नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड
२७ भदौ २०८३
•
३ मिनेट पाठ
नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड
फाइल तस्बिर
बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्। नेपालमा प्रशस्त पर्यटकीय सम्भावनायुक्त गन्तव्य भएकाले समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सरोकार भएका निकायबीच थप सहकार्य, भरपर्दो सूचना र पहुँचयोग्य पूर्वाधार आवश्यक रहेको बताए।




नेपाल पर्यटन बोर्डमा आयोजित ‘जर्निज विथआउट ब्यारियर्सः सोफी मोर्गन इन नेपाल’ कार्यक्रममा मोर्गनले आफ्नो हालैको नेपाल यात्राका अनुभव सुनाउँदै अपाङ्गता भएका पर्यटकका लागि नेपालका पर्यटनसम्बन्धी अनुभवलाई थप पहुँचयोग्य बनाउन सकिने उपायबारे धारणा राखे। उनले हालै ‘इम्प्याक्ट एडभेन्चर’सँग काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङको यात्रा गरेका थिए।

साहसिक पर्यटक र ह्विलचेयर प्रयोगकर्ता दुवैका रूपमा गरिएको यस यात्राले यातायात, आवास, पर्यटन अनुभव, पूर्वाधार र आतिथ्य सेवामा पहुँचयोग्यताको अवस्थाबारे प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गरेको मोर्गनले उल्लेख गरे। आफ्नो यात्राबारे चर्चा गर्दै मोर्गनले नेपालका मानिसको आत्मियता र यहाँको संस्कृति नेपालको सबैभन्दा ठूलो शक्तिमध्ये एक भएको बताए।

'नेपालमा यस्ता यात्रा सम्भव बनाउने क्षमता छ, जुन अपाङ्गता भएका धेरै व्यक्तिले आफ्नो पहुँचभन्दा बाहिरको कुरा ठानेका हुनसक्छन्। यो यात्राभर मलाई सबैभन्दा बढी प्रभावित गरेको विषय यहाँका मानिसको आत्मियता, सद्भाव र आतिथ्य भाव हो। त्यो भावना नेपालको ठूलो शक्ति हो, यसलाई अझ राम्रो पहुँचयोग्यता, भरपर्दो सूचना र स्पष्ट योजनासहित अघि बढ्ने हो भने नेपालले अपाङ्गता भएका पर्यटकलाई साँच्चिकै असाधारण यात्रा अनुभव प्रदान गर्न सक्छ', उनले भने।

संवादका क्रममा मोर्गनले पहुँचयोग्य पर्यटनको जिम्मेवारी व्यक्तिगत पर्यटन व्यवसाय वा टुर अपरेटर (भ्रमण प्रबन्धक)को मात्र हुन नसक्ने बताए। यसका लागि सरकार, पर्यटन व्यवसायी, निजी क्षेत्र र स्थानीय अपाङ्गता समुदायबीच समन्वय र सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ छ।

'पहुँचयोग्य पर्यटन व्यक्तिगत टुर अपरेटरहरूको मात्र जिम्मेवारी हुन सक्दैन, यसका लागि पर्यटन क्षेत्र, सरकार, व्यवसाय र स्थानीय अपाङ्गता समुदायले मिलेर पहुँचयोग्य पूर्वाधारमा लगानी गर्न, नियमित रूपमा अपाङ्गता सचेतना तालिम सञ्चालन गर्न र संरचनागत अवरोध हटाउन आवश्यक छ। नेपालसँग पहुँचयोग्य पर्यटनलाई एउटा सीमित वा विशिष्ट बजारका रूपमा मात्र नभई पर्यटक, व्यवसाय र समुदाय सबैलाई लाभ पुर्‍याउन सक्ने समग्र पर्यटन क्षेत्रको अवसरका रूपमा हेर्नुपर्दछ', उनले भने।

मोर्गनले छलफलमा पहुँचयोग्यता भौतिक पूर्वाधारमा मात्र सीमित नहुने विषय उल्लेख गरेका थिए। 'मेरो लागि पहुँचयोग्यता अन्ततः स्वतन्त्रता, आफ्नो निर्णय आफैँ गर्ने अधिकार र छनोटसँग सम्बन्धित छ अर्थात् आफ्नै सर्तमा सहभागी हुन सक्ने क्षमता, सबै भौतिक अवरोध रातारात हटाउन सम्भव नहुन सक्छ। तर स्पष्ट, विस्तृत र इमानदार सूचना उपलब्ध गराउँदा अपाङ्गता भएका पर्यटकले आफूले के अपेक्षा गर्ने भन्ने बुझ्न र आफ्नै निर्णय लिन सक्छन्, कहिलेकाहीँ राम्रो सूचना उपलब्ध गराउनु यात्रालाई थप समावेशी बनाउने सबैभन्दा सरल र प्रभावकारी कदममध्ये एक हुन सक्छ', उनले भने।

नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले मोर्गनको नेपाल यात्राले विश्वभरका फरक क्षमता भएका पर्यटकहरूलाई प्रेरित गरेको बताए। 'नेपालको कास्कीमा पहिलो प्रमाणित पहुँचयोग्य गन्तव्यका रूपमा विकास गरिएको छ। बोर्डले यस्ता गन्तव्य पहिचान गर्दै पूर्वाधार निर्माणमा पनि पहल गरिरहेको छ। गन्तव्यको योजनालाई थप समावेशी बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न बोर्ड तयार छ', उनले भने।

इम्प्याक्ट एडभेन्चरका प्रमुख कार्यकारी अधिकृत पङ्कज प्रधानाङ्गले मोर्गनको नेपाल यात्रा र यस कार्यक्रमको उद्देश्य नेपालको पर्यटन उद्योगलाई थप समावेशी बनाउने विषयमा व्यापक संवाद अघि बढाउनुका साथै साहसिक पर्यटन र पहुँचयोग्यता एकअर्काका विरोधाभासी विषय नभएको सन्देश दिनु रहेको बताए।

गत अगस्त ३० देखि सुरु भएको यात्रा सेप्टेम्बर ११ सम्म काठमाडौँ, पोखरा र उपल्लो मुस्ताङसम्म समेटिएको थियो। यस यात्राले नेपाललाई पहुँचयोग्य तथा समावेशी साहसिक पर्यटनको उदीयमान गन्तव्यका रूपमा अन्तरराष्ट्रियस्तरमा चिनाउन र यससम्बन्धी कथा तथा अनुभव प्रस्तुत गर्नसमेत योगदान पुर्‍याउने विश्वास गरिएको छ। 
अर्को समाचार
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
५ घण्टा अघि
•
१ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। आइतबार साँझ करिब ५:५० बजे रुकुम खलंगाबाट दुलीतर्फ जाँदै गरेको लु १ ज २१६० नम्बरको जीप अनियन्त्रित भई सडकबाट करिब १० देखि १५ मिटर तल खसेको हो।

Yetiairlinescontenttopbanner

दुर्घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइते ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल सल्ले, रुकुम पश्चिम पठाएको थियो। तीमध्ये जीप चालक रुकुम पश्चिमकै मुसिकोट नगरपालिका-९ का करिब २८ वर्षीय भीम सिंह बुढामगरलाई साँझ ७:१० बजे चिकित्सकले जाँच गरी मृत घोषणा गरेका थिए।

दुर्घटनामा बाँफिकोट गाउँपालिका-८ दुलीकी करिब ३१ वर्षीया निर्मला के.सी., उनका करिब २ वर्षीय छोरा दिनेश के.सी., सोही स्थानकी करिब ३२ वर्षीया मनिषा बस्नेत र करिब ३६ वर्षीय कर्णबहादुर खत्री घाइते भएका छन्। घाइतेमध्ये निर्मला, मनिषा र कर्णबहादुरको अवस्था सामान्य छ भने दिनेशको अवस्था मध्यम रहेको छ।

यस्तै, सोही दुर्घटनामा मुसिकोट नगरपालिका-१० की करिब १८ वर्षीया जेनिशा वली घाइते भएकी छन्। उनको अवस्था मध्यम रहेको छ। जीपमा चालकसहित १० जना सवार रहेकोमा अन्य चार जना सकुशल छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस