फिर्केमा डोजर : कोतरेर छाडिएको संरचना अझै हटेनन्
१० साउन २०८३
•
३ मिनेट पाठ
फिर्केमा डोजर : कोतरेर छाडिएको संरचना अझै हटेनन्
पोखराको फिर्के खोलामा जेठ दोस्रो साता डोजर चल्यो। पोखरा महानगरपालिकाले फिर्केखोला करिडोर निर्माण गर्ने र त्यसका लागि फिर्के खोलाको खोलाघर मिचेर बनाइएका अवैध संरचना भत्काउने भन्दै जेठ १० गतेदेखि एक हप्तासम्म डोजर चलाइयो। 




डोजर चलाउने अभियानको शुभारम्भ गर्दै पोखराका मेयर धनराज आचार्यले फिर्के करिडोरमा पर्ने फिर्केखोला खोलाघर मिचेर बनाइएका संरचना भत्काएर मात्रै विश्राम लिने गर्जन गरे।

तर डोजर चलाउने शुभारम्भ गरेर मेयर आचार्य विदेश हानिए। यता अवैध संरचना पूरै खाली गर्न चलाइएको डोजर भने संरचना भत्काउनुको सट्टा कोतर्दै हिँड्यो। कोतरेर छाडेको संरचना घरधनी आफैले भत्काउने भन्दै मेयर आचार्यले ढाँटे। स्थानीय सरोकारवालाले पत्याइदिए।

तर एक हप्ता भित्रैमा फिर्के खोलाघरका संरचना हटाइसक्ने भनेर गरिए पनि दुई महिना बित्दासमेत कोतरेर छाडिएको संरचना नभत्किएपछि नागरिक समाज पोखराले खबरदारी गर्न सुरु गरेको छ।

महानगरले फिर्के खोलाघरमा ४५ वटा स्थायी र ११५ वटा अस्थायी गरेर कुल १६० वटै संरचनामा डोजर चलाएको जनाएको थियो। तर महानगरले चलाएको डोजरले कोतरेर छाडेकामध्ये लायन्स क्लबको भवन र लिटिल स्टेप माविको भवन मात्रै पूर्ण रूपमा हटाइएको छ।

बाँकी सबै संरचना कोतरेर मात्रै छाडेको पाइएको नागरिक समाज पोखराका संस्थापक अध्यक्ष रामबहादुर पौडेलले बताए। उनले भने,‘महानगरले डोजर चलाएजस्तो गरेर आँखामा छारो मात्रै हालेको रहेछ।’

महानगरले चलाएको डोजरले कोतरेर छाडेका पोखरा–४ स्थित पस्र्याङ पुलदेखि पश्चिमतर्फको खोलाघरमा बनेका सुकुम्बासी टहराहरू जस्ताका तस्तै छन्। खोलाघरमै अतिक्रमण गरेर बनाइएको रिटेनिङ पर्खालसमेत नभत्काई छाडिएको पाइएको संस्थापक अध्यक्ष पौडेलले बताए।

त्यस्तै, पस्र्याङ पुलदेखि पूर्वपट्टि रहेको रातोघरलगायत भयँरथानसम्मको खोलाघरमा बनेका संरचना पनि नभत्काई छाडिएको छ। उनले भने,‘जसका कारण सो घरमा बस्दै अएकाहरु पुनः त्यहीँ पुनः स्थापित भएका छन्।’

त्यसबाहेक यही वडामा पर्ने साबिकको स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फ रहेको भयँरथान नजिक बनाइएको पक्की घर, सोही स्काउट कम्पाउण्डदेखि दक्षिणतर्फ रहेका घर टहराहरू पनि यथावत् रहेका छन्।

‘फिर्के खोलाघरमा पर्ने यी घर टहरा पटक/पटक डुबानमा पर्दै आएका छन् तर महानगरले कोतरेर मात्रै छाड्दा त्यहाँ बस्नेहरु पनि जोखिममा छन्’–उनले भने।

वडा नम्बर ५ मा पर्ने स्काउट कम्पाण्डदेखि एक सय मिटर उत्तरतर्फका भवनहरू, दक्षिणतर्फका संरचनाहरु, रेडियो नेपालको कार्यालयदेखि दक्षिणतर्फ रिठेगौंडा खोलाघरमा बनाइएका संरचनाहरू, रेडक्रस कास्कीको कार्यालय पुलदेखि १० मिटर दक्षिणतर्फका २ वटा भवन, पोखरा इन्जिनियरिङ कलेजको भवनदेखि उत्तर पश्चिमतर्फका ५ वटा भवन भत्काइएका छैनन्। जहाँ पुनः बसोबास गर्न थालेका छन्। पौडेलले भने,‘जिल्ला रेडक्रस जोड्ने पुलदेखि दक्षिणतर्फका भवन त मिलेमतोमै जोगाएको देखिन्छ।’

पोखरा–८ स्थित बगालेटोल सामुदायिक भवन, सोंपाल तमु समाज, रेडियो नेपालको कार्यालय पूर्वपट्टीको खोलाघरबाटै उठाइएको संरचना, सशस्त्र प्रहरी बल कालिका गण्डादेखि पूर्व पट्टी (फिर्के खोलापारी) रहेको मगर समाज घरलगायतका संरचनाहरू, बराल समाज घर (ब्याडमिन्टन कोर्ट)समेत रहेको भवनसहित त्यसभन्दा उत्तरतर्फका ४ वटा भवनहरू, राधाकृष्ण मन्दिरदेखि एक सय मिटर दक्षिणका ३ वटा घर, पोखरा इन्जिनियरिङ कलेजको भवन, गहतेस्थित खोलापारीको नीलो टहरा र लिटिल स्टेप स्कुलको दक्षिणतर्फको संरचना नहटाई छाडिएको छ।

त्यस्तै, पोखरा–७ स्थिता मासवार–रत्नचोक जोड्ने पुलदेखि उत्तरपूर्व खोलाघरमै बनाइएको १५ फिट लामो पर्खाल, गहतेस्थित खोलाघरमा पर्ने लिटिल स्टेप स्कुलदेखि उत्तरतर्फको संरचना र मालपोत कार्यालय नजिकैको कुखुरा फार्म रहेको भवनसमेत नहटाई छाडिएको छ।

यसरी संरचना नभत्काई छाड्नुमा मेयर आचार्यको लाचारीपन देखिएको उनले बताए। ‘भोट बैंक बचाउने खेल पनि हो’,उनले भने,‘मेयरको लाचारीपन पनि हो, कतैकतै त मिलेमतो पनि भएको छ।’

त्यति मात्र होइन, फिर्के खोलाघरमा भत्काइएका संरचना बगेर फेवातालसम्म नपुगोस् भनेर महानगरले ड्याम बनाउने घोषणा गरेको थियो। तर तिनै भत्काइएका संरचना फेवातालमा पुगेर कुरूप बनाउँदासम्म महानगरले चेक ड्याम बनाउन ठाडो कान लगाएको छैन।

यसमा पनि मेयर आचार्यले ढाँटेको नागरिक समाज पोखराको ठहर छ। ‘भत्काएका संरचना बगेर जान नदिन महानगरले चेक ड्याम बनाउने भनेको थियाे’,उनले भने,‘चेक ड्याम त बनाएन नै, थुप्रिएको फोहोर फाल्नसमेत चासो दिएको छैन।’
अर्को समाचार
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
४७ मिनेट अघि
•
१ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा। झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ। 




कुनै समय राष्ट्रिय परिचयपत्र र राहदानीका लागि फोटो तथा जैविक विवरण (बायोमेट्रिक) दिन ३५ दिनसम्म पालो कुर्नु पर्नेमा अहिले त्यो अवस्था अन्त्य गरिएको छ। लामो समयदेखि थाती (पेन्डिङ)मा रहेका फाइल फर्छ्यौट गर्दै प्रशासनले सेवा प्रवाहलाई सहज र छरितो रूपमा सेवा उपलब्ध गराएको छ। 

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार गत भदौ २० गतेसम्म हाजिर राहदानीतर्फ ९९६ र राष्ट्रिय परिचयपत्रतर्फ पाँच हजार ४९१ जना सेवाग्राही पालोमा थिए। सेवाग्राहीले अनलाइन फारम भर्नसमेत पैसा तिर्नुपर्ने र बायोमेट्रिक विवरणका लागि लामो समय कुर्नुपर्ने अवस्था रहेकामा त्यो अहिले हटेको छ।

त्यस्तो अवस्था अन्त्य गर्न प्रशासनले बिहान ७:०० बजेदेखि बेलुका ६:०० बजेसम्म तथा सार्वजनिक बिदाका दिनसमेत सेवा सञ्चालन गर्ने अभियान सुरु गरेको थियो।

उक्त प्रयासबाट लामो समयदेखि प्रतीक्षामा रहेका सेवाग्राहीको चाप हटेपछि अहिले राष्ट्रिय परिचयपत्रको काम एकै दिनमा सम्पन्न हुन थालेको प्रजिअ पोखरेलले बताए।

'हाम्रो अभियानले बाँकी फाइल शून्यमा झार्ने लक्ष्य मात्र पूरा गरेन, सेवा प्रवाहको एउटा कार्यसंस्कृति नै विकास गर्यो,' उनले भने, 'अहिले सार्वजनिक बिदाका दिन पनि प्रशासनमा सेवा पाइन्छ भन्ने विश्वास सेवाग्राहीमा बसेको छ। त्यसैले यो अभ्यासलाई निरन्तरता दिएका हौँ।'

प्रशासनले यही कार्यसंस्कृतिलाई निरन्तरता दिँदै शनिबार र आइतबार पनि राष्ट्रिय परिचयपत्रका सबै सेवा तथा राहदानीका केही सेवा सञ्चालन गरेको छ। त्यस कार्यका लागि दुई जना कर्मचारी परिचालन गरिएको र बैंक काउन्टर बन्द रहने भएकाले राहदानीतर्फ भने राजस्व बुझाइसकेका सेवाग्राहीले मात्र सेवा लिन व्यवस्था मिलाइएको छ।

सेवा प्रवाहका नाममा अतिरिक्त शुल्क तिर्नु नपर्ने स्पष्ट पार्दै प्रशासनले कसैले रकम मागेमा जानकारी गराउन आग्रहसमेत गरेको छ। केही दिनअघि अतिरिक्त रकम लिने एक बिचौलियालाई नियन्त्रणमा लिएर कारबाही गरिएको कार्यालयले जनाएको छ।
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock १२ मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३० मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस