गर्ने पुल नहुँदा सर्वसाधारण तुइनमा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन्। कतिबेला तुइनबाट खसिने हो टुंगो छैन। तर पनि भरपर्दो विकल्प नहुँदा सर्वसाधारणलाई आँखा चिम्लेर तुइनमा यात्रा गर्नुपर्ने अवस्था छ।

हुम्लाको सर्केगाडका वासिन्दा अहिले पनि कर्णाली नदीमा रहेको तुइन तर्न बाध्य छन्। स्थानीयका अनुसार यहाँका जनप्रतिनिधिले पनि तुइनमा यात्रा गर्नुपर्ने बाध्यता छ। कतिसम्म भने जनप्रतिनिधिलेसमेत तुइन तर्नुपर्ने बाध्यता छ।

स्थानीय भगवती शाहीले भनिन्, ‘कर्णाली तर्न पुल छैन, हामीलाई दिनहुँ वारपार गर्नुपर्ने काम हुन्छ। डर मानेर के गर्नु ?, हामी त बाध्यताले आँखा चिम्लेर तुइनमा वारपार गर्छौं।’ उनका अनुसार नदी तर्ने केही उपाय नहुँदा गाउँलेहरू आफ्नो ज्यान नै जोखिममा राखेर तुइनमा यात्रा गर्न बाध्य छन्।

हुम्लामा मात्र होइन, कर्णालीका अन्य जिल्लामा रहेका तुइनबाटै कतिपय स्थानमा बालबालिका जोखिम मोलेर विद्यालय आउजाउ गर्न बाध्य छन्। कतिपय अवस्थामा बिरामीलाई समेत तुइनमा राखेर नदी र खोला पार गराउनुपर्ने बाध्यता छ।

कर्णालीमा ५५ वटा तुइन

कर्णाली प्रदेश सरकारले यस्ता ज्यानमारा तुइन विस्थापित गर्ने प्रक्रिया अगाडि बढाएको छ। यसका लागि प्रदेश सरकारले गत जेठ २६ गते सार्वजनिक सूचना नै निकालेर प्रदेशभर सञ्चालनमा रहेका तुइनको जानकारी मागेको थियो। उक्त सूचनाका आधारमा कर्णालीका आठ जिल्लामा अहिले पनि जोखिमपूर्ण तुइन रहेको तथ्यांक प्रदेश सरकारले संकलन गरेको छ।

प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका अनुसार प्रदेशभर ५५ वटा तुइन रहेको भन्दै जिल्लाले विवरण पठाएका छन्। मन्त्रालयमा प्राप्त प्रारम्भिक तथ्यांकअनुसार सबैभन्दा धेरै १५ वटा तुइन हुम्लामा छन्।

यस्तै कालीकोटमा १२, जाजरकोटमा १२, सुर्खेतमा ८, डोल्पामा ३, मुगुमा २, दैलेखमा २ र सल्यानमा एउटा तुइन रहेको भन्दै पुल माग भएको मन्त्रालयले जनाएको छ।

कर्णालीका दुईवटा जिल्लामा भने तुइन नरहेको पाइएको छ। सार्वजनिक सूचना नै जारी गरेर मागिएको विवरणअनुसार प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा तुइन रहेको पाइएको हो। प्रदेशका बाँकी दुई जिल्लामा भने तुइन नभेटिएको प्रदेश सरकारले जनाएको छ।

सार्वजनिक सूचनामार्फत माग गरिएको अवधिमा रुकुमपश्चिम र जुम्लाबाट तुइन रहेको विवरण प्राप्त नभएको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जानकारी दिएको छ। हालै मात्र आफूले पनि हुम्लामा कर्णाली नदीमाथिको तुइनमा यात्रा गर्नुपर्ने बाध्यता आइलागेको सामाजिक अभियन्ता विन्दुलाल रेग्मीले सुनाए।

उनले भने, ‘कतिपय स्थानमा वारिपारि सडक पुगेको छ, तर त्यहाँ पुल नबन्दा तुइनमा वारपार गर्नुपर्ने अवस्था छ। नागरिकले यस्तो दुःख कहिलेसम्म भोग्नुपर्ने हो ?, अब तुइन हटाएर पुल निर्माण गर्न राज्यले ढिला नगरोस्।’

उनका अनुसार तुइनबाट मोटरसाइकल तारेको एक हजार र व्यक्तिको एक सय रूपैयाँका दरले शुल्क लिने गरिएको छ। यसबाट नागरिक थप पीडित बनेको उनको भनाइ छ। यस्तै सामाजिक अभियन्ता विन्दुलाल रेग्मीले तुइनहरू निकै जीर्ण र जोखिमपूर्ण अवस्थामा रहेको बताए।

उनले भने, ‘कतिपय स्थानमा तुइन रूखमा बाँधेर चलाइएको छ, लठ्ठा बाँधिएका पोलहरू पनि कमजोर छन्। कुनै पनि बेला दुर्घटना हुने जोखिम छ, दुर्गम क्षेत्रका वासिन्दा तुइनबाट सुरक्षित छैनन्।’
अर्को समाचार
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
४५ मिनेट अघि
•
१ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
काठमाडौंमा खसीको मासु भन्दै बाख्री तथा पाठीको मासु बिक्री गरेको आरोपमा ८ जना पक्राउ परेका छन्।




जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्दै बिक्री गर्ने गरिएको सूचनाका आधारमा प्रहरीले चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा ५६७ किलो बाख्रीको मासु दुई वटा गाडीमा लोड गरिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रहरीले बा ५७६० नम्बरको भ्यान र बा २० च ६३४६ नम्बरको पिकअप गाडीसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा सिन्धुलीका ४० वर्षीय दिलबहादुर मोक्तान, मुगुका ३२ वर्षीय करण बानियाँ, ललितपुरका ५० वर्षीय मनोज थापा, धादिङका २६ वर्षीय सनम तामाङ र २२ वर्षीय राजु लामा छन्।

त्यस्तै, काभ्रेपलान्चोकका २७ वर्षीय टेकबहादुर तामाङ, दोलखाका २१ वर्षीय निखिल उप्रेती र काभ्रेपलान्चोककै २५ वर्षीय दिनेश महत पनि पक्राउ परेका छन्।

प्रहरीले पक्राउ परेका आठै जनामाथि थप अनुसन्धान भइरहेको जनाएको छ।

भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
राजनीति
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
भारत भ्रमणमा सीमा विवाद नउठाएको भन्दै प्रधानमन्त्री बालेन्द्रमाथि कांग्रेसको प्रश्न
नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई सकारात्मक उपलब्धि भएको बताउँदै सीमा विवादजस्ता संवेदनशील विषयमा छलफल नभएकोप्रति प्र...
Whatsapp
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राजनीति
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
चाहे जीवनभर हारौं, कर्णाली प्राथमिकतामा रहन्छ: रवि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले स्थापनाको चार वर्षमै झन्डै दुईतिहाइको सरकार बनाउन सफल भए पनि जनताको अपेक्षाअनुसार परिणाम...
Whatsapp
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
काठमाडौंमा खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने ८ जना पक्राउ, ५६७ किलो मासु बरामद
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार बिहान करिब ४ बजे काठमाडौं महानगरपालिका-२८ स्थित टुकुचा खसी बजारमा बाख्री र पाठीको मासुलाई खसीको मासु भन्द...
Whatsapp
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
अन्तर्राष्ट्रिय
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
भारतमा लोकप्रिय बिस्लेरी पानी असुरक्षित, ब्याक्टेरिया भेटिएपछि बिक्रीमा प्रतिबन्ध
भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरण (एफएसएसएआई) ले बिस्लेरीको पानीको नमूना असुरक्षित पाएको हो। यो पछिल्लो समय बिस्लेरीको उत्पादनमा समस्या भेटिएको...
Whatsapp
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
समाज
Clock ४८ मिनेट अघि | १ मिनेट पाठ
जापानको सहयोगमा बनेको विराटनगर खानेपानी आयोजना हस्तान्तरण
जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको विराटनगर खानेपानी सुधार आयोजना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरिएको छ।
Whatsapp
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
राजनीति
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
वर्तमान सरकारले सत्ताको त्रास र आड देखाएर न्यायालय क्षेत्रमा अनावश्यक हस्तक्षेप गरेको बार अध्यक्षको आरोप
नेपाल बार एसोसिएसनका केन्द्रीय अध्यक्ष प्रा. डा. विजयप्रसाद मिश्रले सरकारले संसद्को अस्तित्व स्वीकार गर्न नसकेको र विधि मिचेर अध्यादेशमार्फत सत्ता सञ्...
Whatsapp
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
‘स्थानीय तहबीच अनुभव आदानप्रदान र सहकार्य आवश्यक छ’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्थानीय तहले गरेका सफल काम र अपनाएका असल अभ्यास एकअर्काले अनुसरण गर्न सके नागरिकलाई प्रदान गरिने सेव...
Whatsapp
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
तामझाम होइन, गुरुङ संस्कृतिअनुसार गोरखामा विवाह गर्दै छु : गृहमन्त्री सुधन गुरुङ
गृहमन्त्री सुधन गुरुङले आफ्नो विवाह परम्परागत गुरुङ संस्कृतिअनुसार गोरखामा गर्ने घोषणा गरेका छन्।
Whatsapp
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
युवा नेता सन्तोष परियारले किन भेटे पूर्वप्रधानमन्त्री खनाललाई ?
दुवै नेताबीच समसामयिक राजनीतिक अवस्था, विद्यमान संकट र भावी राजनीतिक दिशाबारे गम्भीर वैचारिक छलफल भएको थियो।
Whatsapp
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २ घण्टा अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस