बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’
२७ कार्तिक २०८३
•
३ मिनेट पाठ
बागलुङमा ‘कुकुर होस्टेल’ : मेनुमा बिहान दूधभात, बेलुका ‘चिकनभात’
बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ। सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ।




नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ। कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो। नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन्।

बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ।

नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर सङ्कलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो। जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए।

नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो। यसका लागि नगरपालिकाले रु ३५ लाख र मुख्यमन्त्री कार्यालयले रु ६५ लाख खर्च गरेका छन्।

होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ। सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो।

सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताए। उनका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ।

मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उनले बताए। सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो। होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ।

सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए। नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ। पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ।

होस्टेलमा कुकुरको मेनु : बिहान दूधभात, बेलुका ‘चिकनभात’

होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ। बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ। कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ। रासस
अर्को समाचार
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
३६ मिनेट अघि
•
१ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
पाँचथर। दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तारका क्रममा आधुनिक पूर्वाधार निर्माण गर्दै लगेको छ।
सोही सिलसिलामा च्याङथापू  र ओयाममा भरखरै निर्माण सम्पन्न स्वास्थ्य चौकी पछिल्लो नमूनाका रूपमा रहेका छन्।  गाउँपालिका अध्यक्ष भीमबहादुर योङ्याले वडा १ स्थित च्याङथापू स्वास्थ्य चौकी र वडा नं ३ स्थित ओयाम स्वास्थ्य चौकीको नवनिर्मित दुईतले भवनको केही दिनअघि मात्रै उद्घाटन गरेका हुन्।
रु तीन करोड ६ लाख ९० हजार ५०० को लागतमा दुवै स्थानमा नौनौकोठे भवन निर्माण भएका हुन।  निर्माणको ठेक्का लिएको कम्पनीले दुवै भौतिक पूर्वाधार तोकिएकै समयसीमाभित्र पूरा गरी गाउँपालिकालाई हस्तान्तरण गरिएको याङवरक गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख डिल्लीरमण पाण्डेले बताए।




यसअघि  स्वास्थ्य चौकी च्याङथापू पुरानो र साँघुरो भवनबाट सञ्चालन हुँदा एकै ठाउँबाट प्रसुति केन्द्र र बहिरङ्ग सेवामा कठिनाइ परेको  थियो।  नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताए।
यस्तै २४सै घण्टा सेवा दिने स्वास्थ्यकर्मीलाई आवासको प्रबन्ध पनि हुँदा सेवाको गुणस्तर वृद्धि हुने अपेक्षा स्थानीयवासीको छ। 

याङवरक–३ को ओयाम स्वास्थ्य चौकीमा दुई वर्षअघि मात्रै दुईतले १० कोठे भवन निर्माण भई सेवा प्रवाह भइरहेको थियो तर बहिरङ्ग र प्रसुति सेवा सञ्चालन गर्नुपर्ने, कर्मचारी आवास पनि अत्यावाश्यक भएपछि नयाँ भवन निर्माण थालिएको थियो।  अहिले स्वास्थ्य चौकीले प्रवाह गर्न सक्ने सबै सेवा दिन पर्याप्त संरचना निर्माण हुँदा सेवाको गुणस्तरमा वृद्धि हुने र दूरदराजका नागरिकले सामान्य उपचारका लागि सदरमुकाम फिदिम र तराईसम्म झर्नुपर्ने बाध्यता हट्ने याङवरक–३ का वडाध्यक्ष बिमल राईको अपेक्षा छ। दुवै स्वास्थ्य चौकीमा चारचार जना स्वास्थ्यकर्मी र कार्यालय सहयोगी कार्यरत छन्।

याङवरक–३ स्थित गुप्तेश्वर माध्यमिक विद्यालयका प्रधानाध्यापक मनोज राई स्वास्थ्य क्षेत्रमा स्थानीय तहले गरेको लगानीले पूर्वाधार निर्माण र सेवाको गुणस्तर सुधारमा धेरै मद्दत मिलेको बताउँछन्।  “यहाँ नाजुक अवस्थामा रहेका स्वास्थ्य संस्थालाई स्थानीय तह बनेपछि द्रूत गतिमा व्यवस्थित संरचनासहित स्तरोन्नति गरिएको छ,” राईले भने, “घरघरमा गएर गर्भ परीक्षण, खोपलगायत अभियानमा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयम्सेविकाले असाध्यै मेहनत गर्नुभएको छ  तर अझै  निजी संस्थामै आकर्षित हुने कुराप्रति चासो दिएर नागरिकको विश्वास जित्नुपर्छ। ”
गाउँपालिकाका अध्यक्ष भीमबहादुर योङ्याले स्थानीय तहको भूमिकाको परिकल्पनाबमोजिम याङवरक गाउँपालिकाका हरेक वडामा प्रसूति सेवासहितको स्वास्थ्य चौकी स्थापना गरिएको बताए।  “गत वर्ष मात्रै वडा नं २ को बेतेनीमा नयाँ भवन निर्माण भई स्वास्थ्य सेवा सुरुआत भएको छ।  यस वर्ष वडा नं १ र ३ का स्वास्थ्य चौकीलाई आवश्यक संरचना बनाइसकेका छौँ”, अध्यक्ष योङ्याले भने, “वडा नं ६ को परेवाडाँडा स्वास्थ्य चौकीमा पनि यसै वर्ष नयाँ भवन निर्माण भइसक्छ। ”

यसैबीच, याङवरक–४ स्थित थर्पूमा निर्माणाधीन आधारभूत अस्पताल निर्माण कार्य चाँडै पूरा गरी सेवा प्रवाह सुरुआत गर्ने लक्ष्यमा गाउँपालिका रहेको छ। यस्तै, गत वर्ष वडा नं २ को सेरेजामा प्राथमिक स्वास्थ्य इकाइ सञ्चालनमा आएको र वडा नं ३ को चोथ्रोकमा समेत स्वास्थ्य इकाइ निर्माण प्रक्रिया अगाडि बढाइएको छ। पालिकाले स्वास्थ्य पूर्वाधार निर्माणसँगै यन्त्र, उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा गाउँपालिकाले सक्दो लगानी गरिरहेको जनाएका छन्।
याङवरक–२ का स्थानीय चन्द्रमान बेघा नयाँ भवन निर्माणपछि स्वास्थ्य सेवा झनै प्रभावकारी हुनेमा आशावादी छन्।  “अहिलेसम्म पनि ठीकै सेवा पाइएको छ,” बेघाले भने, “अब त झनै राम्रो होला भन्ने लागेको छ। ” –रासस
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
पुरुष फुटबलतर्फ सेमिफाइनल समीकरण पूरा, बाँकी खेलहरू जुम्लामा हुने
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइतबार भएको पुरुष फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशले १–१ गोलको बराबरी खेलेका छन्...
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock ३६ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock ४१ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस